×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

भीम रावलले बनाउने भए आफ्नै घर, नयाँ पार्टी घोषणा गर्ने

१५ पुष २०८१

१५ पुष , काठमाण्डौ।

नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्व नेता डा. भीम रावलले बुधबार पार्टी घोषणा गर्ने भएका छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

Advertisement

त्यसपछि एमाले नेतृत्वको कडा आलोचना गरेका रावलले पार्टी गठनको तयारी स्वरुप राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । रावलले गैरकम्युनिष्ट पार्टी बनाउने बताएका छन्। सोमबार उनलाई निवासमै भेट्न पुगेका सदूरपश्चिमका प्रदेश सांसद डा. तारा जोशी र कांग्रेस विपी पार्टीका नेता कर्ण मल्लसँगको भेटमा उनले सो कुरा खुलाएका छन्।

डा. रावलले आफूले देशव्यापी संगठन विस्तार गरेर नयाँ पार्टी बनाउने भन्दै मिलेर जाने प्रस्ताव समेत राखेका छन्। कांग्रेस पृष्ठभूमि र अन्य राजनीतिक दलबाट आउने नेताहरुलाई समेत मान्य हुने पार्टीको नाम राख्ने रावलको भनाई रहेको डा. जोशीले बताएका छन् ।

रावलनिकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी छ । आज बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् । उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् ।

२०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् । यसअघि रावलले एमालेबाट निष्कासित एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए ।

आफू निकटहरुसँग छलफलमा रहेको भन्दै उनले भनेका थिए, ‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ ।

त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।’ रावलले पाँच दशक एमालेमा बिताएका थिए। तर, केहीदिनअघि बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्य नरहनेगरी कारबाही गरेको छ। कारबाहीपछि रावलले देशभरका नेता÷कार्यकर्तासँग छलफल गरेर नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।

रावलले आफूमाथि भएको कारबाही पार्टीको नभएर पार्टी अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गरेका छन् । चितवनमा भएको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरेसँगै रावलले ओलीको निशानामा पर्दै आएका थिए ।

पछिल्लो समय एमाले विधान, सिद्धान्तमा चल्नुको साटो ओली क्लबका रुपमा चलेको भन्दै रावलले खबरदारी गर्दै आएका थिए । रावलले १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ओलीलाई चुनौती दिएका थिए भने नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए ।

कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानूनमा स्नातक गरेका छन् ।

रावलको परिवारमा पत्नी संजीत रावल र विवाहित दुई छोराहरु छन् । उनका छोरा डा. प्रभात रावल र डा. प्रशान्त रावल छन् । प्रभात चिकित्सक र प्रशान्त इन्जिनियर हुन् । २०३० सालबाट विद्यार्थी राजनीतिमा लागेका रावल पटक पटक जेल परेका थिए ।

उनले तत्कालीन नेकपा मालेका नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता प्राप्त गरेका थिए । अनेरास्ववियु एकताको पाँचौंको संस्थापक मध्येका एक नेता रावल विदेश विभागको प्रमुख समेत बने । विद्यार्थी आवाज र स्टुडेण्डट्स भ्वाइसको सम्पादक बने ।

पार्टीले चलाएको पत्रिकाको सम्पादक बनेका उनी २०४८ सालपछि नेकपा एमालेको प्रचार विभागको सदस्य बने । २०४७ सालमा नेकपा मालेका तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने ।

उनी २०४८ सालमा अछामबाट चुनाव लडेर पराजित भए । २०५१ सालमा भने निर्वाचित भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटनराज्यमन्त्री बने । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने ।

२०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भए । २०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए । २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने । २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री बने ।

Advertisement

२०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए । उनले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बलियो पकड बनाएका छन् । उनका विभिन्न अध्ययन र साहित्यिक कृति प्रकाशित छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top