नौ जना विद्यार्थीको हत्या गर्ने चिनियाँ नागरिकलाई मृत्युदण्ड

१० असोज ७५, बिहीबार

 

सिआन, चीन, असोज ११
चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ ।
स्थानीय अदालतले सो जानकारी दिएको छ । झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो ।

सान्जीको प्रान्तको सुप्रिम पिपुल्स् कोट (एसपीसी) ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ ।

Advertisement

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीन इलाकामा रहेको एक माध्यामिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेको थियो ।

उक्त आक्रमणबाट अरु १२ जना विद्यार्थी पनि घाइते भएका थिए । गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो ।

Advertisement

सोही विद्यालयका पूर्व विद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँच ओटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो । झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ ।

तर उनले को सँग र किन बदला लिनु परेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
रासस/सिन्ह्वा

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top