NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

रविको पक्षमा आज कसकसले गर्दैछन् बहस

बुधबार पुस १७ , २०८१
Reading Time: 1 min read
A A
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ पुष ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेतलाई प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज पनि जारी रहनेछ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सुरु थुनछेक बहसको पहिलो दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए ।

तर शर्माको बहस नसकिएकाले आज पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले जानकारी दिएकी छन्। शर्मापछि सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन्।

बहसका लागि रेग्मी र गौतम मंगलबार नै पोखरा पुगिसकेका छन्। सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। प्रतिवादीका तर्फबाट रवि लामिछानेका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारीछ।

दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ। मंगलबार सरकारी वकिलका तर्फबाट बहस गर्नेहरूले सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।

पक्राउ परेका सातै प्रतिवादीको बयान सकिएपछि मंगलबार थुनछेक बहस सुरु गरिएको हो। हिजो न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले डाको छाडेर रोएका थिए ।

उनी रोएपछि इजलासमै केही समय सन्नाटा छाएको थियो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको नाम आएपछि आँशु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए ।

उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए । उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बन्न पुगेको अदालतम उपस्थित अधिवक्ताहरुले बताएका छन् ।

गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

बयानका लागि समेत एक हप्ता बढी समय लागेको अवस्थामा थुनछेक बहस झनै लामो हुने अनुमान गरिएको छ । सरकारका तर्फबाट सरकारी वकिलको बहस पछि जाहेरीकर्ता समेत एक हजारभन्दा बढी भएको र उनीहरुका तर्फबाट समेत बहस हुने भएकाले यो थुनछेक बहस लामो हुने अनुमान गरिएको छ।

हाई प्रोफाइल केस भएका कारण पनि अधिवक्ताहरुले समेत बहसमा रुचि देखाएको भनिएको छ । थुनछेक बहसपछि अदालतले संभवत तीन आदेशहरु धरौटीमा रिहा, साधारण तारिखमा रिहा र पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिन सक्ने कानूनीजानकारहरुले बताएका छन् ।

कास्कीको अदालती प्रक्रिया टुंगिएपछि रवि छवि लगायतलाई अन्य जिल्ला अदालतमा समेत मुद्धा दर्ता भए त्याहा समेत पुर्याउनु पर्नेछ । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग अदालतले बयान लिएको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा विभिन्न संस्थासमेत जम्मा ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी व्यक्ति छन्। रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

Tags: #आजदेखि रविको थुनछेक बहस#रविको पक्षमा आज बहस

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.