×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

रविको पक्षमा आज कसकसले गर्दैछन् बहस

१७ पुष २०८१

१७ पुष ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेतलाई प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज पनि जारी रहनेछ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सुरु थुनछेक बहसको पहिलो दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए ।

तर शर्माको बहस नसकिएकाले आज पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले जानकारी दिएकी छन्। शर्मापछि सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन्।

बहसका लागि रेग्मी र गौतम मंगलबार नै पोखरा पुगिसकेका छन्। सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। प्रतिवादीका तर्फबाट रवि लामिछानेका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारीछ।

दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ। मंगलबार सरकारी वकिलका तर्फबाट बहस गर्नेहरूले सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।

पक्राउ परेका सातै प्रतिवादीको बयान सकिएपछि मंगलबार थुनछेक बहस सुरु गरिएको हो। हिजो न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले डाको छाडेर रोएका थिए ।

उनी रोएपछि इजलासमै केही समय सन्नाटा छाएको थियो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको नाम आएपछि आँशु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए ।

उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताए । उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बन्न पुगेको अदालतम उपस्थित अधिवक्ताहरुले बताएका छन् ।

गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

बयानका लागि समेत एक हप्ता बढी समय लागेको अवस्थामा थुनछेक बहस झनै लामो हुने अनुमान गरिएको छ । सरकारका तर्फबाट सरकारी वकिलको बहस पछि जाहेरीकर्ता समेत एक हजारभन्दा बढी भएको र उनीहरुका तर्फबाट समेत बहस हुने भएकाले यो थुनछेक बहस लामो हुने अनुमान गरिएको छ।

हाई प्रोफाइल केस भएका कारण पनि अधिवक्ताहरुले समेत बहसमा रुचि देखाएको भनिएको छ । थुनछेक बहसपछि अदालतले संभवत तीन आदेशहरु धरौटीमा रिहा, साधारण तारिखमा रिहा र पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिन सक्ने कानूनीजानकारहरुले बताएका छन् ।

कास्कीको अदालती प्रक्रिया टुंगिएपछि रवि छवि लगायतलाई अन्य जिल्ला अदालतमा समेत मुद्धा दर्ता भए त्याहा समेत पुर्याउनु पर्नेछ । यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग अदालतले बयान लिएको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा विभिन्न संस्थासमेत जम्मा ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी व्यक्ति छन्। रवि लामिछाने र जीबी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top