ड्युटीमा रहेका इन्स्पेक्टरमाथि बस पल्टिँदा,

१६ पुस ८१, बुधबार

१७ पुष , काठमाण्डौ ।

मृत्यु सास्वत सत्य हो, जसलाई कुनै पनि शक्ति वा समयले रोक्न सक्दैन। जीवन जति सुन्दर छ, मृत्यु उति नै अवश्यम्भावी। तर, दुर्घटना भनेको अनिश्चितता र भवितव्यताको यथार्थ हो, जसले कहिलेकाहीं जीवनको धारा नै परिवर्तन गरिदिन्छ।

एक क्षणको लापरवाहीले, कहिलेकाहीं, एक जीवनलाई समाप्त गरिदिन्छ, अनि बाँकी रहेका प्रियजनहरूको हृदयमा सधैंभरि नमेटिने पीडा छोडिदिन्छ। दुर्घटनाको यो कठोर सत्यले हामीलाई जीवनको नाजुकता र हरेक सासको मूल्य सम्झाउँछ।

Advertisement

सर्लाहीमा गएराति सबै सर्वसाधारण मस्त निन्द्रामा रहदा समाजमा शान्ति सुरक्षा कायम गर्न सुरक्षार्थ खटिएका थिए । सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधर । तर जनताको सुरक्षार्थ रहेकै अवस्थामा तीव्र गतिमा आएको बस उनीमाथि नै पल्टिँदा उनको ड्युटीमै अवस्थामा मृत्युसँग हार मान्नु पर्याे ।

सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु भएको छ। मंगलबार राति बलरा नगरपालिका–९ छतौनास्ठित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका तुलाधरमाथि बस बजारिएको थियो ।

गएराति करिब नौ बजे बागमती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिएर तुलाधरलाई थिच्दा उनको मृत्यु भएको हो। बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि तुलाधरमाथि बजारिँदा घटना भएको हो।

बसले थिचेर गम्भीर घाइते भएका उनलाई डोजरको सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ४२ वर्षीय तुलाधरको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। मृतक तुलाधारको स्थायी वासस्थान काठमाडौंमा रहेको छ ।

तुलाधरको शवलाई आजै काठमाडौँ पु¥याउने तयारी छ। ड्युटी सकेर क्याम्प फर्किने तयारीमा रहेको बेला इन्सपेक्टर तुलाधारलाई क्याम्प अगाडि नै बसले किचेको सोही क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान प्रिन्स शर्माले बताएका छन् । बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top