रवि छुट्ने आधार ! सहकारीको ऋणमा रविको हस्ताक्षर नक्कली

१७ पुस ८१, बिहीबार

१८ पुष , काठमाण्डौ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस भइरहेको छ। रविलामिछानेसहित प्रतिवादीका विरुद्ध सरकारी वकिलहरुले बहस गरिसकेका छन् भने आज जाहेरवालाको तर्फबाट बहस भइरहेको छ।

आइप्रोफाइलका ब्यक्तिहरु मुछिएकाले यो अदालती वहसलाई देश भित्र र बाहिरबाट समेत अत्यन्त चासोपूर्ण रुपमा नजिकबाट हेरिएको छ । खास गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेका विषयमा अदालतले कस्तो फैसला गर्ला भन्ने चासो राजनीतिक नेतादेखि सर्वसाधारण जनतालाई सम्म रहेको छ ।

Advertisement

सहकारीबाट गएको पैसा रविले अनावश्यक रुपमा खर्च गरेको अभियोगसहित उनलाई पूर्वपक्षका लागि थुनामा पठाउन अदालतमा दलील पेश गर्ने सरकारी वकिलले नै रविको नाममा खोलिएको खाता नै नक्कली रहेको स्वीकारेका छन् ।

अर्काे तर्फ सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको रविको सचिवालयले जनाएको छ  ।

बुधबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले रविको नाममा रहेको भनिएको कर्जा खाता कृत्रिम रहेको स्वीकार गरेकी छिन् । न्यायाधीश नीतिज राईले सहकारीबाट लामिछानेको नाममा एक करोड रकम गएकोमा उनको इन्कारी बयान सम्झाएपछि काफ्लले कृत्रिम रहेको जानकारी दिएकी हुन् ।

अनुसन्धानको क्रममा उक्त रकम लामिछानेले कुनै बैंक खातामार्फत वा नगद लिएर व्यक्तिगत हिसाबमा खर्च नगरेको प्रमाणित भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ ।

तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ । ०७७ जेठ र असारमा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आइएमई बैंक खातामा जम्मा भएको एक करोड रुपैयाँ रवि लामिछानेको नाममा कर्जा देखाइएको थियो ।

तर, प्रहरी अनुसन्धानकै क्रममा सो हस्ताक्षर लामिछानेको वास्तविक हस्ताक्षरसँग मेल नखाएको उल्लेख छ । लामिछाने पक्षका वकिलहरूले गोर्खा मिडियाको खातामा जम्मा भएको रकम लामिछानेले निजी रूपमा प्रयोग नगरेको र उनीमाथि एक करोड रकमको बिगो लगाउनु बदनियतपूर्ण भएका बताएका छन् ।

अदालतमा बुधबार सरकारी वकिलको तर्फबाट बहस सकिएकोमा आजदेखि जाहेरवालाको बहस सुरु हुन लागेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्  जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मङ्गलबारदेखि सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन् । यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका छन् ।

दुबै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ । सूर्यदर्शन सहकारी ठगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति मुछिएका छन् ।

यसैले उनीसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेसहित विभिन्न व्यक्ति र संस्थासमेत ४४ प्रतिवादी छन् । लामिछानेविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो । काठमाडौं प्रहरीले समेत रविसहित ४४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलको कार्यलयलाई राय दिने तयारी गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top