आरिफ र आसिफको दिन विराएर बिहे,आरिफको हिजो, आसिफको आज

१८ पुस ८१, शुक्रबार

१९ पुष , काठमाण्डौ ।

यही पुस २१ देखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुने जय ट्रफीका लागि सहभागि टिमहरुले धमाधम टोली घोषणा गरिरहेका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी पुरुष एलिट कपका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा अन्तर्राष्ट्रिय लिग ट्वान्टी–२० (आइएलटी) खेल्न युएई जाने तयारीमा रहेका अलराउन्ड कुशल मल्ललाई पनि समावेश गरिएको छ । कुशललाई डेजर्ट भाइपर्सले अनुबन्ध गरेको छ । आर्मीले पहिलो दिन नै नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

Advertisement

आर्मीको टोलीमा विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेककुमार यादव, भीम सार्की, बसिर अहमद, शाहब आलम, सन्तोष कार्की, आकाश चन्द, इमरान शेख, तृतराज दास, नरेन साउद, दुर्गेश गुप्ता, पवन कार्की, सुमित श्रेष्ठ रहेका छन् ।

यस्तै नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ। नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तानीको जिम्मा दिएको हो।

Advertisement

दीपेन्द्र आईएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएका हुन्। टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल छन्। यस्तै रशिद खान, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेला टोलीमा समेटिएका छन्।

नेपाल यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ। इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ।

यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जानकारी दिएको छ। यसअघि बागमतीले सन्दीपको कप्तानीमा टोली घोषणा गरिसकेको छ। बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।

प्रधानमन्त्री कपमा आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको थियो। यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ सेखले विवाह गरेका छन् । आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् ।

पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । आरिफका सहोदर भाइ आसिफ सेखले पनि आज (शुक्रबार) विवाह गर्दैछन् । उनले पनि वीरगन्जबाटै विवाह गर्न लागेका हुन् ।

यी दुवै दाजुभाइ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दा आरिफले सुदूरपश्चिम रोयल्सबाट प्रतिस्पर्धा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top