NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ? शुक्रबार कार्तिक २१ , २०८२
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
कस्तो हुनेछ २४ घण्टाको मौसम ? शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

दैलेख पेट्रोलियम पदार्थ खोज्ने ड्रिलिङ’ सकियो, के भेटियो ?

शुक्रबार पुस १९ , २०८१
Reading Time: 1 min read
A A
दैलेख पेट्रोलियम पदार्थ खोज्ने ड्रिलिङ’ सकियो, के भेटियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ पुष , विराटनगर।

दैलेखको माटो मुनि ३९ सय मिटरको गहिराइमा ग्यासको अस्तित्व पत्ता लागेको छ। पेट्रोलियम पदार्थ खोज्ने क्रममा गरिएको ड्रिलिङको सफलताले नेपालमा ऊर्जा स्रोतको सम्भावना उजागर गर्दै नयाँ आशा जगाएको छ।

नेपालजस्तो आयातमा निर्भर देशका लागि यो खोजले देशलाई ऊर्जा आत्मनिर्भर बनाउने दिशामा एउटा महत्वपूर्ण माइलस्टोन सावित हुन सक्छ दैलेखमा जारी पेट्रोलिय पदार्थ अन्वेषणअन्तर्गतको ‘ड्रिलिङ’ (जमिनमुनि मेसिनको सहायताले खन्ने काम) सम्पन्न भएको छ ।

LS Auto

२८ वैशाख २०८१ बाट सुरु भएको ड्रिलिङको काम १७ पुसमा सम्पन्न भएको हो । दैलेखको भैरवी गाउँपालिका–१,जलजलेस्थित अन्वेषण स्थलमा ड्रिलिङको काम सम्पन्न भएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका भूगर्भविद् एवम् सूचना अधिकारी प्रकाश लुइँटेलले बताएका छन् ।

उनले वैशाखबाट सुरु भएको ड्रिलिङको काम असोज मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कडा चट्टानका कारण आयोजना लम्बिन गएको र ४२ सय मिटर गहिराइमा खन्ने काम सम्पन्न भएको बताएका छन् ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको छ । चीनको आर्थिक र प्राविधिक सहयोगमा उत्खनन् गर्दा प्राकृतिक ग्याँस रहेको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गत वर्ष वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर उत्खनन थालेको थियो ।

त्यतिबेला सबैखाले पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउने उद्देश्य थियो । तर हालसम्मको अवस्थाले त्यहाँ प्राकृतिक ग्याँसको सकारात्मक संकेत देखिएको लुईंटेलले बताएका छन् । ‘चार हजार मिटर गहिराइसम्म खन्ने लक्ष्य भएकोमा आइतबारसम्म ३ हजार ९ सय ४८ मिटर खनिसकिएको छ र अहिलेसम्मका सबै सिम्प्टम (संकेत) हरु हेर्दाखेरि यहाँ प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ ।’

उनका अनुसार जमिन खन्दै जाँदा उपकरणले ग्याँस ‘डिटेक्ट’ गरेको छ । परियोजनाका अनुसार अहिलेसम्म जमिन मुनि ग्याँस छ कि छैन भनेर पत्ता लगाउनका लागि मात्र काम भइरहेको छ । ग्याँस रहेको पुष्टि भइसकेपछि व्यापारिक दृष्टिले उपयुक्त छ कि छैन भनेर थप अध्ययन गरिने छ ।

त्यसका लागि जमिन खन्दा निस्किएका चट्टानका नमूनाहरु संकलन गरिएको छ । ड्रिलिङको काम सकिएपछि र ग्याँस रहेको पुष्टि भएपछि दोस्रो चरणमा ग्याँसको आयतन र गुणस्तर परीक्षण गरिने छ ।

त्यो परीक्षण पनि ड्रिल भइरहेकै स्थानमा हुने परियोजनाले जनाएको छ । दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिन मुनिबाट निस्किरहने ग्याँसमा आगो बल्ने गरेको छ । ‘अखण्ड दीप’ बलिरहने शीरस्थान, नाभिस्थान लगायतका क्षेत्र धार्मिक तथा पर्यटकीय आकर्षणका केन्द्र बनेका छन् ।

सो क्षेत्रमा तेल पनि हुन सक्ने अनुमानसहित उत्खनन् सुरु गरिएको थियो । उत्खननको काममा तीन दर्जन बढी प्राविधिक, भूगर्भविद र स्थानीय सक्रिय छन् । अहिलेसम्म तेल नभई प्राकृतिक ग्याँस रहेको सकारात्मक संकेत देखिएको भूगर्भविद लुईंटेलले बताए ।

उनका अनुसार २ हजार २ सय मिटर खन्दा नै ग्याँस रहेको संकेत देखिएको थियो । परियोजनाका सूचना अधिकारी लुईंटेलले अध्ययन विश्लेषणको विस्तृत रिपोर्ट सार्वजनिक गर्ने बताएका छन्।

चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको ‘ड्रिलिङ’ गर्ने काम भइरहेको छ ।

२०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी गरेपछि चर्चामा आएको पेट्रोलियम पदार्थको खानीमा खनिज रहे÷नरहेको पत्ता लगाउन अन्तिम नतिजा उन्मुख चरणको काम भइरहेको छ ।

लुइँटेलका अनुसार दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यास बलिरहेको र पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको छ । त्यो नै प्राविधिक हिसाबले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको लुइँटेल बताउँछन् ।

नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ भित्रै अन्तिम अन्वेषणका सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

परियोजना सफल भएको खण्डमा समग्र देशले पेट्रोलियम पदार्थ विकासमा फड्को मार्ने छ भने स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा राखिएको छ । खानी तथा भूगर्भ विभागले विगत चार दशकदेखि पेट्रोलियम पदार्थको अन्वेषण गर्दै आएको छ ।

प्राविधिक जनशक्ति र उपकरण अभावले अन्वेषणले गति लिन भने सकेको थिएन । ४ असोज २०७२ मा नेपालको नयाँ संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो ।

नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकै बीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो । अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम ।

भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खनन्का लागि अन्वेषणको काम गर्न सुरु भएको थियो । २०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख पुग्यो ।

पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थको भण्डार रहेको अन्वेषण कामको सुरुवात गर्ने उद्घोष गरेर फर्किएको थियो ।

उतिबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि ग¥यो । २०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो ।

नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

१६ असार २०७६ मा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभीस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो ।

त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायतका काम सम्पन गरिसकेको छ ।

स्थलगत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो । सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन ।

त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । दुई वर्ष म्याद थप गरेको एक वर्ष बित्दासमेत थप अन्वेषणको काम हुन सकेको थिएन । पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभीस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेको छ ।

श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर, सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैवी चमत्कार नभएर जमिनमुनि प्राकृतिक ग्यास रहेको पुष्टि गरिसकेको छ ।

गत वैशाखमा सुरु भएको ड्रिलिङ ५ देखि ६ महिनामा सम्पन्न हुने भनिए पनि प्राविधिक समस्याका कारण आयोजना केही महिना लम्बिएको हो । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो ।

सोही अनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर, कारोना माहामारीलगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाइले लागतसमेत बढेको चिनियाँ पक्षले जनाउँदै आएको छ ।

हरेक वर्ष अरबौं रुपैयाँ खर्च गरेर विदेशबाट इन्धन आयात गरिरहेको नेपालले अब थोरै भएपनि आफ्नै स्रोतमा भरोसा गर्ने सपना देख्न थालेको छ । तर, के यो सम्भावना वास्तविकतामा बदल्न सकिनेछ?

या यो पनि केवल एक आशाको किरणमा सीमित हुनेछ? यी सबै प्रश्नहरूको उत्तर आगामी अनुसन्धान र सरकारी नीतिमा निर्भर रहने छ। यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #दैलेख पेट्रोलियम पदार्थ#दैलेखमा  ग्यास ‘डिटेक्ट’

लोकप्रीय

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
ताजा समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
समाचार

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा
ताजा समाचार

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.