थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

२० पुष , एजेन्सी ।

थाइल्याण्डको राजनीतिक इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी हुन्।

उनको सम्पत्तिलाई लिएर विश्वभर चर्चा भइरहेको छ । उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन्।

Advertisement

थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन्।

पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी)को अनुरोधमा घोषणा गरेकी हुन्। उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन्।

Advertisement

उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ। उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ।

उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरेकी छन् । स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन्।

योसहित उनको कूल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर दिएको थियो। फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेका छन् ।

फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ। फोब्र्सको सूचीमा उनी थाइल्याण्डको १० औं धनी व्यक्ति हुन्।

थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए। उनको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाइ राजनीतिमा प्रभावशाली थियो। विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो।

सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, ’पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ।’ पारदर्शिताको कमीको दावीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ।

थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए। ३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।

नैतिक आचरणमा प्रश्न उठेका अपराधमा मुछिएर जेल गएका ब्यक्तिलाई मन्त्री बनाएकै कारण प्रधानमन्त्री श्रेथा थाभिसिनलाई अदालतले बर्खास्त गरेपछि उनी प्रधानमन्त्री बनेकी थिइन । पाएटोङ्गटार्न शिनावात्रा र पूर्व प्रधानमन्त्री श्रीथा टाविसिन दुवै फउ थाई पार्टीका हुन् ।

शिनावात्रा सन् २०२३ को चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् । पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । विभाजनकारी राजनीतिक हेवीवेट थाक्सिन सिनावात्राका तीन सन्तानमध्ये उनी कान्छी हुन्।

उनको बुबा सन् २००६ मा एक कू मा अपदस्थ गरिएको थियो, तर धेरै प्रभावशाली रहेका थिए । पाइतोङटार्न प्रधानमन्त्री हुने सिनावात्रा परिवारका चौथो सदस्य हुन्। थाक्सिनका जेठाजु सोमचाई वोङ्सावत सन् २००८ मा छोटो समयका लागि प्रधानमन्त्री थिए भने उनकी बहिनी यिङलक सिनावात्रा २०११ देखि २०१४ सम्म प्रधानमन्त्री थिइन् ।

सोमचाई र यिङलक दुवैलाई अदालतको आदेशले पदबाट हटाइयो। यिङलकपछि थाइल्याण्डको नेतृत्व गर्ने पाइतोङटार्न दोस्रो महिला हुन् । पूर्वप्रधानमन्त्री थाक्सिन र उनकी तत्कालीन पत्नी पोटजामन दामापोङबाट जन्मेका तीन सन्तानमध्ये पाएटोङ्गटार्न कान्छी सन्तान् हुन् ।

उनी शहरको बीचमा रहेको निजी विद्यालयमा पढेर बैंककमा हुर्केकी थिइन् । सानैदेखि राजनीतिक माहोलमा हुर्केकी उनी बुवा विदेशमन्त्री भएपछि भने आफ्नो बुबालाई पछ्याउने गर्थिन् । पातोङ्गटार्नले फेउ थाईको पछिल्लो चुनावी अभियानमा प्रमुख भूमिका खेलेकी थिइन् ।

उनले थाई व्यवसायी पिटाका सुक्सावतसँग विवाह गरेकी छिन् । जो हाल रेन्डे डेभलपमेन्ट कम्पनी लिमिटेडको उपप्रमुख लगानी अधिकारी र थाइकम फाउन्डेसनको बोर्ड सदस्य रहेका छन् । उनका दुई सन्तान एक छोरा र छोरी रहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top