NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने? शनिबार भदौ १४ , २०८२
अमेरिकी ट्यारिफ पछि २५ लाख भारतीय बेरोजगार बन्दै शुक्रबार भदौ १३ , २०८२
Next
Prev

समाचार

चीनमा डरलाग्दो भाइरस ःअफवाह कि वास्तविकता ?

शनिबार पुस २० , २०८१
Reading Time: 1 min read
A A
भारतमा सक्रिय संक्रमितको संख्या डेढ वर्ष यताकै कम

Coronavirus on scientific background

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० पुष , विराटनगर।

पछिल्लो दुई दिनदेखि चीनमा नयाँ भाइरसको प्रकोप बढेको र यसका कारण अस्पतालहरुमा विरामीको अत्याधिक भिड रहेको भन्ने खबर विश्वभर फैलिए । नयाँ प्रकोपले चनि थलपरेपनि कोभिड जसरी नै उसले यो अवस्था लुकाइरहेको भन्ने आक्षेप समेत लागेका थिए ।

तर अहिले चीनले देशभित्र त्यस्तो कुनै महामारी नफैलिएको भन्दै स्वास्थ्य सम्बन्धी सबै खबरहरुको खण्डन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष जाडोमा हुने श्वासप्रश्वाससम्बन्धी रोगहरू कम गम्भीर रहेको भन्दै चीनले देशमा ठूलो मात्रामा फ्लूको प्रकोप भएको खबरको खण्डन गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले विदेशीहरुलाई चीन यात्रा गर्न सुरक्षित रहेको पनि बताएको छ। देशमा इन्फ्लुएन्जा ए र अन्य श्वासप्रश्वाससम्बन्धी रोगहरू फैलिने बारेमा सोधिएको प्रश्नको जवाफमा मन्त्रालयकी प्रवक्ता माओ निङले भनेकी छन् ।

“जाडो मौसममा श्वासप्रश्वासको संक्रमण चरम हुन्छ“ । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा चीनका अस्पतालहरूमा बिरामीहरूको ठुलो भीड देखिएको छ। “गत वर्षको तुलनामा, यी रोगहरू कम गम्भीर देखिन्छन् र सानो मात्रामा फैलिरहेका छन् “, निङले भनेकी छन् । “म तपाईँलाई आश्वस्त पार्न सक्छु कि चिनियाँ सरकारले चिनियाँ नागरिक र विदेशीहरूको स्वास्थ्यको ख्याल राख्छ। चीनमा यात्रा गर्नु सुरक्षित छ। “

निङले जाडोमा श्वासप्रश्वाससम्बन्धी रोगहरूको रोकथाम र नियन्त्रणका लागि चीनको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनले जारी गरेको दिशानिर्देशलाई पनि उल्लेख गरेकी छन्। पछिल्ला केही दिनदेखि चीनमा, विशेष गरी भारत र इन्डोनेसियामा ठूलो मात्रामा फ्लूको प्रकोप भएको खबर आएको छ।

चीनका मानिसहरूले विगत केही महिनादेखि कडा चिसोको सामना गरिरहेका छन् । यता चीनमा फैलिएको भनिएको महामारीका विषयमा कतैबाट औपचारिक वा प्रामाणिक कुरा आइनसकेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका छन्।

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरस ‘ह्युमन मेटान्युमो’को संक्रमण फैलिएको समाचार आएपछि चिकित्सक सुवेदीले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले जारी गरेको वक्तव्यअनुसार ‘ह्युमन मेटान्युमो भाइरसबाट प्रायः हुने सामान्य रुघाखोकी हो र कहिलेकाहीँ मात्र यसले चुस्त रोगप्रतिरोधी प्रणाली भएकालाई पनि निमोनिया (तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण) गराउँछ।’

उनले भनेका छन्, ‘त्यसैले भाइरसमा कुनै विशेष उत्परिवर्तन (म्युटेसन) नभईकन यसले मात्रै अहिले चीनमा देखिएको (देखिएकै हो भने) अस्पताल नै टनाटन हुने अवस्था ल्याउँदैन। यो भाइरस इन्फ्लुएन्जा वा पछिल्लो समयको कोभिडजस्तो चाँडो–चाँडो नयाँ उत्परिवर्तन हुने भनेर चिनिएको भाइरस पनि होइन।

उनका अनुसार प्रायः जाडो मौसममा श्वासप्रश्वास प्रणालीका धेरैथरी भाइरस र केही ब्याक्टेरियाको संक्रमण बढ्ने र त्यसले गर्दा एकैपटक धेरैजना अस्पताल भर्ना हुने गरेको देखिन्छ। उनले भनेका छन्, ‘चीनमा पनि सायद त्यस्तै भएको होला। चीन भनेपछि विशेषगरी कोभिडको अनुभवपछि पश्चिमा मिडियाले त्यसै अतिरञ्जना गर्ने गरेका छन्।’

बरु अहिले बर्डफ्लुचाहिँ विश्वकै लागि चुनौती बनिरहेको उनको भनाइ छ। ‘बरु अहिले समग्र विश्वकै लागि सबैभन्दा ठूलो डरचाहिँ हामीले बर्डफ्लु भनेर सुन्ने गरेको इन्फ्लुएन्जा भाइरसहरूको समूहमध्ये एचफाइभएनवान भन्ने भाइरसको आसन्न वैश्विक महामारीको छ’, उनले भनेका छन्। तर यो कति महिनाभित्र फैलन्छ, त्यो भन्न नसकिने उनले बताएका छन्।

उनले अगाडि भनेका छन्, ‘तर विगत केही वर्षहरूमा जुन गतिले यसले पहिले समुद्री स्तनधारी जनावर अनि अमेरिका र क्यानडामा गाईवस्तु र अन्य जनावर, अनि तिनको हेरविचार गर्ने मानिसमा र पछिल्लो समय संक्रमित मानिस वा जनावर कसैसँग सम्पर्क नै नभएका मानिसलाई बिरामी बनाउँदै गएको छ, त्यसबारे चाहिँ सबै देश चनाखो भएर पूर्वतयारीमा जुट्न थालिहाल्नुपर्ने अवस्था आएको छ।’

चीनबाट कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाई त्रसित बनाएको खबरसले सनसनी मच्चाएकोछ । चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा मानव मेटाप्युमोभाइरस (एचएमपीभी) को प्रकोपको सामना गरिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारीहरूले नागरिकहरूलाई मास्क लगाउन र ह्युमन मेटाप्नेमोभाइरस (एचएमपीभी) बाट बच्न बारम्बार हात धुन आग्रह गरिरहेका छन् । चीनको सीडीसी वेबसाइटका अनुसार मानव मेटापन्यूमोभाइरस एक आरएनए भाइरस हो।

मेटान्यूमो भायरस एक आरएनए भाइरस हो, जुन पहिलो पटक २००१ मा डच अनुसन्धानकर्ताहरूले श्वासप्रश्वासको संक्रमण भएका बच्चाहरूको नमूनाहरू अध्ययन गर्दा पत्ता लगाएका थिए। सो अध्ययनले देखाएको छ कि मेटापनेउमो भाइरस कम्तिमा ६ दशकको लागि अवस्थित छ।

यो एक साझा जीवाश्म रूपमा संसारभर फैलिसकेको छ। मेटापनेउमो भाइरस मुख्यतया खोक्दा र हाछ्युँ गर्दा फैलिन्छ। संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क र दूषित वातावरणको सम्पर्कबाट पनि संक्रमण हुन सक्छ।

सीडीसी वेबसाइटका अनुसार मेटापनेउमो भाइरस प्रायः जाडो र वसन्तमा पाइन्छ। एचएमपीभीले बच्चाहरूलाई आक्रमण गर्छ र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूमा खोकी, ज्वरो, नाक बन्द हुने र घरघराहट हुने लक्षणहरू देखा पर्छ ।

गम्भीर अवस्थामा मेटापनेउमोभाइरसले ब्रोंकाइटिस र निमोनिया पनि निम्त्याउन सक्छ। लङ्ग ओआरजीको अनुसार गम्भीर अवस्थामा डाक्टरहरूले ब्रोन्कोस्कोपी गर्न सक्छन्। यसमा एउटा सानो, लचिलो क्यामेरा फोक्सोमा घुसाइन्छ र भाइरसको परीक्षण गर्न तरल पदार्थको नमूना निकालिन्छ।

एचएमपीभीले पहिले नै रोग भएका मानिसहरूको ज्यान सजिलै लिन सक्छ। सन् २०२१ मा द ल्यान्सेट ग्लोबल हेल्थको एउटा लेखले तीव्र श्वासप्रश्वाससम्बन्धी रोग भएका पाँच वर्ष मुनिका बालबालिकाहरूमा हुने मृत्युको १ प्रतिशतको लागि एचएमपीभी जिम्मेवार रहेको तथ्यांक देखाइएको थियो ।

एनकेएल डटकमका अनुसार एसिटामिनोफेन वा इबुप्रोफेन जस्ता ओभर द काउन्टर औषधिहरूले मद्दत गर्न सक्छ। डिकन्जेस्टेन्टहरूले नाकको सिगानलाई कम गर्न पनि मद्दत गर्न सक्छ।दम, र पल्मोनरी फाइब्रोसिस भएका व्यक्तिहरूमा गम्भीर लक्षणहरू हुन सक्छन् ।

घरघराहट र खोकी नियन्त्रण गर्न औषधिको आवश्यकता पर्न सक्छ।अर्काे तर्फ हालसम्म, चीनमा फैलिएको भनिएको मेटापन्यूमोभाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन् ।

सामान्यतया, विश्व स्वास्थ्य संगठनले नयाँ वा पुनःउदीयमान रोगहरूको निगरानी गर्दै आवश्यक परामर्श र निर्देशनहरू प्रदान गर्ने गर्छ। यदि मेटापन्यूमोभाइरसको प्रकोपले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने खतरा देखियो भने अवश्यपनि आवश्यक कदम चाल्ने सम्भावना रहन्छ ।

चीनले आफ्नो देशभित्र कुनै स्वास्थ्य खतरा नरहेको बताउँदै विदेशीहरूलाई भ्रमणका लागि खुला निमन्त्रणा दिएको छ। तर, सञ्चारमाध्यमहरूमा देखिएका दृश्यहरू र मेटापन्यूमोभाइरसको संक्रमणको खबरहरूले चीन भित्रको फरक कथा सुनाइरहेका छन्।

अस्पतालहरूमा बिरामीको भिड, स्वास्थ्य सेवा प्रणालीमाथि दबाब र बढ्दो संक्रमणका खबरहरूले चीनको आधिकारिक दाबीमाथि गम्भीर प्रश्न त खडा गरेका छन्। चिनियाँ सरकार नियन्त्रित सञ्चारमाध्यमले जे दाबी गरे पनि, स्वास्थ्य संकटजस्तो विषय लुकाएर लुकाउन सकिँदैन।

सत्यको प्रकृति नै यस्तो छ कि यो समयमै सतहमा आउँछ। महत्वपूर्ण प्रश्न चाँही चीनले यो सम्भावित स्वास्थ्य संकटलाई पारदर्शी रूपमा व्यवस्थापन गर्नेछ वा यसलाई पनि मात्रै चिसोको प्रभावका रुपमा परिभाषित गरेर फेरि पनि विश्वसामु गहिरो अविश्वासको छायाँ छोड्नेछ ? भन्ने रहेको छ । यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #चीनमा छैन् कुनै महामारी ?#चीनमा डरलाग्दो भाइरस

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२

विचार

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२

थप समाचार

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत
ताजा समाचार

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री चीन उडे,सी सहितका नेताहरु सँग भेटवार्ता गर्ने?

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.