NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षको कुर्सीमा

आइतवार पुस २१ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
फरक क्षमता भएका ब्यक्तिलाई अधिकार कहिले दिनेः उपराष्ट्रपति पुन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२१ पुष , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहनेगरी आसन व्यवस्थापन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् । नेपालमा हालसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा भएका छन् ।

विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुनलाई पार्टीको जिम्मेवारीमा फर्काएको छ ।नन्दबहादुर पुन गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिसहित तत्कालीन एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर हुन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपतिअहिले भने पार्टी राजनीतिमा फर्किएका छन् ।

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते जन्मिएका उनी उहाँ पाँच भाइमध्ये माइलो हुन् ।

नँका तीन दिदीबहिनी श्रीमती र दुई छोरा रहेका छन् । पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरेका थिए । उनले २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गालेका थिए । २०४८ पछि पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए । सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य ३५ हजार तोकेको थियो ।

उनी माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख सम्म बनेका थिए । उनी दुवै मिर्गौला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगेपछि केही समय थलिएका थिए ।

अहिले उनी स्वस्थ रहेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ४ मा गगन थापासम्ग पराजित भएका थिए । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।

धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्केटमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । उता नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले स्थायी कमिटीको निर्णय भनेर दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

शर्माले सापकोटाको नाम नलिई कतिपय सञ्चार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएको कुरामा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न शनिबार बसेको स्थायी कमिटी बैठकले अहिले विवाद र फरक मतका विषय बैठकमा नलगी अभियानमा एकताबद्ध भएर तलसम्म जाने निर्णय भएको सापकोटाले बताएका थिए ।

तर, शर्माले आइतबार सामाजिक संजालमार्फत सापकोटाको सो भनाइको खण्डन गरेका हुन् । गत स्थायी कमिटी बैठकमा कार्यविभाजन लगायत अध्यक्ष प्रचण्डको कार्यशैलीविरुद्ध लिखितरूपमा फरक मत राखेका शर्मा यसपटक पनि आफ्नो मत केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने तयारीमा छन् ।

तर, शनिबारको स्थायी कमिटी बैठकले फरक मत र विवादका विषयमा यसपटक छलफल नगर्ने निर्णय भएको सापकोटाले बताएका थिए ।

Tags: #पूर्वउपराष्ट्रपति पुन#माओवादी उपाध्यक्षको कुर्सी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

World News: इजरेली मुटुमा इरानी मिसाइल,खाना माग्नेलाई ब*म,संकटमा थाक्सिन || Nepal Times

00:20:26

World News: ट्रम्पलाई पाकिस्तानको माया, अमेरिकामा विद्यार्थीलाई भिसा दिन फेरि सुरु || Nepal Times

00:13:09

World News: किमका हजारौं सेना कुस्र्क जाँदै, इरानी परमाणुमा ट्रम्पले सैन्य हस्तक्षेप गर्ने

00:11:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.