×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षको कुर्सीमा

२१ पुष २०८१

२१ पुष , काठमाण्डौ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी नेकपा माओवादी केन्द्रको राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहनेगरी आसन व्यवस्थापन गरिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् । नेपालमा हालसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा भएका छन् ।

विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुनलाई पार्टीको जिम्मेवारीमा फर्काएको छ ।नन्दबहादुर पुन गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिसहित तत्कालीन एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर हुन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवलाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । मुलुकका पाँचवटा विशिष्ट पदमध्ये दोस्रो स्थानमा रहेको उपराष्ट्रपतिअहिले भने पार्टी राजनीतिमा फर्किएका छन् ।

नन्दकिशोर भनेर चिनिने ‘पासाङ’को वास्तविक नाम भने नन्दबहादुर पुन हो । पासाङ भने सशस्त्र सङ्घर्षले जन्माएको नाम हो । राङ्सी–९, रोल्पामा २०२२ कात्तिक ७ गते जन्मिएका उनी उहाँ पाँच भाइमध्ये माइलो हुन् ।

नँका तीन दिदीबहिनी श्रीमती र दुई छोरा रहेका छन् । पुनले तत्कालीन राङ्सी निमाविबाट २०३७ सालमा ७ कक्षा उत्तीर्ण गरेका थिए । उनले २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। शान्ति प्रक्रियापछि अध्ययनलाई पुनः निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।

प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा पनि अङ्गालेका थिए । २०४८ पछि पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए । सशस्त्र सङ्घर्षअगावै स्थानीय प्रशासनले पुनको टाउकाको मूल्य ३५ हजार तोकेको थियो ।

उनी माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर, डिपुटी कमाण्डर र जनसेना प्रमुख सम्म बनेका थिए । उनी दुवै मिर्गौला ८० प्रतिशत काम नगर्ने अवस्थामा पुगेपछि केही समय थलिएका थिए ।

अहिले उनी स्वस्थ रहेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ४ मा गगन थापासम्ग पराजित भएका थिए । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ ।

धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्केटमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । उता नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले स्थायी कमिटीको निर्णय भनेर दिएको वक्तव्यप्रति आपत्ति जनाएका छन् ।

शर्माले सापकोटाको नाम नलिई कतिपय सञ्चार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएको कुरामा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न शनिबार बसेको स्थायी कमिटी बैठकले अहिले विवाद र फरक मतका विषय बैठकमा नलगी अभियानमा एकताबद्ध भएर तलसम्म जाने निर्णय भएको सापकोटाले बताएका थिए ।

तर, शर्माले आइतबार सामाजिक संजालमार्फत सापकोटाको सो भनाइको खण्डन गरेका हुन् । गत स्थायी कमिटी बैठकमा कार्यविभाजन लगायत अध्यक्ष प्रचण्डको कार्यशैलीविरुद्ध लिखितरूपमा फरक मत राखेका शर्मा यसपटक पनि आफ्नो मत केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने तयारीमा छन् ।

तर, शनिबारको स्थायी कमिटी बैठकले फरक मत र विवादका विषयमा यसपटक छलफल नगर्ने निर्णय भएको सापकोटाले बताएका थिए ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top