NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

आइतवार पुस २१ , २०८१
Reading Time: 1 min read
A A
जनकपुरधाम उपमहानगरपालि सामुदायिक विद्यालयमा १ महिने बर्खा विदा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
 २१ पुष , काठमाण्डौ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल जनकपुरमा सम्पन्न भएको छ। क्रिकेट पछिल्लो समय खेलकुदहरुमा सबैभन्दा बढी दर्शक, समर्थक, चासो र चिन्ता ब्यक्त हुने खेल बनेको छ ।
भर्खरै सम्पन्न पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग ले त झन क्रिकेटप्रेमीहरुको संख्या उल्लेखीय रुपमा बढाएको छ ।  तर विडम्बना न खेलाडीहरुले अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मैदानमा क्रिकेट खेल्ने अवसर पाएका छन् नत दर्शकहरुले नै सुविधासहितको स्टेडियममा बसेर क्रिकेट हेर्न पाएका छन् ।
पैसा तिरेर समेत त्रिवि क्रिकेट मैदानमा  दर्शकहरुले क्रिकेट हेर्न नपाएको तितो यर्थाथका बीच आजदेखि जनकपुर र पर्सामा जय ट्रफीका खेल सुरु भएका छन् । यी खेलमा एनपिल जस्तो दर्शकको उपस्थित छ्रैन् तर जतिपनि दर्शक पुगेका छन् ।
उनीहरुले उभिएरै खेल हेर्नुपर्ने अवस्था छ भने खेलाडीहरुका लागि अल्पकालीन खेल पूर्वाधारको व्यवस्थापन गरिएको छ ।  यस्ता पूर्वाधारमा  आयोजना गरिएको खेलको उद्घाटन गर्न पुगेका मधेस प्रदेशका मुख्यमन्त्रीले जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन् ।
उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिए । रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताएका छन् ।
जग्गा सम्झौतापछि दुई÷तीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसंग अनुमति लिने प्रक्रियामा अघि बढ्ने उनको भनाई थियो । जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ अनुदान पनि रंगशाला निर्माणमै खर्चिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
प्रदेशका युवाहरुलाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री सिंहले खेलकुद विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दुतावासमा गएपछाडि मात्र टेण्डर गर्नसक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेण्डर हुन नसकेको मुख्यमन्त्री सिंहले  बताएका छन्  ।
स्टेडियमका लागि साढे २ देखि ३ अर्बसम्मको टेण्डर हुने  उनले बताएका छन् । मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेस प्रदेश सरकार अगाडि बढेर जहिलेपनि यहाँका युवाहरुको वृत्ति विकासमा सँगै रहने प्रतिवद्धतासमेत जनाएका छन् ।
पछिल्ला समय खेल पूर्वाधारका निर्माणले गति भने लिएको छ ।  चितवनमा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण  तीव्र गतिमा अघि बढिरहेको छ ।  त्याहा अहिले प्यारफिट ढलानको काम भइरहेको छ ।
यस्तै कीर्तिपुर मैदानको स्तरोन्तिकाका लागि डीपीआरसहितको काम अघि बढिसकेको छ भने काठमाडौंकै मुलपानी र विराटनगरको क्रिकेट रंगशालाको काम पनि अघि बढेको छ ।
नेपालमा क्रिकेटको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ।
अन्तर्राष्ट्रिय स्तरमा सफलताको लागि आवश्यक भौतिक पूर्वाधार, विशेषगरी क्रिकेट रंगशालासहितको संरचना, अहिलेको ठूलो आवश्यकता हो। यसले खेलाडीहरूको क्षमता वृद्धि गर्न मात्र होइन, देशको प्रतिष्ठा पनि उकास्न मद्दत गर्दछ।
रंगशाला भनेको खेलाडीको सपना साकार गर्ने मन्दिर हो।  यसैले आजको आवश्यकता पनि घोषणामा मात्रै सिमित नरही  खेल पूर्वाधारको  विकासको यो सपना साकार गर्ने दिशामा सरकार केन्द्रित हुनु हो ।
LS Auto
Tags: #जनकपुरधाम#जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला#नेपाल क्रिकेट संघ (क्यान)

लोकप्रीय

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

विचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.