जनकपुरधाममा १ अर्बको अन्तर्राष्ट्रिय रंगशाला बन्ने

 २१ पुष , काठमाण्डौ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जनकपुर र पर्सामा जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेट सुरु भएको छ । प्रतियोगिताको पहिलो दिनको खेल जनकपुरमा सम्पन्न भएको छ। क्रिकेट पछिल्लो समय खेलकुदहरुमा सबैभन्दा बढी दर्शक, समर्थक, चासो र चिन्ता ब्यक्त हुने खेल बनेको छ ।
भर्खरै सम्पन्न पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग ले त झन क्रिकेटप्रेमीहरुको संख्या उल्लेखीय रुपमा बढाएको छ ।  तर विडम्बना न खेलाडीहरुले अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न मैदानमा क्रिकेट खेल्ने अवसर पाएका छन् नत दर्शकहरुले नै सुविधासहितको स्टेडियममा बसेर क्रिकेट हेर्न पाएका छन् ।
पैसा तिरेर समेत त्रिवि क्रिकेट मैदानमा  दर्शकहरुले क्रिकेट हेर्न नपाएको तितो यर्थाथका बीच आजदेखि जनकपुर र पर्सामा जय ट्रफीका खेल सुरु भएका छन् । यी खेलमा एनपिल जस्तो दर्शकको उपस्थित छ्रैन् तर जतिपनि दर्शक पुगेका छन् ।
उनीहरुले उभिएरै खेल हेर्नुपर्ने अवस्था छ भने खेलाडीहरुका लागि अल्पकालीन खेल पूर्वाधारको व्यवस्थापन गरिएको छ ।  यस्ता पूर्वाधारमा  आयोजना गरिएको खेलको उद्घाटन गर्न पुगेका मधेस प्रदेशका मुख्यमन्त्रीले जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो घोषणा गरेका हुन् ।
उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिए । रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताएका छन् ।
जग्गा सम्झौतापछि दुई÷तीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसंग अनुमति लिने प्रक्रियामा अघि बढ्ने उनको भनाई थियो । जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ अर्ब रुपैयाँ अनुदान पनि रंगशाला निर्माणमै खर्चिने मुख्यमन्त्री सिंहले जानकारी दिए ।
प्रदेशका युवाहरुलाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै मुख्यमन्त्री सिंहले खेलकुद विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दुतावासमा गएपछाडि मात्र टेण्डर गर्नसक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेण्डर हुन नसकेको मुख्यमन्त्री सिंहले  बताएका छन्  ।
स्टेडियमका लागि साढे २ देखि ३ अर्बसम्मको टेण्डर हुने  उनले बताएका छन् । मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेस प्रदेश सरकार अगाडि बढेर जहिलेपनि यहाँका युवाहरुको वृत्ति विकासमा सँगै रहने प्रतिवद्धतासमेत जनाएका छन् ।
पछिल्ला समय खेल पूर्वाधारका निर्माणले गति भने लिएको छ ।  चितवनमा धुर्मस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण  तीव्र गतिमा अघि बढिरहेको छ ।  त्याहा अहिले प्यारफिट ढलानको काम भइरहेको छ ।
यस्तै कीर्तिपुर मैदानको स्तरोन्तिकाका लागि डीपीआरसहितको काम अघि बढिसकेको छ भने काठमाडौंकै मुलपानी र विराटनगरको क्रिकेट रंगशालाको काम पनि अघि बढेको छ ।
नेपालमा क्रिकेटको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ।
अन्तर्राष्ट्रिय स्तरमा सफलताको लागि आवश्यक भौतिक पूर्वाधार, विशेषगरी क्रिकेट रंगशालासहितको संरचना, अहिलेको ठूलो आवश्यकता हो। यसले खेलाडीहरूको क्षमता वृद्धि गर्न मात्र होइन, देशको प्रतिष्ठा पनि उकास्न मद्दत गर्दछ।
रंगशाला भनेको खेलाडीको सपना साकार गर्ने मन्दिर हो।  यसैले आजको आवश्यकता पनि घोषणामा मात्रै सिमित नरही  खेल पूर्वाधारको  विकासको यो सपना साकार गर्ने दिशामा सरकार केन्द्रित हुनु हो ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top