दुई दिन वर्षा र हिमपात हुने, कहाँको मौसम कस्तो छ ?

२१ पुस ८१, सोमबार

२२ पुष , काठमाण्डौ ।

Advertisement

लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ।

चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका बढी प्रभावित भएका छन्। मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलका अनुशार मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको छ ।

Advertisement

कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको थियो। यस्तैआइतबार बिहानको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

बारामा आइतबार बिहान ८ः५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ। वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ।

Advertisement

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको बताएका छन् । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यता पुस २२ र २३ गते देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार सोमबार साँझबाट सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थाानमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ। मंगलबार कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका भने थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। मौसमविद्का अनुसार थोरै ठाउँभन्दा केही ठाउँ भनेको अलि धेरै स्थान हो। यस्तै मंगलबार कोशी, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताएका छन्।

साथै देशका बाँकी भूभागका पनि एक–दुई स्थानमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ। वर्षा र हिमपातका कारण सोमबार र मंगलबार चिसो बढ्ने सम्भावना पनि रहेको मौसमविद् पुडासैनीले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top