चिनी आयातमा बन्देज लगाएपछि किलोमा १५ रुपैयाँ मुल्य बढ्यो

१२ असोज २०७५, शुक्रबार
Share this
694shares

सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ।सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य एक केजीमा १५ रुपैयाँ बढेको हो।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

व्यापारीले क्रृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन्। गत भदौ ३१ गते बेको संघीय सरकार मन्त्रिपरिषद्को निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणत्मक बन्देज लगाएको छ।

एक साताअघि केजीको ६५ रुपैयाँमा पाइने चिनी अहिले ८० रुपैयाँ पुगेको छ। विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकेजी ५४ मा पाइने चिनी यहाँका सर्वसाधारण २६ रुपैयाँ महँगो तिर्न बाध्य छन्।

Advertisement

विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य प्रतिकिलो ५९ यथावत राखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top