×

NEPAL TIMES UPDATES

Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026

जमिनमुनि ‘सुनको कारखाना’ कसरी बन्छन् ?नयाँ रहस्योद्घाटन

२४ पुष २०८१

२४ पुष , काठमाण्डौ।

सुन एक बहुमूल्य धातु हो । जसलाई रासायनिक प्रतीक एयू र परमाणु संख्या ७९ द्वारा चिनिन्छ। सुनको विशेषता र महत्व धेरै आयाममा फैलिएको छ । सुनको प्राकृतिक रंग पहेँलो चमकदार हुन्छ, जसले यसलाई आकर्षक र मूल्यवान बनाउँछ।

यो नरम, लचिलो र तन्य धातु हो। यसलाई पातलो पानामा कुट्न र तारमा तान्न पनि सकिन्छ। सुनमा कहिल्यै खिया लाग्दैन भने सुनले विद्युत र तापलाई राम्रोसँग संचालन गर्न सक्छ, जसले गर्दा यो इलेक्ट्रोनिक उद्योगमा पनि महत्त्वपूर्ण छ।

सुनबाट गहना बनाउने प्राचीन परम्परा विश्वभर छ। यसले सांस्कृतिक र धार्मिक महत्व पनि राख्छ। सुनलाई धनको प्रतीक मानिन्छ, र यसलाई विश्वभरमै बैंकहरूमा सुरक्षित लगानीको रूपमा राखिन्छ।

केन्द्रीय बैंकहरूले सुनलाई मुद्रा स्थिरता कायम गर्न रिजर्भको रूपमा प्रयोग गर्छन्। विश्वभर लोकप्रिय र मूल्यवान रहँदै आएको सुनका यी विशेषताहरुका बीच जमिनमुनि सुन बन्ने प्रक्रियामा नयाँ र रोचक रहस्योद्घाटन भएको छ।

मोनास विश्वविद्यालयका वैज्ञानिकहरूले क्वाट्र्ज कसरी सुनमा परिणत हुन्छ भनेर पत्ता लगाएका छन्। नेचर जियोसाइन्समा प्रकाशित अनुसन्धानले ’गोल्ड नगेट प्याराडक्स’ समाधान गर्दछ। सुनका ठूला टुक्राहरू कसरी उत्पादन गरिन्छ भन्ने अनुसन्धानले देखाउँछ।

यस प्रक्रियामा भूकम्पको प्रभावबारे पनि अनुसन्धानमा चर्चा गरिएको छ। मोनास विश्वविद्यालयका प्रयोगहरूले भूकम्प र सुन बन्ने प्रक्रियामा धेरै तथ्यहरू दिएका छन्। मोनास विश्वविद्यालयका वैज्ञानिकहरूले प्रयोगका क्रममा भूकम्पीय तनावको नक्कल गरेर क्वाट्र्जबाट सुन निकालेको बिजनेस टुडेले उल्लेख गरेको छ ।

तनावले सिर्जना गरेको विद्युत क्षेत्रले क्वाट्र्जको सतहमा साना सुनका कणहरू छोडेको थियो। सुन क्वाट्र्जमा तैरिरहेको देखिने कारण पिजोइलेक्ट्रिक भोल्टेज हो भनी शोधकर्ताहरूले विश्वास गरेका छन् ।

भूकम्पको समयमा क्वाट्र्जमा दरारहरू हुन्छन्। यी दरारहरूको गहिराईमा सुन बन्दछ । भूकम्पको चरम दबाबले क्वाट्र्जमा विद्युतीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्र सुन बन्नका लागि आवश्यक छ, जसलाई अध्ययनकर्ताहरुले पिजोइलेक्ट्रिक प्रभाव भनेका छन् ।

यो अध्ययनले सुनका ठूला टुक्राहरू कसरी बन्छन् भनेर वर्णन गरेको छ । यसले क्वाट्र्जमा सुनको जटिल जालको बारेमा पनि जानकारी दिएको छ । यो खोजले सुनको भूकम्पीय उत्पत्ति र भूकम्पको कम्पनबाट जमिनमुनि कसरी सुन बनिरहेको छ भन्ने कुरामा प्रकाश पारेको छ ।

विज्ञहरू भन्छन् कि यो खोजले सुनको उत्पत्तिबारे पुरानो मान्यतालाई परिवर्तन गर्न सक्छ । यसले नयाँ सुनको भण्डार फेला पार्न पनि मद्दत गर्न सक्छ । यसले पिजोइलेक्ट्रिक प्रभावको बारेमा थप जान्नको लागि नयाँ तरिकाहरुको बाटो पनि खोलेको छ ।

क्वाट्र्ज सिलिकन र अक्सिजनबाट बनेको क्रिस्टलीय खनिज हो। अध्ययनले भन्छन्, क्वाट्र्ज भूकम्प र हाइड्रोथर्मल तरल पदार्थहरूद्वारा सञ्चालित प्रक्रियाको माध्यमबाट सुनमा परिणत हुन सक्छ ।

वास्तवमा, पृथ्वीको क्रस्टबाट निस्कने हाइड्रोथर्मल तरल पदार्थहरू क्वाट्र्जले भरिएका हुन्छन्। यसमा घुलनशील सुन हुन्छ, अर्थात्, सुन क्वाट्र्जमा प्राकृतिक रूपमा बन्दछ। यस अवस्थामा, भूकम्पको बलले क्वाट्र्जमा रहेको सामग्रीलाई निचोर्छ, जसले विद्युतीय क्षेत्र सिर्जना गर्दछ ।

यो विद्युत क्षेत्रले दबावसँग मिलेर सुन बन्ने प्रक्रियालाई अगाडि बढाउदछ । गोल्ड होल्डिङस्का अनुसार अमेरिकासँग ८ हजार १ सय ३४ टन सुन भण्डारण रहेको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै सुन राख्ने देशको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकाले आफ्नो सुन आफ्नै देशका विभिन्न ठाउँमा खोलिएका भण्डारण केन्द्रमा राखेको बताइएको छ ।

सुन भण्डार गर्ने देशको दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनीसँग ३ हजार ३ सय ७३ टन सुन रहेको छ । २ हजार ८ सय१४ टन सुन भण्डारण गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले तेस्रो स्थान ओगटेको छ ।

त्यसैगरी सुनको चौथो ठूलो भण्डारण देशको सूचीमा इटाली रहेको छ । इटालीसँग २ हजार ४ सय ५१ टन सुन रहेको छ । इटालीले आफ्नो सुन स्विजरल्याण्ड, अमेरिका तथा बेलायतका बैंकहरूमा भण्डारण गरेको पाइएको छ ।

पाँचौं स्थानमा रहेको फ्रान्ससँग २ हजार ४ सय ३६ टन सुन रहेको छ । सुन भण्डारण गर्ने छैटौँ मुलुकमा हाम्रो छिमेकी मुलुक चीन रहेको छ । विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने मुलुकमध्येमा पर्ने चीनसँग १ हजार ८ सय ४५ टन सुन रहेको छ ।

रसिया सुन भण्डार गर्ने मुलुकको सातौं स्थानमा रहेको छ । अर्बौ डलरको सुन उद्योग रहेको रुसमा १ हजार ७ सय ८० टन सुन रहेको छ । आठौं स्थानमा रहेको स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको बताइएको छ ।

त्यस्तै, सुन भण्डारण गर्र्ने नवौं स्थानमा जापान रहेको छ । जापानसँग ७ सय ७० टन सुन रहेको बताइएको छ । सुन भण्डारण गर्ने विश्वका १० ठूला देशमध्ये नेदरल्याण्ड १०औं स्थानमा रहेको छ । नेदरल्याण्डसँग ६१२ दशमलब ५ टन सुन रहेको छ ।

धेरै सुन थुपार्ने अन्य देशमा भारतसँग ८ सय ४ टन, टर्कीएसँग ५ सय ४० टन, ताइवानसँग ४ सय २४ टन, पोर्चुगलसँग ३ सय ८३, उज्वेकिस्तानसँग ३ सय ७१, पोल्याण्डसँग ३ सय ५९, साउदी अरेबियासँग ३ सय २३, बेलायतसँग ३ सय १०, काजाखास्तानसँग २ सय ९४, लेबनानसँग २ सय ८७ र स्पेनसँग २ सय ८२ टन सुन रहेको छ । हाम्रो देश नेपालसँग भने करिब ७ दशमलव ९९ टन सुन रहेको उल्लेख गरिएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top