×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ

२५ पुष २०८१

२५ पुष , विराटनगर ।

पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा आवद्ध व्यवसायीहरु आन्दोलित बनेका छन् । निर्माणको मुख्य सिजनमा नै सिमेन्टको मूल्य बढेको भन्दै उनीहरू आन्दोलनमा होमिएका छन् ।

Advertisement
Advertisement

निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको छ । अहिले पीपीसी सिमेन्टको मूल्य औधोगिक नगरी विराटनगरमा प्रतिबोरा ७९० रुपैयाँ छ भने ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८५० रुपैयाँ पुगेको छ ।

यो मूल्य पछिल्लो २ महिनामा अत्याधिक बढेको छ । २ महिनामै सिमेन्टको मूल्य प्रतिबोरा २ सय ७५ रुपैयाँ पुगेपछि आफूहरु आन्दोलित भएको विराटनगर हार्डवेयरसंघका अध्यक्ष प्रमोदकुमार अग्रवालले बताएका छन् ।

कुनै पनि आधार विनानै सिमेन्टको भाउ घटाउने सहमतिको विपरित गएर सिमेन्ट उत्पादकहरुले मनोमानी रुपमा सिमेन्टमा अभाव सृजना गर्ने उद्धेश्यले हप्तामा ५० रुपैयाँ सम्म सिमेन्टको भाउ बढाउदै आएको उनले बताएका छन् ।

बजारमा न पेट्रोलको भाउ बढेको छ, न डिजेल, न लोडसेडिङ न क्लिङकरको समस्या सबै अनुकुल रहदा पनि उद्योगीहरुले सिमेन्टको भाउ बढाएको उनले बताएका छन् । सिमेन्ट उत्पादनमा कार्टेलिङ गरिएको भन्दै अग्रवालले सिमेन्ट माग गरेको ४ दिनपछि सिमेन्ट लोड हुने र ४ दिनकै अन्तरमा भाउ बढाएर पठाउने गरेको गुनासो गरेका छन् ।

मनोमानी रुपमा सिमेन्टको भाउ बढाएका कारण निर्माणकार्य ठप्प जत्तिकै भएको भन्दै उनले यसैकारण आफूहरुले व्यापारीहरले कालोबजारी गरेको भन्दै व्यापारी चोरसम्मको आरोप सुन्नु परेको दुखेसो गरेका छन् ।

सिमेन्ट उत्पादकहरुले भएको सहमति कार्यान्वयन नगरी भाउ घटाउनुको साटो उल्टो मनोमानी रुपमा बढाउदा समेत सरकारले चासो नदिएको भन्दै असन्तुष्टि पोखेका छन् ।आर्थिक वर्ष २०८१÷०८२ को बजेट विश्लेषण गर्ने क्रममा अधिकांश ठाउँमा सिमेन्टको मूल्य पीपीसीको प्रतिबोरा ४०० रुपैयाँ र ओपीसीको ५०० रुपैयाँ मूल्य कायम थियो ।

अधिकांश आयोजना सोही मूल्यअनुसार ठेक्का लागेर निर्माणको क्रममा छन् । पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ्दा आफू मर्कामा परेको निर्माण व्यवसायी बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्य बढेपछि उद्योग मन्त्रालयमा भएको छलफलमा सरकार र उद्योगीबिच मूल्य घटाउन सहमति भएको बताए ।

तर उद्योगीहरूले सहमतिअनुसार मूल्य कायम नगरेको सिंहको भनाइ छ । उनीहरुले पुस २७ गतेदेखि आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । अध्यक्ष सिंहले अब आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको बताएका छन् ।

सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पु¥याएको छ । उनले भनेका छन्, त्यो विषयमा पनि आन्दोलित भएका छौं ।

सिमेन्ट उद्योगीले गत मंसिरदेखि सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँभन्दा माथि मूल्य वृद्धि गरेका थिए । सोही बेला अत्यावश्यक निर्माण सामग्री फलामे छडको पनि मूल्य वृद्धि भएको थियो । निर्माणको सीजनमा निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाए ।

यसपछि मंसिर २७ गते उद्योगमन्त्री, वाणिज्य विभागका महानिर्देशक, सचिवहरू लगायत र सिमेन्ट उद्योगीबिच छलफल भएको थियो । उक्त छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाइ छ ।

सिंहका अनुसार मन्त्रालयमा भएको छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएको सिंहको गुनासो छ ।

उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी मन्त्रालयले सिमेन्ट उत्पादक संघलाई बोलाएर छलफल गरेको तर मूल्य निर्धारणको सहमति नभएको बताएका छन् ।यता सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु पनि मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति नभएको बताएका छन् ।

यसअघि सिमेन्ट विक्री नभएर उत्पादन लागतभन्दा कम मूल्यमा विक्री गर्नु परेको र अहिले माग बढेकाले मूल्य समायोजन गरेको अध्यक्ष मारुको भनाइ छ अध्यक्ष मारुका अनुसार सिमेन्टको मूल्य गुणस्तरअनुसार फरक–फरक छ ।

अहिले पीपीसी सिमेन्ट प्रतिबोरा ५२५ रुपैयाँदेखि ६५० रुपैयाँ मूल्य छ । यसैगरी ओपीसी सिमेन्ट प्रतिबोरा ६५० देखि ७५० सम्म छ । यो मूल्यभन्दा घटाएर विक्री गर्न नसकिने अध्यक्ष मारुले बताएका छन् ।

विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा दैनिक उत्पादनमा कमी आएसँगै मूल्य वृद्धि गरिएको उनको भनाइ छ । अहिले सिमेन्ट उद्योगमा दैनिक १० घण्टा लोडसेडिङ हुने गरेको उद्योगी बताउँछन् ।

साथै प्राधिकरणले सिमेन्ट उद्योगलाई आवश्यक पर्ने पावरभन्दा कम पावर विद्युत् पठाएकाले सिमेन्ट उत्पादनमा अवरोध भइरहेको उद्योगीको गुनासो छ । तर विद्युत प्राधिकरण भने उद्योगीहरुको लोडसेडिङ गरिएको भन्ने आरोप स्वीकार गर्न तयार छैन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह नेपालमा भन्दा भारतमा सिमेन्टको मूल्य सस्तो भएको बताउँछन् । नेपालमा महँगो दरमा सिमेन्ट विक्री गर्दै आएका उद्योगीले भारतमा सस्तो मूल्यमा निर्यात गर्दै आएको उनको भनाइ छ ।

सिमेन्ट उद्योगीहरूका अनुसार नेपालमा वार्षिक साढे ३ करोड टन सिमेन्ट उत्पादन क्षमता छ । कुल क्षमताको ४० प्रतिशतमात्रै सिमेन्ट उत्पादन हुने गरेको छ । वार्षिक १ करोड टन सिमेन्ट स्वदेशीमा खपत हुने गर्दछ । सानो परिमाणमा भारततर्फ सिमेन्ट निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म (५ महिना)मा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो ।

जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यसैगरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा ३ अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँको २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये १ अर्ब ९७ करोड ८ लाख १७ हजार रुपैयाँको सिमेन्ट र १ अर्ब ८८ करोड २ लाख ८ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको थियो ।

नेपालले सिमेन्ट उत्पादनमा आत्मनिर्भरता हासिल गरेको छ। हाल देशभर ६५ सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमा ४४ वटा क्लिङ्करमा आधारित र २१ वटा चुनढुंगामा आधारित छन्। यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता २५ मिलियन टन रहेको छ, जबकि वार्षिक माग करिब १० मिलियन टन मात्र छ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार, सञ्चालनमा रहेका ५५ सिमेन्ट उद्योगमा कुल लगानी रू. १ खर्ब २२ अर्ब ३३ करोड पुगेको छ। यसमा होङ्सी–शिवम्, अर्घाखाँची, र मारुती सिमेन्ट उद्योगहरूमा करिब रू. ५७ अर्बको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

सिमेन्ट उद्योगहरूको स्थापनासँगै नेपालले सिमेन्टमा आत्मनिर्भरता हासिल गरेको भए पनि, उत्पादन क्षमताको पूर्ण उपयोग हुन सकेको छैन। उद्योगहरूले आफ्नो क्षमताको करिब ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्।

Advertisement

नेपालले सिमेन्ट उत्पादनमा आत्मनिर्भरता हासिल गरेको छ र निर्यातमा पनि प्रगति गरिरहेको छ। तर, भएका सहमति कार्यान्वयन नहुदा र मनोमानी ढंगले मूल्यबृद्धि गर्दा समेत सरकार नै मुखदर्शक भन्दा आम उपभोक्तासहित समग्र निर्माण क्षेत्रनै मारमा परेको छ । यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top