×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अमेरिकाको आगलागी झन भयानक,न डढेलो रोकियो न मृत्यु

२६ पुष २०८१

२६ पुष, एजेन्सी ।

अमेरिकाको लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगोमा हालसम्म सातजनाको मृत्यु भइसकेको छ । लसएन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा नयाँ आगलागी सुरु भएको बताएकी छन् ।

Advertisement
Advertisement

हावा चलेका कारण आगो तीव्र गतिमा फैलिनसक्ने उनले बताएको बीबीसीले जनाएको छ । यसअघि इटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी आएको थियो ।जङ्गली आगो आवासीय क्षेत्रहरूमा फैलिएको छ र बाहिर आएका तस्बिरहरूले आगोले गम्भीर विनाश गरेको देखाउँछ।

घटनामा धेरै घाइते भएका छन्। घाइतेहरूमा अग्निनियन्त्रक पनि छन्। आगोले धेरै मानिसहरूलाई दर्शनीय मानिने आवासीय क्षेत्र प्यासिफिक पालिसेड्समा आफ्नो घर छोड्न बाध्य तुल्याएको छ । आगोले हलिउड हिल्सलाई पनि ओगटेको छ, जुन अमेरिकी फिल्म उद्योगका लागि महत्त्वपूर्ण छ, जसले धेरै हलिउड स्टारहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ।

यो क्षेत्र हलिउडका कलाकारहरुको मुख्य आवास क्षेत्र हो । चलचित्र उद्योगसँग सम्बन्धित धेरै कार्यक्रमहरू रद्द गरिएका छन्। लस एन्जलसको प्यासिफिक पालिसेड्समा मङ्गलबार बिहान आगलागी सुरु भएको थियो।

दक्षिणी क्यालिफोर्नियामा तीव्र हावाले गर्दा आगलागी भएको अनुमान गरिएको छ। अधिकारीहरूका अनुसार हलिउड हिल्ससहित लस एन्जलस क्षेत्रमा कम्तीमा पाँचवटा आगलागी भएको थियो।

सीबीएस न्यूजका अनुसार आगोले ४५ वर्ग माइल भन्दा बढी जलाइसकेको छ र करिब १ लाख ७९ हजार जना मानिसहरूलाई घर खाली गर्ने आदेश दिएको छ। आधिकारिक तथ्याङ्कअनुसार १३ सय भन्दा बढी भवनहरू जलेका छन् र ६० हजार भन्दा बढी भवनहरू खतरामा छन्।

लस एन्जलस टाइम्सका अनुशार एलए काउन्टी देखि बेचुवा काउन्टीका अधिकांश क्षेत्रमा रेड फ्लाग चेतावनी जारी गरिएको छ । आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन। लस एन्जलसकी मेयर लुनाले काउन्टीको जङ्गली आगोले यी क्षेत्रहरूमा आणविक बम खसेको जस्तो देखिएको बताएकी छन् ।

“बिहीबार एक पत्रकार सम्मेलनमा लुनाले भनेकी छन् “ “जब म तपाईंलाई यो भन्छु, म संख्या (मृतकको) बारे चिन्तित छु।“ शेरिफले भनेकी छन् कि उनी मृत्युको सङ्ख्या बढ्न नदिन प्रार्थना गरिरहेकी छन् , तर उनले राम्रो समाचारको अपेक्षा नगरेको बताएकी छन् ।

लस एन्जलसका फायर चिफ क्रिस्टिन क्राउलीका अनुसार लस एन्जलसको वेस्ट हिल्स क्षेत्रमा भएको केनेथ फायरलाई नियन्त्रण गर्न ६० भन्दा बढी अग्नि नियन्त्रक बहानहरु पठाइएको थियो। बिहीबार पत्रकार सम्मेलनमा उनले थप स्रोतको माग गरिएको बताएका छन् ।

उनका अनुसार प्यासिफिक पालिसेड्समा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। बासले बुधबार सूर्यास्त क्षेत्रमा लागेको आगलागी भने नियन्त्रणमा आएको बताएकी छन् । मेयरले सामाजिक सञ्जालमा पोस्टमार्फत अग्नि नियन्त्रकलाई उनीहरूको बहादुरीका लागि धन्यवाद दिएकी छन् र घर फर्कने मानिसहरूलाई सडकमा सावधान रहन आग्रह गरेकी छन् “यदि तपाईँ घर फर्कदै हुनुहुन्छ भने, कृपया बिस्तारै गाडी चलाउनुहोस् र सडकमा नजर राख्नुहोस्.. अग्नि नियन्त्रकहरू अझै पनि केही क्षतिग्रस्त क्षेत्रहरूमा काम गरिरहेका छन् “, मेयरले भनेकी छन् ।

क्यालिफोर्नियाको ठुलो जङ्गलमा लागेको आगोले लस एन्जलसको डाउनटाउनको धेरै भाग ध्वस्त पारेको छ। धेरै घर, पसल र विद्यालयहरू जलेका छन् ।यसैबीच, आगलागीबाट क्षतिग्रस्त सहरमा लुटपाटको खबर आएको छ।

मेयर लुनाले दक्षिणी क्यालिफोर्नियाको जङ्गली आगोको बीचमा लुटपाट गरेको आरोपमा कम्तिमा २० जनालाई पक्राउ गरिएको बताएको सीबीएस न्यूजले जनाएको छ। उनले सो क्षेत्रमा सुरक्षा कडाई गर्न आदेश दिएको समेत जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई लस एन्जलसको इतिहासमा सबैभन्दा विनाशकारी आगलागी भनेका छन्। सहरको पश्चिमी भागमा सान्ता मोनिका र मालिबु बिचको पालिसेड्स आगो र पासाडेना नजिकैको पूर्वमा इटन आगोले अहिलेसम्म लगभग २८ हजार क्षेत्र जलाएको छ र सम्पूर्ण क्षेत्रलाई खरानीमा परिणत गरेको अधिकारीहरूले बताए।

आगलागी विभागका प्रमुखले भेन्टुरा काउन्टीमा नयाँ आगलागी सुरु भएको बताएका छन् । आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ । यसलाई निभाउन ६० भन्दा बढी दमकल परिचालन गरिएको छ ।

भेन्टुरा काउन्टीबाहेक केनेथमा पनि आगलागी सुरु भएको छ, जुन ८०० एकड क्षेत्रफलमा फैलिएको छ । आगलागीका कारण कैयौं परिवारले आफ्नो घर गुमाएका छन् । आगलागीबाट धेरै सवारीसाधनमा पनि क्षति पुगेको छ । लस एन्जलसको आगलागीले अहिले अन्य क्षेत्रलाई पनि सखाप पारेको छ । दमकलको सहायताले आगो निभाउने प्रयास गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top