×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?

२६ पुष २०८१

२६ पुष , काठमाण्डौ।

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा धरौटमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनु पर्नेछ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भइसकेका छन् ।

Advertisement
Advertisement

उनी अब आफै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको वचत रकम अपचलनको अभियोगमा काठमाडौं अदालतमा दायर मुद्दाका लागि अदालतमा उपस्थित हुनेछन् । तर आज आज नै उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ ।

पोखराबाट काठमाडौं आउन हवाइजहाजको टिकट दिउँसो २ः१५ को मात्रै पाइएकाले उनी आजै अदालतमा उपस्थित हुने सम्भावना न्यून बन्दै गएको रास्वपा स्रोतले जनाएको छ । यसले गर्दा पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछाने आइतबार मात्रै अदालतमा हाजिर हुने सम्भावना बढी देखिएको छ ।

यसअघि उनी पोखराको हवाइजहाजको पहिलो फ्लाइटबाट आज बिहानै काठमाडौं आउने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बताएका थिए । लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाइएको थियो ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उपसमिति सदस्य कमल लामा धरौटीमा रिहा भइसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

काठमाडौँ आएपछि अदालतमा उपस्थित भएर निवेदन दिनुपर्छ । निवेदन कानुन व्यवसायीमार्फत पनि दिन सकिन्छ । प्रतिवादीको निवेदन आएपछि मात्र इजलास तोकिने काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताएका छन ।

गोला प्रणालीबाट इजलास तोकिएपछि रवि लामिछानेसँग बयान लिइन्छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । बयान र थुनछेक पूरा नहुँदासम्म उनलाई अदालतले पुनः हिरासतमा पठाउन सक्नेछ। थुनछेक बहस पुरा भएपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी लिएर छाड्ने भन्नेबारे आदेश गर्छन् ।

लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन । चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।

अब ती जिल्लामा समेत मुद्दा अदालतमा पुगे रविले ती जिल्ला अदालतमा पनि अन्य अदालतमा जस्तै बयान र थुनछेक बहसको प्रक्रियामा सहभागी हुनुपर्नेछ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top