×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश

२७ पुष २०८१

२७ पुष , काठमाण्डौ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

Advertisement
Advertisement

राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।

यस्तै पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेका हुन्।

‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको पर्वाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’

पूर्वराजा ज्ञानेन्द्र शाहले भने हिजै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियोमार्पmत शुभकामना सन्देश जारी गरेका थिए । उनले नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् ।

पृथ्वीनारायणले दिव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ । पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् ।

दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भए पनि पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ ।

आज राप्रपाले विशेष समारोहको आयोजना गरेको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले पनि कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरेका छन् । चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् ।

श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी,राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई,नवराज लम्साल,मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गरेका थिए ।

पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उनको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गरेको इतिहासमा उल्लेख छ ।

२०७४ असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको थियो ।पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top