शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिने बाटो खुल्यो, अब जानुस् बैंकमा

काठमाडौं,असोज १२
शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रिया औपचारिक रुपमै सुरु भएको छ । मन्त्रिपरिषदले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यबिधी २०७५लाई पारित गरेसँगै नेपाल राष्ट्र बैंकले समेत परिपत्र जारी गरेको छ । केन्द्रिय बैंकको परिपत्रसँगै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिने प्रक्रियाले औपचारिकता पाएको हो ।

अब शुक्रबारबाटै बैंक तथा वित्तिय संस्थाहरुमा शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण लिन सकिनेछ ।मन्त्रिपरिषदले सो कार्यबिधि भदौ २१ गते पारित गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो । अब स्नातक तह उतिर्णहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत अनुदानमा ७ लाख रुपैंयाँसम्म ऋण पाइनेछ ।

शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत पाइने राष्ट्र बैकका सहायक प्रवत्ता गोविन्द नागेलाले बताए । उनका अनुसार लघुवित्त वित्तीय संस्थाले भने दिन नपाउने भएका छन् ।

Advertisement

तयार छन् बैंकहरु

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले राष्ट्र बैंकबाट परिपत्र आउने वित्तिकै शैक्षिक प्रमाण पत्र धितो राखे ऋण दिने प्रक्रिया आरम्भ हुने बताए ।उनले सहुलियतपूर्ण कर्जा सम्बन्धी सरकारको नीति कार्यान्वयनका बिषयमा नेपाल बैंकर्स संघ पनि छलफलमै रहेको जानकारी समेत दिए ।सेञ्चुरी कमर्सियले बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सिराम गौतमले पनि नेपाल राष्ट्र बैंकको परिपत्रसँगै ऋण प्रवाह आरम्भ हुने बताए ।

Advertisement

यस्तो छ प्रमाणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया
शैक्षिक प्रमाणपत्र धितोमा राखे ऋण पाउन कम्तिमा स्नातक तह उतिर्ण गरेको र ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top