Nepal Times
Nepal Times
3
Shares

ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

२७ पुष , एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा न जेल सजाय भयो न त जरिवाना । यसबारे फैसला गर्दा उनीमाथि कुनै सर्त पनि राखिएको छैन ।

शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो ।

मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले यसअघि नै ट्रम्पलाई जेल नपठाउने संकेत गरिसकेका थिए ।

ट्रम्पलाई गत वर्ष मे (२०२४) मा हस मनीसँग सम्बन्धित ३४ मुद्दामा दोषी ठहर गरिएको थियो।

उनले वयस्क फिल्म स्टार स्टर्मी ड्यानियललाई मौन बस्नको लागि पैसा दिएका थिए ।

ट्रम्पसँगको यौन सम्बन्ध सार्वजनिक नगर्नका लागि ड्यानियललाई १३०,००० डलर दिइएको बताइएको छ।

यो पैसा सन् २०१६ मा ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा स्टर्मी ड्यानियललाई दिइएको थियो ।

ट्रम्पले आफूसँग यौनसम्बन्ध राखेको ड्यानियलले दाबी गरेकी थिइन् । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।

ट्रम्पले यी आरोपहरू आफूविरुद्धको षड्यन्त्र भएको बताएका थिए । ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिनेछन्

यो अमेरिकामा पहिलो पटक हो जब कुनै अपराधमा दोषी ठहर भएका व्यक्ति देशको राष्ट्रपति हुनेछन्।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.