ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति

२७ पुष , एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा न जेल सजाय भयो न त जरिवाना । यसबारे फैसला गर्दा उनीमाथि कुनै सर्त पनि राखिएको छैन ।

शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो ।

मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले यसअघि नै ट्रम्पलाई जेल नपठाउने संकेत गरिसकेका थिए ।

ट्रम्पलाई गत वर्ष मे (२०२४) मा हस मनीसँग सम्बन्धित ३४ मुद्दामा दोषी ठहर गरिएको थियो।

उनले वयस्क फिल्म स्टार स्टर्मी ड्यानियललाई मौन बस्नको लागि पैसा दिएका थिए ।

ट्रम्पसँगको यौन सम्बन्ध सार्वजनिक नगर्नका लागि ड्यानियललाई १३०,००० डलर दिइएको बताइएको छ।

यो पैसा सन् २०१६ मा ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा स्टर्मी ड्यानियललाई दिइएको थियो ।

ट्रम्पले आफूसँग यौनसम्बन्ध राखेको ड्यानियलले दाबी गरेकी थिइन् । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।

ट्रम्पले यी आरोपहरू आफूविरुद्धको षड्यन्त्र भएको बताएका थिए । ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिनेछन्

यो अमेरिकामा पहिलो पटक हो जब कुनै अपराधमा दोषी ठहर भएका व्यक्ति देशको राष्ट्रपति हुनेछन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top