Nepal Times
Nepal Times
3
Shares

लाल सागरमा हुथीको दबदबा

लाल सागरमा हुथीको दबदबा

२७ पुष , एजेन्सी ।

लाल सागरमा हुथीको दबदबाको खबर । यमनको हुथी समूहले शुक्रवार उत्तरी लाल सागरमा रहेको यूएसएस ह्यारी एस. ट्रुम्यान विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलको तेल अभिभमा तीनवटा बमले भरिएका ड्रोनहरू प्रहार गरेको छ । विगत ४८ घण्टामा धेरै सैन्य कारबाहीहरू गरेको बताएको छ ।

अमेरिकी सेनाले हुथीको दावीमा अझै टिप्पणी गरेको छैन । हुथी समूहले लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाजलाई लक्षित गरेको दाबी गरेको छ ।

इजरायलको सेनाले युद्धक विमानहरूले सानामा रहेको हेज्याज पावर स्टेशन र होदेइदाह र रास इसाका यमनी बन्दरगाहहरूलाई लक्षित गरेको दाबी गरेको छ ।

नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमा रकेट र ड्रोन आक्रमण गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.