Nepal Times
Nepal Times
3
Shares

३ अर्ब ४० करोडको रेडियोथेरापीको उपकरण, नेपालमै पहिलो

३ अर्ब ४० करोडको रेडियोथेरापीको उपकरण, नेपालमै पहिलो

११ माघ , विराटनगर।

कोशी प्रदेशको राजधानी विराटनगरमा रहेर चिकित्सा अध्ययन तथा उपचारका लागि अत्यधुनिक उपकरणहरुबाट विशेषज्ञ सेवा दिँदै आएको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्न नेपालको पहिलो पटक आधुनिक प्रविधि भित्र्याएको छ ।

 नोबेलले अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो ।यस्तो किसिमको प्रविधि एशियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् ।

डा. शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा शुरु गराएको बताएका छन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको शुरुवात गरेका छन् ।

दक्षिण एशियाका असपतालमध्ये भारतको मुम्बईस्थिति कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तमा २ गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘इडिजिइ’ नामक उपकरण नेपालको हकमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ ।

नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मुल गर्नसक्छ ।

आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले बिना दुखाई उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ ।

यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.