×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत

११ माघ २०८१

११ माघ , विराटनगर ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भएपछिको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिँदै आफ्नो प्रचारका क्रममा युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न “२४ घण्टा भित्र समाधान खोज्ने“ प्रतिवद्धता व्यक्त गरेका थिए।

Advertisement
Advertisement

उनले यस विषयमा आफ्नो व्यक्तिगत अनुभव, कूटनीतिक क्षमता, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्बन्धलाई उपयोग गर्ने बताएका थिए । ट्रम्पले प्रतिवद्धता जनाएको समय कटि सकेको छ ।

उनले अमेरिकी राष्ट्रपति पदमा सपथ लिइसकेका छन् भने महत्पूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर समेत गरेका छन् । उनका नयाँ घोषणाहरुले विश्वमै हलचल पैदा भएको छ । खास गरी अमेरिकाका निकट रहेका देशहरु नै असुरक्षित महसुस गर्न थालेका छन् भने प्रतिस्पर्धी देशहरु थप चिढिएका छन् ।

यस्तो बेला ट्रम्पले बेकारको संज्ञा दिने युक्रेन र रुस उसको द्धन्द अन्त्यका लागि विभिन्न कदमहरु चालिसकेको जनाउ भने दिइसकेका छन् ।सपथ लगत्तै उनले रुसलाई युद्ध अन्त्यका लागि कडा शब्दमा चेतावनी दिएका छन् ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हास्यास्पद युक्रेन युद्ध समाप्त गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न तयार रहन भन्दै चेतावनीपूर्ण आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्ना रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको भए पनि युक्रेन युद्ध अन्त्यको सम्झौता नगरे नयाँ आर्थिक दण्ड लगाउने चेतावनी दिएका हुन् ।

अमेरिकामा रहेका राजदूत दिमित्री पेलेन्स्किीले प्रतिक्रिया दिँदै ‘हामीले हेर्नु छ, कि सम्झौताको अर्थ के हो ?’ भनेका छन् । तर ट्रम्पको यो चेतावनीको रुसले कडा प्रतिक्रिया दिएको छ । रूसले ’समान वार्ता र पारस्परिक सम्मानजनक संवाद’का लागि तयार रहेको बताएको छ ।

यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति ट्रम्पको बयानपछि आएको हो, जसमा उनले रूसलाई चेतावनी दिएका थिए । उनले भनेका छन्, यदि मस्कोले युक्रनमा युद्ध रोकेन भने त्यसमाथि प्रतिबन्ध लगाइनेछ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हामी अझै आउन बाँकी संकेतहरूको पर्खाइमा छौँ ।“ उनले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला नपारेको बताए ।

उनले भने, “रूसले डोनाल्ड ट्रम्पको प्रतिबन्धको धम्कीमा कुनै नयाँ कुरा फेला परेन ।“ बुधबार रूसका उपसंयुक्त राष्ट्र राजदूत दिमित्री पोल्यान्स्कीले भनेका थिए, “अर्को कदम चाल्नुअघि रूसले युद्ध अन्त्य गर्ने सम्झौतामा ट्रम्प के चाहन्छन् भन्ने कुरा जान्न चाहन्छ ।“

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा गर्मिलो अवस्थाका बीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौतामा सहमत भएको दाबी अमेरिकी ट्रम्पले गरेका छन् । उनले जेलेन्स्कीसँग कस्तो सम्झौता भएको हो भन्ने विषय चाँही खुलाएका छैनन् ।

ट्रम्पले केही आदेशमा हस्ताक्षर गरेपछि ओभल अफिसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनलाई युक्रेन युद्धबारे सोधिएको थियो र यो द्वन्द्वमा चीनले के योगदान दिन सक्छ भन्ने बारेमा पनि सोधिएको थियो ।

जवाफमा ट्रम्पले चीनको बारेमा भने, ‘रुसमाथि उसको धेरै प्रभाव छ । रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ र मैले सुनेको छु कि पुटिन मसँग भेट्न चाहन्छन् ।’ ‘यो युद्धलाई अन्त्य गर्नु नै राम्रो हुनेछ, यो बेकारको युद्ध हो ।’ अझ अगाडि उनले भनेका छन् ।

अर्काे तर्फ अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबिया र पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) का अन्य देशहरूलाई तेलको मूल्य घटाउन आग्रह गरेका छन् । तेलको कम मूल्यले रुस र युक्रेनबिचको युद्धलाई तत्काल अन्त्य गर्न सहयोग पुग्ने ट्रम्पको भनाइ छ ।

अमेरिकी राष्ट्रपतिले स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । “म साउदी अरब र ओपेकलाई पनि तेलको मूल्य निर्धारण गर्न आग्रह गर्न जाँदैछु“, ट्रम्पले भनेका छन् । तपाईँले यसलाई कम गर्नुपर्छ। स्पष्टसँग भन्नुपर्दा, उनीहरूले चुनावअघि किन त्यसो गरेनन् भनेर म आश्चर्यचकित छु। उनीहरूले धेरै प्रेम देखाएनन्। म यसबाट अलि आश्चर्यचकित छु। अमेरिकी राष्ट्रपतिले युक्रेनमा जे भइरहेको छ त्यसका लागि केही हदसम्म ओपेक देशहरूलाई जिम्मेवार ठहर्याएका छन् । यदि तेलको मूल्य घट्यो भने रुस–युक्रेन युद्ध तुरुन्तै अन्त्य हुनेछ, ट्रम्पले भनेका छन् ।

अहिले तेलको मूल्य यति धेरै छ कि युद्ध जारी रहनेछ। तपाईँले तेलको मूल्य चुकाउनु पर्छ। तपाईँले युद्धको अन्त्य गर्नुपर्छ। उनीहरूले यो धेरै पहिले नै गर्नु पर्ने थियो। जे भइरहेको छ त्यसका लागि तिनीहरू केही हदसम्म जिम्मेवार छन्।

रिपब्लिकन नेताले तेलको मूल्य र ब्याज दरहरू तत्काल घटाउन माग गरेका छन् । ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न असफल भएमा रुसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्ने इच्छा पनि व्यक्त गरेका थिए।

ट्रम्पले आफू पुटिनलाई भेट्न इच्छुक रहेको बताएका छन्। उता पुटिन पनि ट्रम्पलाई भेट्न इच्छुक रहेका छन् । रुस र युक्रेनबीचको द्वन्द्व सन् २०१४ मा क्रिमियाको विलय र डोनबास क्षेत्रमा सुरु भएको संघर्षबाट उत्पन्न भएको हो।

पछि सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा “विशेष सैन्य अपरेसन“ घोषणा गरेपछि युद्धको नयाँ चरण सुरु भयो। जसको असर विश्वमै परिरहेको छ भने युक्रेनले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको छ ।

रुसले समेत यस युद्ध ठूलो सैन्य क्षति व्यवहोरेको छ । रुसले युक्रेनका प्रमुख शहरहरूमा आक्रमण गर्दै आएको छ, जसमा अस्पताल, टिभी टावर, रेलवे र विमानस्थलहरू समेत निशानामा परिसकेका छन् ।

युद्धको क्रममा अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि ठूलो परिवर्तन आएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीचको सम्बन्ध प्रगाढ बनेको छ । जसका कारण युक्रेनविरुद्ध रुसको पक्षमा लड्न उत्तर कोरियाली सैनिकहरू समेत सहभागी भएका छन्।

तर, तीमध्ये झन्डै १,००० सैनिकको मृत्यु भएको दाबी गरिएको छ। यो युद्ध पहिलो पंतिमा रहेका रुस र युक्रेन बीच भएको देखिएपनि यसको पृष्ठभूमिमा अमेरिकासहित समग्र युरोप र उत्तर कोरिया जोडिएका छन् ।

एसियाका महाशक्ति भारत र चीनको रुसको कीर्तिमानी व्यापार र युद्धका लागि लिएको मौनताले समेत रुसलाई ठूलो शक्ति प्रदान गरेको छ । हालसम्म, युद्धको अन्त्यको कुनै स्पष्ट संकेत देखिएको छैन, र दुबै पक्षबीच भीषण संघर्ष जारी छ।

अन्तर्राष्ट्रिय समुदायले युद्धविराम र शान्तिवार्ताको आह्वान गर्दै आए पनि ठोस परिणाम हासिल हुन सकेको छैन। युक्रेन–रुस युद्धले तीन वर्षभित्र लाखौं मानिसको जीवनमा अकल्पनीय क्षति पु¥याएको छ।

२०२२ फेब्रुअरी २४ यता यो युद्धमा हजारौं मानिस मारिएका छन्, लाखौं विस्थापित भएका छन्, र अरबौं डलर बराबरको पूर्वाधार ध्वस्त भएको छ। रुसले हाल करिब १८% युक्रेनी भूभाग आफ्नो नियन्त्रणमा राखेको छ, जसमा डोनेत्स्क, लुहान्स्क, जापोरिझिया, र खेरसनका प्रमुख क्षेत्रहरू र दजनौं गाउँ सामेल छन्।

यस जटिल परिस्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले तेलको मूल्य घटाउन ओपेकलाई दबाब दिएर रुसमाथि आर्थिक संकट निम्त्याउने प्रस्ताव अघि सारेका छन्। ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग समझदारी भइसकेको र रुसी राष्ट्रपति पुटिनसँग भेटघाटका लागि तयार रहेको बताएका छन्।

उनको योजनाले शान्ति वार्ताको ढोका खोल्न सक्छ, तर यसले कूटनीतिक सफलता पाउन अन्य देशहरूको सहकार्य आवश्यक पर्नेछ। तेलको मूल्य घटाएर रुसको राजस्वमा धक्का दिने ट्रम्पको रणनीति युद्ध अन्त्यतर्फको महत्त्वपूर्ण कदम हुन सक्छ, तर यो समाधान दीर्घकालीन रूपमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने अझै खुला छ।

Advertisement

ट्रम्पले युक्रेन–रुस द्वन्द्व समाधान गर्ने वाचा गरे पनि यो जटिल समस्या तत्काल समाधान गर्न कूटनीतिक, राजनीतिक र मानवीय चुनौतीहरूसँग जुध्नुपर्नेछ। युद्ध अन्त्यका लागि उनको योजनाले सफलता पाउने वा नपाउने कुरा भने समयमै निर्भर रहनेछ। यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top