×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026

चीनले नै कोरोना फैलाएको सीआईएको आरोप

१३ माघ २०८१

१३ माघ , एजेन्सी ।

कहिले कर बढाउने, पनामाथि नियन्त्रणको आरोप, समुन्द्रमा दादागिरी गरेको लगायतका आरोप त कहिले चीनसंग मिलेर काम गर्न इच्छा जागेको डोनाल्ड ट्रम्पको बयानले विश्वमै तरंग मच्चाइरहेका बेला अमेरिकाले सुपर पावरको आफ्नो कुर्सी खोसिदेलाकी कि भनेर चीनसंग धेरैजसो गरम र कहिलेकाँही नरम व्यवहार गर्दै आएको छ ।

यसबीच फेरि अमेरिकाले चीनमाथि थप आरोप लगाएको छ । खासमा अमेरिकाले कोभिड–१९ लाई लिएर ठूलो खुलासा गरेको दावी गरेको छ । जसले एक पटक फेरि चीनलाई कटघरामा उभ्याएको छ ।

अमेरिकाको केन्द्रीय गुप्तचर एजेंसी (सीआईए)ले दाबी गरेको छ कि कोरोना भायरस एक प्रयोगशालाबाट नै लीक भएको थियो । एजेंसीले संकेत गरेको छ कि यो भाइरस चीनमा नै पहिलो चोटी देखिएको थियो ।

अर्थात उसले चीनको ल्याबबाट नै कोभिड १९ बाहिरिएको आशंका गरको हो । एजेंसीले आफ्नो नयाँ रिपोर्ट नयाँ निर्देशक जोन ¥याटक्लिफको शपथ ग्रहणपछि सार्वजनिक गरेको हो । शनिबार सार्वजनिक गरिएको यस प्रतिवेदनमा चीनलाई कोभिड–१९ का लागि जिम्मेवार ठहराइएको हो ।

यद्यपि सीआईएको प्रतिवेदनमा यस दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको पनि उल्लेख गरिएको छ । ट्रम्प प्रशासनका सीआईए निर्देशक जोन ¥याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बन्र्सको आदेशमा तयार पारिएको हो ।

समाचार संस्था एपीको रिपोर्ट अनुसार, यसअघि पनि विभिन्न प्रतिवेदनले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुनसक्ने शंका व्यक्त गरेका थिए । तर, केही प्रतिवेदनहरूले यो प्राकृतिक रूपमा फैलिएको दाबी गरेका थिए ।

यो प्रतिवेदन कुनै नयाँ गुप्तचर जानकारीको आधारमा तयार गरिएको भने होइन । डेली मेलका अनुसार अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको फैलावटबारे सीआईएको नयाँ धारणा पुष्टि गर्ने कुनै नयाँ प्रमाण भने छैन ।

सीआईएले शनिबार जारी गरेको एक सन्देशमा भनेको छ,‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड–१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित कारण प्राकृतिक कारणभन्दा बढी सम्भावित भएको हाम्रो ‘कम आत्मविश्वास’ सहितको मूल्यांकन छ ।’ एजेन्सीले भनेको छ, ‘कोभिड–१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित र प्राकृतिक दुवै सम्भावना अझै पनि विश्वसनीय मानिन्छ ।’

सीआईएको उक्त सन्देशमा भनिएको छ, ‘हामी यो मूल्यांकनमा ‘कम आत्मविश्वास’ राख्छौं र कुनै नयाँ गुप्तचर जानकारी वा सान्दर्भिक विवरण प्राप्त भएमा त्यसलाई निरन्तर समीक्षा गर्नेछौं ।’ सीआईएको यो रिपोर्टले कोरोना भाइरसलाई पुनः एकपटक चर्चामा ल्याएको छ ।

यो रिपोर्ट भाइरसको प्रसार, यसको वैज्ञानिक विशेषता र चीनको भाइरोलोजी प्रयोगशालामा गरिएका अनुसन्धानको नयाँ विश्लेषणका आधारमा तयार गरिएको हो । गुप्तचर अधिकारीहरूले चिनियाँ सहयोग अभावले यो रहस्य सायद कहिल्यै पूर्ण रूपमा समाधान हुन नसक्ने बताएका छन् ।

अमेरिकी सांसदहरूले जासुसी संयन्त्रहरूलाई कोभिड–१९ को उत्पत्तिबारे थप जानकारी प्रदान गर्न दबाब दिएका छन् । विश्व अझै कोभिड महाव्याधिको प्रभावहरूसँग जुधिरहेकोले यो विषय अमेरिकी र विश्व राजनीतिका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

यता चीनले अमेरिकी आरोप र कोभिड–१९ को उत्पत्तिबारे कुनै पनि प्रकारका अडकलबाजीलाई आधारहीन र राजनीति प्रेरित भएको बताएको छ । शनिबार एक चिनियाँ अधिकारी लिउ पेंग्यूले भनेका छन्, ‘हामी भाइरसको उत्पत्तिलाई राजनीतीकरण र कलंकित गर्न खोज्ने प्रयासको कडा विरोध गर्दछौं । हामी सबैलाई विज्ञानको सम्मान गर्न र षड्यन्त्र सिद्धान्तहरूबाट टाढा रहन अपिल गर्दछौं ।’

वैज्ञानिकहरूले कोरोना भाइरस चमेरोबाट फैलिएको हुनसक्ने अनुमान गरेका थिए । यसअघि पनि कोरोनासँग मिल्दोजुल्दो अन्य भाइरस चमेरोबाट फैलिएको आधारमा उनीहरूले यो निष्कर्ष निकालेका थिए ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top