हिजबुल्लाहलाई दिइएको समय सकिनासाथ लेबनानमा हमला

१४ माघ , एजेन्सी ।
उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।

रिहा गरिने बन्धकमा सर्वसाधारण इजरायली नागरिक अर्बेल येहुद पनि छिन् । सर्वसाधारणलाई रिहा नगरिएको भन्दै इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिइरहेको थिएन ।

हमासले शनिबार पनि चार बन्धकलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई रिहा नगरेपछि इजरायलले हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो । गाजामा युद्धविराम सम्झौता लागू भएदेखि हमासले अहिलेसम्म ७ जना बन्धकलाई रिहा गरिसकेको छ ।

Advertisement

बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी छाडेको छ । गाजापट्टीमा हमाससंग युद्धविराम गरेको इजरायलले यता लेबनानमा भने आफ्नो कारबाही जारी राखेको छ । इजरायली सेनाले गरेको पछिल्लो आक्रमणमा परी दक्षिणी लेबनानमा २२ जनाको ज्यान गएको छ ।

आक्रमणमा अरु एक सय २४ जना घाइते भएका छन् । विद्रोही समूह हिजबुल्लाहलाई हटाउने समयसीमा समाप्त हुनासाथ त्यस क्षेत्रमा सेना परिचालन गरेर आक्रमण शुरू भएको हो । इजरायली सुरक्षा बलले नागरिकमाथि आक्रमण गरेको लेबनानको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ ।

Advertisement

लेबनानी सेनाले इजरायली आक्रमणमा नागरिक बाहेक आफ्ना एक सैनिक मारिएको र अन्य एक सैनिक घाइते भएको जनाएको छ । लेबनानी सेनाले असुरक्षाको चेतावनी दिए पनि हजारौँ बासिन्दाहरू सीमा नजिकका शहर र गाउँहरूमा फर्किएका छन् ।

गएको नोभेम्बरमा भएको हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता इजरायलले पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ । लेबनानबाट इजरायली सैनिक फिर्ताबारे पनि अझै स्पष्ट जानकारी छैन् ।

यसैबीच अमेरिकाले इजरायल–हिजबुल्ला सम्झौतालाई अब १८ फेब्रुअरीसम्म बढाएको बताएको छ । व्हाइट हाउसले भनेको छ कि इजरायली सैनिकहरु लेबनानबाट फिर्ता नभइरहेको अवस्थामा यो फैसला गरिएको हो ।

व्हाइट हाउसले भन्यो, हिजबुल्ला र इजरायलबीच अमेरिकाको निगरानीमा चलिरहेको सम्झौता १८ फेब्रुअरी २०२५ सम्म जारी रहने छ । अमेरिका लेबनानी कैदीहरुको फिर्ताका लागि पनि इजरायल र लेबनानका कुराकानीमा रहेको पनि व्हाइट हाउसले जनाएको छ ।

खासमा, इजरायल–हिजबुल्ला युद्धलाई रोक्नका लागि नोभेम्बरको अन्त्यमा युद्धविराम सम्झौता अन्तगर्तत निर्धारित ६० दिनको समयसीमामा इजरायली सेनाले दक्षिणी लेबनानबाट हट्नु पर्ने थियो, तर यस्तो भएन ।

इजरायलको भनाइ छ कि हिजबुल्लाको दक्षिणी लेबनानमा फेरि टाउको उठाउने क्रमलाई रोक्नका लागि लेबनानी सेना यो क्षेत्रमा सबै ठाउँमा तैनाथ भएको छैन । यस्तोमा आफ्नो सेनाले थप केही समयका लागि यहाँ रहनु पर्ने इजरायली पक्षको भनाइ छ ।

यता लेबनानका राष्ट्रपति जोसेफ औनले आइतबार दक्षिणी लेबनानका मानिसहरुलाई सम्बोधन गर्दै एक बयानमा भने कि लेबनानको संप्रभुता र क्षेत्रीय अखंडतामा कुनै पनि सम्झौता गरिने छैन।

र म तपाइँहरुको अधिकार र सम्मान सुनिश्चित गर्नका लागि उच्चतम स्तरमा यो मुद्दाकोे समाधानका लागि काम गरिरहेको छु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top