×

NEPAL TIMES UPDATES

Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026

भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

१४ माघ २०८१

१४ माघ , एजेन्सी ।

फुटबलका ठूला प्रतियोगितामा आइतबार राति फरक–फरक नतिजाहरू देखिएका छन् । स्पेनिस लिगमा शानदार प्रदर्शन गर्दै बार्सिलोनाले भ्यालेन्सियामाथि ७–१ को ऐतिहासिक जित दर्ता ग¥यो।

Advertisement
Advertisement

यो जितले टोलीलाई पुनः लयमा फर्काएको छ।यस्तै म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध संघर्षपूर्ण खेलमा १–० को कठिन जित दर्ता गर्न सफल भयो भने टोटनहम अग्रता जोगाउन नसक्दा लेस्टर सिटीसँग २–१ गोल अन्तरले पराजित हुँदै निराशा भोग्न बाध्य भयो ।

बार्सिलोनाले विपक्षीको पोष्टमा गोलको वर्षा गरेको छ । उसले भ्यालेन्सियालाई ७–१ को विशाल अन्तरले पराजित गर्दै स्पेनिस लिगमा लय फर्किएको छ । खेलको सुरूआती २४ मिनेटमै बार्सिलोनाका चार खेलाडीले गोल गरे ।

फ्रेङ्की डे जोङले खेलको तेस्रो मिनेटमा गोल गर्दै सुरूआत गरे । आठौं मिनेटमा फेरान टोरेसले अग्रता दोब्बर बनाए भने १४औं मिनेटमा राफिन्हाले गोल थपे । २४औं मिनेटमा फर्मिन लोपेजले अर्को गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को अग्रता दिलाए । भ्यालेन्सियाका लागि ५९औं मिनेटमा ह्युगो डुरोले सान्त्वना गोल फर्काए । तर, ६६औं मिनेटमा रोबर्ट लेवान्डोवस्की र ७५औं मिनेटमा सिजार तारेगाको आत्मघाती गोलमार्फत थप दुई गोल गर्दै बार्सिलोनाले जित पक्का ग¥यो ।

यस जितसँगै बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछि छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा सात अंकले पछि छ । रियलले शनिबार भालाडोलिड विरुद्ध किलियन एमबाप्पेको ह्याट्रिकसहित ३–० को जित निकालेको थियो ।

एट्लेटिको शनिबार भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस सुपर कपमा लगातार जित निकाल्दै आएको थियो । तर, लिगका पछिल्ला चार खेलमा जितविहीन रह्यो ।

जर्मन प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले १०० गोल पु¥याएको छ । यता म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगमा फुलहमविरुद्ध कठिन जित दर्ता गरेको छ । युनाइटेडले आइतवार फुलहमलाई १–० ले हराएको हो ।

फुलहमको घरेलु मैदान कार्भेन कटेजमा पाहुना टोलीका लागि लिस्यान्द्रो मार्टिनेजले गोल गरे । खेलको ७८औं मिनेटमा मार्टिनेजले गरेको गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै युनाइटेड २३ खेलमा २९ अंक जोडेको लिगको १२औं स्थानमा छ ।

फुलहम समान खेलबाट ३३ अंकका साथ १०औं स्थानमा छ । लिगमा १ खेल खेल कम खेलेको लिभरपुल ५३ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै अग्रता जोगाउन नसक्दा टोटनहम पनि लेस्टर सिटीसँग पराजित भएको छ ।

आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २–१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे ।

टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा सुरुवाती अग्रता टोटनहमले लिएको थियो । घरेलु टोलीका लागि खेलको ३३औं मिनेटमा रिचार्लिसनको गोल गरेका थिए । टोटनहमले पहिलो हाफ १–० कै अग्रतामा सकाएको थियो ।

तर, टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफमा लेस्टरले सुरुवाती ५ मिनेट भित्रै दुई गोलका साथ खेलमा पुनरागमन गरेको थियो । खेलको ४६औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई बराबरीमा ल्याए ।

खेलको ५०औं मिनेटमा आनौसले लेस्टरका लागि गोल गरे । त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेस्टरले स्पष्ट ३ अंक बटुल्यो । जितसँगै लेस्टर २३ खेलमा १७ अकं जोडेका लिगको १७औं स्थानमा छ ।

Advertisement

पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १५औं स्थानमा छ । लिगअन्तर्गत आइतवार राती नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्टह्याम युनाइटेड १–१ को बराबरीमा रोकिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top