गगनको नजर प्रधानमन्त्रीको कुर्सीमा,ओली र देउवाभन्दा राम्रो काम गर्ने

१३ माघ ८१, सोमबार

१४ माघ , काठमाण्डौ।

आफ्ना लागि राजनीति गर्नका लागि अब मात्रै १० वर्ष बाँकी रहेको बताउँदै गगनले गएको निर्वाचनमा काठमाडौं ४ का मतदातासँग प्रधानमन्त्री बन्नका लागि नै मत मागे । तर काठमाडौंका जनताले पत्याइदिए पनि उनलाई उनका दल भित्रका सांसदहरुले नै प्रधानमन्त्रीका लागि पत्याउन सकेनन् ।

दलको चुनावमा देउवासँग नमज्जाले हारेपनि उनको प्रधानमन्त्री बन्ने हुटहुटी भने अझै मरेको छैन् । उनको यस्तै हुटहुटीको प्रस्फुटन आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा भएको छ। सो कार्यक्रममा सम्बोधन गर्दै थापाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।

Advertisement

उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने बताए ।

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको पनि उनले बताए । उनले अबको दशक खेर फाल्न नहुने पनि बताएका छन्। महामन्त्री थापाले भनेका छन्,‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्नसक्छु । त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन ।’

Advertisement

गगनको यो अभिब्यक्तिपछि आंकलन गर्न कठिन छैन् कि उनी आफ्नै गठबन्धनको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीबाट खुशी छैनन् । र यही गठबन्धन कायम रहे आगामी प्रधानमन्त्री बन्ने पक्कापक्की भइसकेका आफ्नै पार्टीसभापति देउवाले पनि प्रभावकारी काम गर्नेमा विश्वस्त छैनन् ।

तर गगनसँग अभिब्यक्ति बाहेकको विकल्प छैन् । उनी आफ्नै अभिब्यक्तिले पनि बाँधिएका छन् । थापाले ०७९ पुसमा संसदीय दलको चु्नावमा देउवासँग ३९ मतले पराजित भएसँगै संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गरेका छन् ।

’म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि त्यसको कोसिस गर्छु। सरकारमा अरु साथीहरु जानुहुन्छ। नेपाली कांग्रेसको महामन्त्रीका रुपमा काम गर्छु, सांसदका रुपमा काम गर्छु’, उनले भने, ’संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने हो। अर्को चुनावमा म परिणाम मेरो पक्षमा पार्ने गरी काम गर्छु। सरकारमा जाने र मन्त्रीका रुपमा काम गर्ने कुरा अहिले म गर्दिनँ। यो परिणाम मेरा लागि अनपेक्षित थियो। मैले अझै मिहिनेत गर्नुपर्ने भएको छ।’

महाधिवेशन र दलको चुनावसम्म प्रभावशाली नेता शेखर कोइरालाको पक्षमा खुलेर देखिएका गगन पछिल्लो समय शेखरको विचारसँग सहमत देखिएका छैनन् । यसको अर्थ उनी देउवातर्फ ढल्किएको कांग्रेसजनहरु नै आंकलन गर्न थालेका छन् ।

आगामी महाधिवेशनमा शेखरलाई वचन दिएका गगन सभापति बन्नकै लागि देउवातर्फ ढल्किएको कतिपयको अनुमान छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री थापाले देशको प्रधानमन्त्री बन्ने इच्छा राखेको लामै समय भयो ।

यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर ५ पटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको चुनावमा हराउन नसकेपछि उनको पार्टीको विधान अनुशार वैधाननिक बाटोबाट प्रधानमन्त्री बन्ने संभावना तत्काललाई देखिएको छैन् ।

यद्यपि प्रधानमन्त्री बन्नका लागि उनीसँग कोशी प्रदेशमा कांग्रेसका केदार कार्कीले दलका नेतालाई पाखा लगाएर मुख्यमन्त्री बन्न पार्टीमै विद्रोह गरेजस्तो बाटो रोज्ने विकल्प चाँही बाँकी नै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top