×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यू–१९ एशिया कप क्रिकेट : नेपाल टेष्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दै

१२ आश्विन २०७५

काठमाडौँ, असोज १२
भोली(शनिबार) देखि बङ्गलादेशमा सुरु हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । अघिल्लो संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै सनसनी मच्चाएको थियो ।त्यतिबेलाको प्रतियोगितामा नेपाल पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

Advertisement

प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान र हङकङ छन् ।

एशिया कप हुनुअघि भारतमा भएको एक दिवसीय सिरिजमा नेपाल भारतको ‘ए’ र बी दुबै टोलीसँग पराजित भएको थियो । त्यस्तै अफगानिस्तान विरुद्धको खेलमा भने नेपाल विजयी भएको थियो । त्यसपछि तेस्रो स्थानको लागि भएको भिडन्तमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

नेपाली टोलीमा कप्तानको भूमिका मोहम्मद आसिफ शेखले निर्वाह गर्नेछन् भने उपकप्तान कमल सिहं ऐरी छन् । टोलीको अन्य खेलाडीमा रोहितकुमार पौडेल, रवी शाह, सूर्य तामाङ, पवन शर्राफ, रवीन्द्रजङ्ग शाही, रासिद खान, भीम सार्की, तृतराज दास, सन्दिप जोरा, नन्दन यादव, रीत गौतम, सागर ढकाल र अरुण ऐरी छन् ।

Advertisement

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । सहायक प्रशिक्षकमा मनोज कटुवाल छन् । दुबै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top