×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सीमामा नमिलेका चीन–भारत कैलाशमा मिले

१६ माघ २०८१

१६ माघ , काठमाण्डौ।

भारतबाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ । योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् ।

Advertisement
Advertisement

भारतीय विदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुई दिने बैठकमा यी दुई प्रमुख निर्णय भएको हो । कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो ।

यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध पनि थियो । जुन २०२० मा भारत र चीनबीच डोकलाम विवाद थियो र मार्च २०१९ मा कोविडको पहिलो लहर आए पछि दुबै देश बिच कैलाश दर्शनको उडान बन्द गरिएको थियो ।

भारतीय विदेश मन्त्रालयका अनुसार सीधा उडान सेवा सुरु गर्न दुवै देशका प्राविधिक टोलीले चाँडै वार्ता गर्नेछन् भने पारस्परिक सहयोग र समझदारी अभिवृद्धि गर्न मिडिया र थिंक ट्याङ्कहरू बीचको अन्तरक्रियालाई प्राथमिकता दिइनेछ ।

र, दुई देशबीचको सम्बन्धको ७५ औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउन मिलेर काम गर्न सहमत भएका चीन भारत जलविज्ञान तथ्याङ्कको आदानप्रदान पुनः सुरु गर्न र सीमापार नदीहरूमा सहयोग अभिवृद्धि गर्न छलफल गर्न भारत र चीनबीच विज्ञ स्तरको बैठकसमेत हुनेछ ।

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो । त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए ।

त्यस यता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटे पछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको जनाइएको छ। कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५ सय ३९ सिधा उडान हुने गरेको थियो ।

तिनीहरूको कुल क्षमता १.२५ लाख सिट भन्दा बढी थियो । यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सजस्ता कम्पनीहरू सामेल थिए । उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए तर यो यात्रा महँगो थियो ।

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो । उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख पुगेको थियो ।

सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top