×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

अमेरिकी विमान हेलिकप्टोर सँग ठोक्किनु अघिको अडिओ सार्वजनिक

१७ माघ २०८१

१७ माघ, एजेन्सी ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको भयानक विमान दुर्घटना अघि हेलिकप्टोरका पाइलटसँग भएको कुराकानीको अडिओ सार्वजनिक भएको छ। सेनाको ब्ल्याक हक हेलिकोप्टर यात्रुबहाक विमानसँग ठोक्किएर दुर्घटना हुनुभन्दा अगाडिको अडिओ सार्वजनिक भएको हो ।

Advertisement
Advertisement

सीबीएस न्यूजकाअनुसार स्थानीय समयअनुसार राति ९ बजे ६४ जना सवार विमान र तीन जना सवार हेलिकोप्टरमा ठोक्किएका थिए । अहिलेसम्म १८ जनाको शव नदीमा फेला परेको छ । अहिले दुर्घटना अगाडिको एअर ट्राफिक कन्ट्रोल टावरको अडिओ सार्वजनिक भएको छ ।

जसमा दुर्घटना हुनुभन्दा ३० सेकेन्डभन्दा कम समयअघि रोनाल्ड् रेगन वासिङ्टन विमानस्थलका हवाई ट्राफिक नियन्त्रकले हेलिकोप्टरसँग गरेको कुराकानी उल्लेख छ ।

नियन्त्रकले भनेका छन्, “पीएटी २५, सीआरजे देख्नुभएको छ ?”

केही बेरपछि नियन्त्रकले भने – “‘पीएटी २५, सीआरजे (यात्रु जेट)को पछाडिबाट जानुहोस्।’”

हेलिकोप्टरबाट कुनै प्रतिक्रिया आएको सुनिदैँन । केही सेकेन्डपछि विमान र हेलिकोप्टर ठोक्किए ।

घटना नियालिरहेका पाइलटले तुरुन्तै रेडियोमा फोन गरे, “टावर, तपाईंले त्यो देख्नुभयो ?”

रिपोर्टहरूका अनुसार एअर ट्राफिक कन्ट्रोलरहरूले तुरुन्तै अन्य विमानहरूलाई एयरपोर्टबाट टाढा डाइभर्ट गर्न थाले । ईएमएस विभागले फायरबोटहरू नदीमा खोजी कार्य भइरहेको जनाएको छ ।

यस दुर्घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रश्न उठाएका छन् । ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, “विमान विमानस्थलतर्फ जाँदै थियो । हेलिकोप्टर सिधै विमानतर्फ गइरहेको देखिन्छ ।

यो रात स्पष्ट थियो । विमानको बत्ती पनि बलिरहेको थियो । त्यसो हुँदा पनि हेलिकोप्टर किन घुमेन ? वा किन माथि या तल गएन ?” “यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने किन हेलिकोप्टर चालक दललाई के गर्ने भनेर बताएन ? यो नराम्रो अवस्था हो ।

यस्तो हुनबाट रोक्नुपर्ने थियो । यो ठीक होइन ।” उनले भनेका छन् । यस्तै विज्ञले पनि अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताएका छन् । उनकाअनुसार अमेरिकामा संसारको सबैभन्दा सुरक्षित एयरलाइन प्रणाली छ ।

उनले भनेका छन्, ‘यस्ता टक्करहरू विगतको कुरा मानिन्थ्यो र नयाँ प्रविधिले विमानहरूलाई इलेक्ट्रोनिक रूपमा एकअर्कासँग कुरा गर्न सक्षम बनाएको छ, जसले पाइलटहरूलाई यस्ता आसन्न टक्करहरूको बारेमा चेतावनी दिन्छ।’

ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम भनिने यस्तो प्रणालीले विगत केही दशकहरूमा हजारौंको ज्यान बचाएको उनको भनाइ छ । उनका अनुसार सबै व्यावसायिक विमानहरू र धेरैजसो सैन्य विमानहरू यो प्रविधिले सुसज्जित छन्।‘

प्राविधिक रूपमा यस्तो दुर्घटना कहिल्यै हुनुहुँदैन थियो। यो अचम्मित तुल्याउने घटना भएको र निकै दुखद छ’, उनको भनाइ छ । वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर बिहीबार दुर्घटना भएको हो ।

विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । यता दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एअरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताएका छन् ।

उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top