×

NEPAL TIMES UPDATES

Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026

हर्कको थोत्रे गाग्रीले के सन्देश दियो ?

१७ माघ २०८१

१७ माघ,विराटनगर।

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई राजनीतिक नेताका रूपमा मात्र नभई गायन क्षेत्रमा समेत सक्रिय बन्दै गएका छन्। सामाजिक सञ्जालमा चर्चाका पर्याय बनेका मेयर हर्क कहिले खानेपानीका मुद्दामा आक्रोश पोखिरहेका हुन्छन् त कहिले आफ्नै शैलीमा गीत गाएर जनताको आवाज बुलन्द गरिरहेका हुन्छन्।

Advertisement
Advertisement

आफू कार्यालयमा भन्दा धरानका भिर पाखामा, बृक्षरोपण र पाइप तान्दै गरेको भेटिन्छु भन्न रुचाउने हर्कले धरानको खानेपानी समस्यालाई लिएर गरेको संघर्ष अझै चर्चामा छ। जब धरानवासीको तिर्खा मेट्न उनले रित्तो गाग्री बोकेर सिंहदरबारको गेटसम्म यात्रा गरे, त्यसपछि उनको आवाज झनै बुलन्द भयो।

खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेललाई समस्या सुनाएपछि यो आर्थिक वर्षभित्रै समस्या समाधान गर्ने आश्वासन त पाए, तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाउँदा उनी निकै आक्रोशित बने।

“लोकतन्त्रमा जनप्रतिनिधिलाई नै भेट्न नदिने संस्कार गलत हो“ भन्दै उनी निराश भएर धरान फर्किए। तर, उनले यस घटनालाई केवल राजनीतिक आन्दोलनका रूपमा मात्र सीमित राखेनन्। आफ्नो संघर्षलाई सांगीतिक अभिव्यक्तिमा उतार्दै उनले “त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के सन्देश दियो?“ भन्ने गीत नै तयार गरेका छन् ।

उनको गीत छ: 

त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के सन्देश दियो ?

त्यो मेरो थोत्रे गाग्रीले तिमीलाई के बुझायो?

त्यो व्यथा मेरो थिएन, त्यो व्यथा सारा नेपालको,

त्यो पीडा मेरो थिएन एक्लोको, त्यो पीडा सारा नेपालको।

हर्क धरान फर्किएपछि भने खानेपानी मन्त्रीको बोली फेरियो । हर्कको गाग्र्रीसहितको सांकेतिक विरोधलाई उनले ड्रामाको संज्ञा दिए । खानेपानी मन्त्री यादवले हर्कले खानेपानी समस्याका विषयमा ‘ड्रामा’(नाटक) गरेको आरोप लगाए ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले त्यसरी नाटक गरेर खानेपानीको समस्या समाधान पनि नहुने बताएका थिए । ‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्ता ड्रामा गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ।’

यद्यपि मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएको र यस विषयमा सङ्घीय सरकारले काम अघि बढाउन लागेको पनि बताए । हर्कको गीतले सरकारप्रति रोष मात्र होइन आम नागरिकका पीडा र मागको प्रतिनिधित्व गरेको छ ।

पानीको अभाव झेलिरहेका धराने जनताको भोगाइलाई उनले सिर्जनात्मक रूपमा गीतमा ढालेका छन्। यसअघि पनि मेयर हर्क सम्पाङले “गुईठे ओ गुईठे“ बोलको गीतमार्फत व्यापक चर्चा कमाएका थिए। उनले यो गीत सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्यो।

मेयर हर्कका समर्थक मात्र नभई आलोचकहरूले समेत उनको गायनशैलीलाई रुचाउँदै आएका उनको गीतमा आएका प्रतिक्रियाहरुले दर्शाएका छन् । त्यस्तै, “मत छक्क पर्छु“ बोलको अर्को गीत पनि चर्चामा आयो।

साधारण भेषभूषा, सरल जीवनशैली र लोभलालचबिना जनताको काममा समर्पित देखिने मेयर हर्कको गायन मोहले उनलाई उनका समर्थकहरुले एक बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा हेर्ने गरेका छन् ।

राजनीतिक नेताले गीत गाउनु नौलो कुरा होइन। यसअघि पनि धेरै नेताहरूले गीत गाएका छन् । तर मेयर हर्क सम्पाङले आफ्नै संघर्ष र आफूमाथि उठ्न प्रश्नहरुलाई संगीतमा ढालेर सरकार र सम्बन्धित पक्षलाई घोचपेच गर्ने गरेका छन् ।

उनले आफ्नो थोत्रे गाग्री गीतमार्फत सरकारलाई कडा प्रश्नसहित सोधेका छन्, काम नगर्ने, गफ मात्रै गर्ने सरकारको नियति कहिलेसम्म? धरानका मेयर हर्क सम्पाङको गायन यात्रा एक सामान्य अभिव्यक्ति मात्र होइन, आफ्नै शैलीमा विरोध प्रदर्शन गर्ने, जनताको आवाज बुलन्द गर्ने र सरकारलाई खबरदारी गर्ने एउटा सशक्त माध्यम बनेको छ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top