×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

गोताखोरले रोके शवको खोजी,नदीमा खतरनाक अवस्था

१८ माघ २०८१

१८ माघ , एजेन्सी ।

अमेरिकामा बुधबार राति आश्चर्यजनक रुपमा आपसमा ठोकिएर विमान र हेलिकप्टर खसेको नदीमा जारी शवको खोजीकार्य रोकिएको छ। विमानका ६४ र सैन्य हेलिकप्टरका ३ गरी दुर्घटनामा परेका ६७ जनामध्ये अहिलेसम्म ४० शव मात्र शव फेला परेको छ।

Advertisement
Advertisement

विमान खसेको पोटोम्याक नदीको पानी अत्यन्तै चिसो भएकाले उद्धार तथा खोजीमा कठिनाइ भइरहेको समाचार आइरहेका बेला उद्धार टोलीले ‘खतरनाक अवस्थाका कारण’ काम रोकेको बताएका छन् ।

सीबीएस न्युजका अनुसार गोताखोरहरूले सुरक्षित रूपमा पुग्न सकिने सबै ठाउँमा खोजी गरिएको बताएका छन्। अब नदीमा दुर्घटनाग्रस्त विमानका भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि मात्रै पुनः काम सुरु गर्ने उनीहरूले बताएका छन्।

बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए।

विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्। यद्यपि अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको सीएनएनले जनाएको छ।

यसैबीच दुर्घटनामा मृत्यु भएकाहरूमा २ जना चिनियाँ नागरिक पनि रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। दुर्घटनाग्रस्त विमानको भग्नावशेष नदीबाट निकालेर अवस्था सुरक्षित भएपछि गोताखोरहरूले खोजी कार्य पुनः सञ्चालनमा ल्याउने बताइएको छ ।

खोजी कार्यका क्रममा ब्ल्याक बक्स अर्थात विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परेको अधिकारीहरुले बताएका छन् । बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्युजलाई एक स्रोतले यो जानकारी दिएको हो ।

सीबीएसका अनुसार ब्ल्याक बक्सलाई राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा जाँच गरिने छ । यसैबीच बुधबार रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी ईगल फ्लाइट ५३४२ र आर्मी ब्ल्याक हक हेलिकप्टरको टक्कर हुनुभन्दा २४ घण्टा अघि, अर्को जेट त्यहाँ अवतरण गर्न खोज्दा पनि हेलिकप्टर यसको उडान मार्ग नजिकै देखा परेपछि अवतरणका लागि दोस्रो प्रयास गर्नुपरेको वासिङटन पोस्टले उल्लेख गरेको छ ।

हवाई यातायात नियन्त्रणबाट आएको अडियो रेकर्डिङ अनुसार त्यो विमान, रिपब्लिक एयरवेज फ्लाइट ४५१४ दोस्रो प्रयासमा सुरक्षित रूपमा अवतरण भएको थियो । त्यसको २४ घण्टापछि अमेरिकी एयरलाइन्सको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान हेलिसँग ठोक्किएको थियो ।

यो दुर्घटनालाई अमेरिकी राष्ट्रपति र विज्ञहरुले समेत आश्चर्यका रुपमा लिएका छन् । ‘हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?’ भन्दै ट्रम्पले प्रश्न गरेका छन् । उनले लेखेका छन्, “विमान विमानस्थलतर्फ जाँदै थियो ।

हेलिकोप्टर सिधै विमानतर्फ गइरहेको देखिन्छ । यो रात स्पष्ट थियो । विमानको बत्ती पनि बलिरहेको थियो । त्यसो हुँदा पनि हेलिकोप्टर किन घुमेन ? वा किन माथि या तल गएन ?” “यदि कन्ट्रोल टावरले विमान देखेको थियो भने किन हेलिकोप्टर चालक दललाई के गर्ने भनेर बताएन ? यो नराम्रो अवस्था हो । यस्तो हुनबाट रोक्नुपर्ने थियो । यो ठीक होइन ।”

उनले भनेका छन् , यस्तै विज्ञले पनि अमेरिकामा हवाइजहाज र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा आफूलाई अचम्मित बनाएको बताएका छन् । बीबीसीसँग कुरा गर्दै अमेरिकी उड्डयन सल्लाहकार जेफ्री थोमसले दुर्घटनाले आफूलाई अचम्मित बनाएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top