संसदमा सभामुखको भिटो, रास्वपालाई बोल्न दिएनन्

१७ माघ ८१, शुक्रबार

१८ माघ ,काठमाण्डौ ।

Advertisement

आजदेखि सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकनै अवरोध भएको छ। सभामुखले बोल्न समय नदिएपछि रास्वपाले संसद् बैठक बहिस्कार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छ।

बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरे । रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो ।

Advertisement

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई आफ्नो आसनमा बस्न पटक आग्रह गरेभने आग्रह नमानेको भन्दै बस्न आदेश दिए ।तर घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसद उभिएर बोल्ने समय दिन माग गरिरहेका थिए ।

उनले बस्न आग्रह गर्दा पनि रास्वपाका सांसदले आफ्नो धारणा राख्ने बताए । आफ्नो आग्रह नमानेको भन्दै उनले बस्न निर्देशन दिए । उनले दलीय आधारमा दिइने समयमा आफ्नो धारणा राख्न आग्रह गरे । उनले सभामुखको निर्देशनलाई पालना गर्न प्रतिनिधिसभा नियमावलीको व्यवस्था सम्झाए ।

Advertisement

सभामुखको आग्रह रास्वपाले नसुनेपछि आदेश गरेका थिए । प्रतिनिधिसभाका नियमावलीको दफा १५ मा यो व्यवस्था गरिएको छ । “अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ,” भनिएको छ ।

लामो समय रास्वपा सांसद र सभामुखबीच सवाल जवाफ चलेको थियो । यति गर्दा समेत बैठकमा उपस्थित भएका डेढ दर्जन रास्वपाका सांसदहरुले आसनग्रहण नगरेपछि सभामुखले संसद्को कारबाही अघि बढाए ।

लगत्तै रास्वपाले संसद् बैठक बहिस्कार गरेको छ । रास्वपाले आफूहरुले ढ्यापढ्यापे समय नपाएको भन्दै १५ मिनेटका लागि बैठक बहिस्कार गरेर हिँडेको बताएको छ । १५ मिनेटपछि रास्वपा सांसदहरु बैठकमा सहभागी भएका छन् ।

आज नै रास्वपा सभापति रवि लामिछानेले निलम्बन फुकुवाको निवेदन सभामुखकहाँ बुझाएका थिए । सो क्रममा सभामुखले रविको निलम्बन फुकुवा नहुने संकेत दिएका छन् ।बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यहाँ व्यक्त भएका विचारलाई परिष्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौँ । संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।’

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौं ।

अतः विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’ आज शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि सरकारले ल्याएका अध्यादेश टेबल गर्ने तालिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top