मोन्टी देसाई अब नेपालको प्रशिक्षक नरहने, नयाँ प्रशिक्षक को ?

१९ माघ ८१, आइतबार

२० माघ,  काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई बिदा गरेको छ । क्यानले देसाईको सम्झौता थप नगर्ने निर्णय गरेको छ । एक विज्ञप्ती जारी गर्दै क्यानले प्रशिक्षक देसाईलाई धन्यवाद दिदै बिदाइ गरेको हो ।

उनको प्रशिक्षणमा नेपाली पुरुष टोलीले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका प्रशिक्षणमा देसाईलाई क्यानले धन्यवाद दिएको छ । देसाईलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । क्यानले उनलाई सन् २०२३ देखि टोलीको मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो ।

त्यतिखेर क्यानले उनीसँग दुई वर्षको कार्यकाल रहने गरी सम्झौता गरेको थियो । तर, उनी त्यो सम्झौता लम्बाएर चार वर्षमा पु¥याउन चाहन्थे । यद्यपि, ओडिआई मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले बिदा दिएको हो ।

क्यानले बिदाइ गरेपछि मोन्टीले भने यो आफ्नालागि विदाइ नभएको बताएका छन्। उनले भनेका छन्, प्रिय नेपाल , यो बिदाइ होइन, तर हृदय देखि धन्यवाद! १० जनवरी, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालेको छु।

यी दुई वर्ष अविस्मरणीय छन्, मनमोहक पलहरू र साझा कोशेढुङ्गाहरूले भरिएका छन्। टियु मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू रुखमा चढेर छाता लिएर उभिएका थिए र मुलपानीमा भएको विश्वकप छनोट, जहाँ विद्युतीय भीड थियो । यसले नेपालको जोश र लचिलोपनलाई परिभाषित गर्यो ।

उनले थप भनेका छन्, म क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यान, क्यामेरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलको साथमा सानो भूमिका खेलेकोमा आभारी छु। प्रत्येक व्यक्तिले आ–आफ्नो तरिकाले योगदान गर्यो र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्याङ्कन गर्छु।

उनले खेलाडीहरूका बारेमा भनेका छन्, तिमी लाखौको सपना बोक्छौ। मैदानमा रहनुहोस्, एक बल युद्ध मानसिकता अँगाल्नुहोस् र सीमाहरू धकेल्नुहोस्। सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ह्याप्पी ड्रेसिङ रुम दर्शन सधैं तपाइँको शक्ति हुनेछ।

यस्तै सहयोगी कर्मचारीहरूलाई मोन्टीले भनेका छन्, पर्दा पछाडिको तपाईंको अथक प्रयास अमूल्य छ । मेरा मागहरू हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थिए । मेरो छेउमा उभिनु भएकोमा धन्यवाद।

यस्तै फ्यानहरूलाई पनि उनले सन्देश दिएका छन् । तपाईंको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यस टोलीमा विश्वास राख्नुहोस् । यस्तै क्यान व्यवस्थापकका लागि उनले लेखेका छन्, नेतृत्व गर्ने अवसरको लागि धन्यवाद । जग तयार भयो ! एकजुट भएर नेपाललाई गौरवान्वित बनाउ ।

अन्त्यमा देसाईले नेपाली जनताका लागि भनेका छन्, नेपाल मेरो घरभन्दा टाढाको घर हो । यहाँ क्रिकेट एक खेल भन्दा बढी छ; यो एक भावना हो जसले यो राष्ट्रलाई एकताबद्ध गर्दछ ! उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको थियो ।

योसँग नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको थियो । उनकै प्रशिक्षणमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।

यस्तै, गत वर्ष नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी–२० विश्वकपसमेत खेल्यो । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

मोन्टीको प्रशिक्षणमा पछिल्लो समय नेपाली टोलीको प्रदर्शन खराब लयमा छ । नेपालले १२ खेल खेलेको छ । तीमध्ये आठ खेलमा पराजय बेहोरेको छ । दुईमा जित र दुई नतिजाविहीन छ ।आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल ६ अंक जोड्दै सातौं स्थानमा छ ।

यस्तै, नेपाली टोलीले टी–२० फम्र्याटमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । ओमानमा गत वर्ष भएको एसिसी प्रिमियर कपमा नेपाल युएईसँग ६ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल हङकङसँग चार विकेटले पराजित भएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top