कस्तो छ आज दिनभरको मौसम ?

२० माघ ८१, सोमबार

२१ माघ , काठमाण्डौ।

हामी मौसमसम्बन्धि खबरका साथ उपस्थित भएका छौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । तर भोलि भने गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ ।

Advertisement

भोलि अरु प्रदेशमा भने आंशिक बदली रहनेछ । आज विहान पहाडी तथा हिमाली भेगको मौसम मुख्यतया सफा रहेको थियो भने तराईका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लाग्यो । मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोका कारण तराई भेगमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Advertisement

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top