NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

सिटीकोे नमिठो हार, लेवान्डोव्स्की फेरि नायक

सोमवार माघ २१ , २०८१
Reading Time: 1 min read
A A
इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडीमा कोरोना संक्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ माघ , एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी आर्सनलसँग स्तब्ध भएको छ । आर्सनलले आइतबार प्रिमियर लिगको शीर्षक होडमा सशक्त सन्देश दिँदै साविक विजेता म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हराएको छ ।

योसँगै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ । कप्तान मार्टिन ओडेगार्डले दोस्रो मिनेटमै आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा केवल ६ पटक बल छोएका एर्लिङ हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेड गोल गरे ।

LS Auto

उनको करियरको यो २५०औं गोल हो । त्यससँगै सिटीले खेलमा फर्किने संकेत देखाएको थियो । तर, अन्ततः लगातार पाँचौं उपाधि जित्ने सम्भावना बलियो बनाउने सिटीको सपना बिलाएर गयो। खेलको दोस्रो हाफमा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी, मायल्स लुइस–स्केली र इथान एन्वानेरीले गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।

आर्सनलले लिगमा लगातार १४ खेलमा अपराजित रहँदै २४ खेलबाट ५० अंक पु¥याएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५६ अंक छ । सिटी भने ४१ अंकसहित चौथो स्थानमा छ ।

यस सिजन आर्सनललाई सेट पिस गोलहरूमा निर्भर रहेको आरोप लगाइँदै आएको छ । तर, आइतबारको खेलमा आर्सनलले प्रवाह र शैलीसहित सिजनकै सबैभन्दा ठूलो घरेलु जित निकाल्यो  ‘यो उत्कृष्ट खेल र प्रदर्शन थियो । फ्यान र वातावरण पनि उत्कृष्ट थियो । अन्ततः हामीले योग्य नतिजा पायौं,’ ओडेगार्डले भने ।

सिटीले लिगमा लगातार ६ खेल अपराजित रहँदै राम्रो लयमा रहेको संकेत दिएको थियो । तर, आइतबार सामान्य अवस्थामा मात्रै राम्रो देखिए । विशेष गरी पहिलो हाफको अन्त्यतिर गोलकिपर डेविड रायाले दुई महत्त्वपूर्ण बचाउ गर्दा सिटीलाई केही राहत मिलेको थियो ।

‘यो कठिन छ । हामी सबैले हारलाई राम्रोसँग लिदैनौं। यो खेललाई शब्दमा व्यक्त गर्न गाह्रो छ,’ सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘अन्तिम ३० मिनेटको हाम्रो खेल स्वीकार्य थिएन।’ आर्सनल अब लिग कप सेमिफाइनलको दोस्रो लेगमा न्यु क्यासलसँग खेल्नेछ भने सिटीले च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडको सामना गर्नेछ ।

यता म्यानचेस्टर युनाइटेडले पनि लिगमा अर्को हार बेहोरेको छ । युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे ।

माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे । अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २–० ले हराएको छ । जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो ।

३० अंकसहित प्यालेस १२ औं स्थानमा छ । युनाइटेड पुनः १३औं स्थानमा झरेको छ । २४ खेलमा टोलीको २९ अंक छ । टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ । ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ ।

उता रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा निर्णायक गोल गरेपछि आइतबार बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको छ । योसँगै बार्सिलोनाले स्पेनिस लिगको शीर्ष स्थानमा रहेको प्रतिस्पर्धी रियल मड्रिडसँग चार अंकको दूरी घटाएको छ ।

रियल शनिबार इस्पान्योलसँग १–० ले पराजित भएको थियो । यसअघि रियलले सबै प्रतियोगिताका ११ मध्ये १० खेल जितेको थियो । तेस्रो स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछाडि छ ।

एट्लेटिकोले शनिबार मालोर्कालाई २–० ले हराउँदै लिगमा दुई खेलको जितविहीन यात्रा तोडेको थियो । लेवान्डोव्स्कीले सबै प्रतियोगिताका चार खेलमा लगातार गोल गरेका छन् । पछिल्ला आठ खेलमा उनको यो सातौं गोल हो । पोल्याण्डका स्ट्राइकरले लामिन यामालको भली विपक्षी डिफेन्डरलाई ‘डिफ्लेक्ट’ भएपछि नजिकैबाट गोल गरेका थिए ।

बार्सिलोनाका लागि यो असामान्य रुपमा कम स्कोर भएको खेल थियो । पछिल्ला तीन खेलमा बार्सिलोनाले १४ गोल गरेको थियो, जसमा भ्यालेन्सियालाई लिगमा ७–१ ले पराजित गरेको खेल पनि समावेश छ ।

अलाभेसले कुनै पनि प्रहार लक्ष्यमा राख्न सकेन र हारपछि पनि रेलिगेसन क्षेत्रमै रह्यो । अलाभेसले पछिल्ला ११ मध्ये केवल एक खेल जितेका छन् ।

Tags: # सिटीकोे नमिठो हार#इंग्लिस प्रिमियर लिग#युनाइटेडको अर्को हार#लेवान्डोव्स्की फेरि नायक

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing
Currently Playing

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.