मेक्सिको–क्यानडालाई कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

२२ माघ ,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छिमेकीहरु क्यानाडा र मेक्सिकोविरुद्ध घोषित ट्यारिफ प्रस्तावबाट पछि हटेका छन् । उनले मेक्सिको र क्यानडामा लगाएको कर तत्कालका लागि रोकेका छन् । मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी नियन्त्रण गर्न सहमति जनाएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तत्कालका लागि पछि हटेका हुन् ।

यससँगै मेक्सिकन र क्यानेडियन नेताहरूले लागूऔषध तस्करी र अवैध आप्रवासनविरुद्ध लड्न अमेरिकासँगको आफ्नो सिमानामा हजारौं प्रहरी पठाउने भएका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोमा प्रस्ताव गरेको २५ प्रतिशत कर मंगलबारदेखि लागू हुने तय भएको थियो ।

Advertisement

क्यानाडा र मेक्सिको दुबै अमेरिकाको सबैभन्दा ठूला व्यापारिक साझेदार मानिन्छन् । ट्रम्प आफ्नो योजनामा अडिग रहेका खण्डमा यी दुबै मुलुकले समेत जवाफी आर्थिक व्ययभारको उपाय अवलम्बन गर्ने घोषणा गरेका थिए ।

ट्रम्पसँगको सम्झौता अनुसार क्यानाडाले विशेष जाँचकी नियुक्त गर्ने र मेक्सिकोले दश हजार सैनिक सीमामा पठाउनेछ । उता, डेमोक्र्याटहरुले ट्रम्प प्रशासनका गतिविधिलाई लिएर कडा टिप्पणी गरेका छन् ।

Advertisement

उनीहरुले ट्रम्प अमेरिकी सहायता एजेन्सी बन्द गर्न तथा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभ्लपमेन्ट (युएसएआईडी)लाई अमेरिकी विदेश विभागमा विलय गराउन उद्दत रहेको टिप्पणी गरेका हुन् ।

क्यानाडा र मेक्सिकोमाथि ट्यारिफ लगाउने प्रस्तावको समेत उनीहरुले विरोध गरेका थिए । यसैबीच, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओबाट अमेरिका बाहिरिएपछि विश्वभर सञ्चालित स्वास्थ्य आपतकालीन कार्यक्रम जोखिममा परेका छन् ।

डब्ल्यूएचओको बैठकमा प्रस्तुत गरिएको एक दस्तावेजले अमेरिका पुनः डब्लूएचओमा सामेल नभए मध्य पूर्व, युक्रेन र सुडानमा सञ्चालित पोलियो र एचआईभी कार्यक्रम बन्द हुने सक्ने जनाइएको छ ।

स्वास्थ्य आपतकालीन कार्यक्रमका लागि डब्लूएचओ अमेरिकामा निर्भर देखिएको छ । यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सहयोग कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको जवाफ दिएका छन् ।

उनले दक्षिण अफ्रिकाले अमेरिकी मुलका केही मानिसलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको भन्ने ट्रम्पको आरोपलाई अस्वीकार गरेका छन् । दक्षिण अफ्रिकामा गोरा किसानको सामूहिक हत्या र जग्गा कब्जा भइरहेको ट्रम्पको दाबीलाई राष्ट्रपति सिरिलले खण्डन गरेका छन् ।

सिरिलले सामाजिक सञ्जाल एक्समा दक्षिण अफ्रिका लोकतन्त्रिक देश रहेको र कानूनको शासन, न्याय र समानता रहेको भन्दै भूमि सुधार नीति र द्विपक्षीय हितका मुद्दाहरूमा ट्रम्प प्रशासनसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

उनले अमेरिका एक प्रमुख रणनीतिक राजनीतिक र व्यापार साझेदार भएको बेला मुख्य रुपमा एचआईभी÷एड्स राहत कार्यक्रमबाहेक दक्षिण अफ्रिकालाई महत्त्वपूर्ण रकम सहायता उपलब्ध नगराएको दाबी गरेको पनि खबरमा उल्लेख छ ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको पूर्ण अनुसन्धान नभएसम्म अमेरिकी कोषबाट हुँदै आएका र भविष्यमा हुने सबै सहायता कटौती गर्ने चेतानवी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top