×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भाडाको अमेरिकी ड्रोनले चीन–पाकको निगरानी गर्दैछ भारत

२२ माघ २०८१

२२ माघ ,विराटनगर।

पछिल्ला २ दशकमा अमेरिकाले कयौं सफल अपरेशन गरेको छ । यसको सफलताका पछाडी सबैभन्दा ठूलो हात रहेको छ उसका ड्रोनहरुको । जति पनि अपरेशनहरु खासगरी आतंकवादी संगठनहरुविरुद्ध चाहे अफगानिस्तान, यमन, वा सीरियामा अलकायदा र आइएसको सफाया गर्दा प्रीडेटर ड्रोनको सबैभन्दा ठूलो भूमिका रहेको छ ।

Advertisement
Advertisement

जसले हजारौं किलोमीटर पर बसेर टार्गेटमा नजर राख्थ्यो र सटीक मार हानेर जान्थ्यो । अब अमेरिकाको जस्तै ड्रोन प्रयोग गरेर भारतले पनि इंडियन ओशन रीजन र एलएसीमा चीन र पाकिस्तानका हर आतंकी ठेगानाहरुदेखि सैन्य अड्डासम्मलाई निशाना बनाउन सक्ने भारतीय मिडियाहरुले लेखेका छन् ।

उनीहरुका अनुसार अब भारतीय वायुसेनाले आफ्नो फाइटर जहाजलाई एलओसी पारी पठाउनु पर्ने छैन । अब यी काम ड्रोनले सजिलै गर्न सक्ने छ । यसका लागि भारत र अमेरिकाबीच ३१ एमक्यू ९ बी खरिदविक्रिका लागि सम्झौता भइसकेको छ । अब भारतले यी ड्रोनहरु सन २०२९ सम्म प्राप्त गर्नेछ ।

भारतीय नौसेनाले अहिले भने अमेरिकासंग २ वटा एमक्यू ९ बीलाई भाडामा लिएर प्रयोग गरिरहेको छ । गत सेप्टेम्बरमा एक एमक्यू ९ बी उडानपछि बंगालको खाडीमा क्र्यास भएको थियो । भारतीय नौसेनाका वरिष्ठ अधिकारीका अनुसार अमेरिकाले क्र्यास भएको ड्रोनको बदलामा नयाँ ड्रोन नौसेनालाई डेलिभर गरिसकेको छ ।

भारतीय मिडियाका अनुसार मात्रै तीन महिनाभित्र नै नयाँ एमक्यू ९ बी ड्रोन भारतीय नौसेनालाई अमेरिकाले दिएको हो । त्यसअघिको भने प्राविधिक खराबीले ड्रोन क्र्याश भएको हो । यो ड्रोनलाई निर्माता कंपनी जनरल एटोमिकसले अपरेट गरिरहेको थियो ।

रिपोर्टका अनुसार अपरेशन, प्राविधिक खराबी र मानवीय भूलका कारण अहिलेसम्म ८६ यस्ता ड्रोन क्र्याश भएका छन् । भारतले अमेरिकासंग एमक्यू ९ ड्रोनको एडभान्स्ड भर्जन किन्न लागेको हो । ३.९९ बिलियन अमेरिकी डलरको अनुमानित लागतमा भारतले ३१ एमक्यू ९ रिमोटली पायलटेड एयरक्राफ्ट और सम्बन्धित उपकरणहरुको खरीदको सम्झौता गरेको हो ।

एमक्यू ९ बी ड्रोन अमेरिकी कंपनी जनरल एटोमिकले बनाउँछ । यो प्रीडेटर ड्रोनको कयौं अलग अलग भर्जन छ र विभिन्न नामले पनि चिनिन्छ । जस्तो कि एमक्यू ९ रीपर, सी गार्डियन र स्काई गार्डियन । खासमा भारतले अमेरिकासंग ३१ एमक्यू–९ रीपर ड्रोन अर्थात प्रिडेटर ड्रोनको एडभांसड भर्जन किन्न लागेको हो ।

यसमध्ये १५ ड्रोन भारतीय नौसेनालाई, ८ स्थल सेना र ८ वायुसेनाले पाउँने भारतीय मिडियाले उल्लेख गरेका छन् । सबैभन्दा धेरै नौसेनालाई दिनुका पछाडी यसको निगरानीको क्षेत्र तीनै सेनामा सबैभन्दा धेरै भएकाले हो ।

तर भारतीय वायुसेना भने संसारकै चौथो शक्तिशाली रहेको छ । रक्षासम्बन्धी प्रतिष्ठित वेबसाइट ग्लोबल फायरपावर डट कमले हालै सार्वजनिक गरेको रिपोर्टमा भारतीय वायुसेना संसारकै चौथो रहेको उल्लेख छ ।

वायुसेनासँग रहेका लडाकु विमान, हेलिकोप्टर, अन्य सहयोगी विमानसहित कुल विमान सङ्ख्याका आधारमा उक्त रिपोर्ट निकालेको हो । ग्लोबल फायरपावरको रिपोर्टमा अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली वायुसेनाको रूपमा अग्रस्थानमा छ भने रुस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

हाल भारतसँग २ हजार २ सय ९६ वटा विमान रहेको जनाइएको छ । भारतपछि दक्षिण कोरिया र जापान क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । पाकिस्तान भने सूचीको सातौँ स्थानमा रहेको छ । आफ्नो शक्तिलाई थप बढाउन भारतले अहिले भाडामा लिएर २ वटा ड्रोनले काम चलाइरहेकोमा अवस्थामा अमेरिकासंग थप ३१ एमक्यू ९ बी किन्न लागेको हो ।

जून २०२३ मा प्रधानमंत्री नरेंद्र मोदीको अमेरीका भ्रमणअघि रक्षा खरीद परिषदले ३१ ड्रोन किन्न स्वीकृति दिएको थियो । भ्रमणका क्रममा अमेरिकामा यो डीलको घोषणा भएको थियो । मोदी र तत्कालिन अमेरीकी राष्ट्रपति बाइडनको भेटवार्तापछि बयान जारी भएको थियो ।

सो बयानमा भनिएको थियो कि एमक्यू ९ बी हाई अल्टिट्यूड लंग एंडोरेन्स ड्रोन भारतमा असेंबल गरिने छ । भारत सरकारले ३१ एमक्यू–९बी स्काई गार्जियन विमान र संबंधित उपकरणहरु पनि किन्ने भएको हो ।

यसमा १६१ एंबेडेड ग्लोबल पोजिशनिंग र इनर्शियल नेभिगेशन सिस्टम, ३५ एल ३ रियो ग्रांडे कम्युनिकेशंस इंटेलिजेंस सेंसर सूट, १७० एजीएम–११४ आर हेलफायर मिसाइलहरु, १६ एम ३६९ हेलफायर क्याप्टिभ एयर ट्रेनिंग मिसाइलहरु, ३१० जीबीयू–३९ बी÷बी लेजर साना डायमीटर खाले बम र ८ जीबीयू–३९ बी÷बी एलएसडीबी गाइडेड टेस्ट वाहनका साथ लाइभ फ्यूज पनि सामेल छन् ।

ग्राउंड कंट्रोल स्टेशनका अलावा टीपीई–३३१–१०–जीडी इंजन, एम २९९ हेलफायर मिसाइल लन्चर, केआईभी–७७ क्रिप्टोग्राफिक एप्लाइक्स र अन्य फ्रेंड एंड फो अर्थात आइएफएफ पनि यो डीलको हिस्सा हो ।

यो ड्रोन बनाउने कंपनी जनरल एटोमिकका अनुसार यो ड्रोन मात्रै २ ग्राउंड क्रूका माध्यमले सजिलैसंग अपरेट गर्न सकिन्छ । ५० हजार फिटको उचाईमा यसको अधिकतम रफ्तार ३०० मील प्रति घंटाको छ ।

एक पटकमा २७ घंटासम्म १९०० किलोमीटरसम्म लगातार उडान भर्न सक्छ । आफूसंग १७०० किलो भन्दा धेरै पेलोड लैजान सक्छ । मिशनका हिसाबले यसले एयर टू ग्राउंड हेलफायर मिसाइल, लेजर गाइडेड बम, एयर टू एयर स्ट्रिंगर मिसाइल पेलोडलाई सटीक लंच गर्न सक्छ ।

यसको खास कुरा भनेको यसलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा सी–१३० सुपर हरक्यूलिस र अन्य ठूला ट्रांसपोर्ट एयरक्राफ्टबाट मूभ गर्न सकिन्छ । गत ४ वर्षदेखि लीजमा लिएर भारतीय नौसेनाले यसको प्रयोग निगरानीका लागि गरिरहेको छ ।

Advertisement

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top