×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

शेरबहादुरको शरणमा गगन,अबको सभापति को ?

२३ माघ २०८१

२३ माघ ,काठमाण्डौ।

नेपाल कांग्रेसको आन्तरिक राजनीति फेरि तरंगित भएको छ। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उठेका गगन थापा १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट अत्यधिक मतसहित विजयी भए। तर, शेखर भने सभापति पदमा शेरबहादुर देउवासँग पराजित भए।

Advertisement
Advertisement

गगनको लक्ष्य १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने छ । शेखर समूहबाट सभापति पदमा उम्मेदवार बन्न नपाउने पक्का भए सँगै गगन शेरबहादुर देउवाको शरणमा गएका हुन् त ?उनले शेरबहादुर समूहबाट सभापतिको उम्मेदवार बन्ने मौका पाउने छन् ? कि उनी छुट्टै समूह बनाएर चुनावी मैदानमा आउँछन् ? आज हामी नेपाल टाइम्स अनलाइन टेलिभिजनमा यही विषयलाई केलाउने छौं ।

आफ्नो स्वार्थ पूरा गर्न समूह परिवर्तन गर्दै आएपछि कांग्रेस महामन्त्री गगन थापा र संस्थापन इतर समूहका शेखर कोइराला बीचको सहयात्रा दुई वर्ष बित्न नपाउदै संकटमा परेको छ । त्यसो त गएको प्रतिनिधि सभाको निर्वाचनजिते सँगै शेखर कोइराला शेरबहादुर सँग कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहन्थे ।

तर गगनको वाल हटका कारण समूह विभाजन गर्नु भन्दा आफूले त्याग गर्नु उचित हुने निचोडमा पुगेका शेखर गगनलाई उम्मेदवार बनाउन बाध्य भए । तर जे उद्देश्यका साथ शेखरले गगनलाई छोडेका थिए त्यो पुरा हुन नपाउँदै शेखरको हातबाट गगन फुत्किएका छन् ।

पार्टीको आसन्न १५औँ महाधिवेशनको चर्चा सुरु हुन नपाउँदै देउवाले इतर समूहमा रहेका डाक्टर शेखर र महामन्त्री बिचको सम्बन्धमा दरार उत्पन्न गराउन सफल भएका छन् । उनी यसको फाइदा १५ औँ महाधिवेशनमा उठाउने दाउमा छन् ।

उनी गगनलाई आफ्नो समूहमा ल्याउने, त्यसो गर्न नसके पनि कोइराला समूहबाट फुटाउने रणनीतिमा देखिन्छन् । गगनलाई आफ्नो समूहमा ल्याउँदा त्यहाँ रहेका धेरै नेता बाहिरिने खतरा पनि उतिकै रहेकाले देउवा अहिले गगनको विषयमा पर्ख र अघि बढ भन्ने रणनीतिमा रहेको देखिन्छ ।

केही नेताहरूले भने महामन्त्री थापाले अहिले नै देउवा क्याम्पबाटै आगामी नेतृत्वको आश्वासन पाएको अनुमान गर्दै सशङ्कित बनेका छन् । तर राजनीतिमा मौन र कुटिल शेरबहादुरले शेखर र गगनबीचमा खेलेर बिपीपुत्र समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने सम्भावना पनि उतिकै छ ।

१४औँ महाधिवेशनमा देउवासँग पराजित नेता शेखर पनि सभापति बन्ने लाइनमा देश दौडाहामा छन् । शेरबहादुर अहिले महामन्त्री गगन र नेता शेखर बीच ग्याप गराउन महामन्त्रीलाई नजिक्याउने र केही जिम्मेवारीहरू पनि दिन थालेका छन् ।

कांग्रेसलाई बिपीकै छत्रछायामा जिम्मा लगाएको भन्ने सन्देश दिन र पत्नी आरजु राणालाई पार्टीको उपसभापति वा महामन्त्रीमा व्यवस्थापन गर्न देउवाले यो रणनीति वनाएका हुन सक्ने अनुमान छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि देउवाको आर्शीवादमा सभापतिको उम्मेदवार बन्नका लागि दौडमा छन् ।

गगनलाई देउवाले नजिक्याए सँगै संस्थापन पक्षको कोर समूहमा रहेका मोहन बस्नेत, बालकृष्ण खाँण, एनपी साउद, डिना उपाध्यायलगायत नेताहरू अहिले शेखर कोइरालासँग नजिकिँदै गएको चर्चा बाहिर आउन थालेको छ ।

यदि गगन खुलेरै देउवा समूहमा गए भने त्यहाँबाट कोइराला समूहमा आउनेको सङ्ख्या अरू बढ्ने छ त्यस बेला कोइरालालाई आएका नेताहरूको व्यवस्थापन समस्या हुने पक्का छ । सही समय सही यवस्थापन भएन भने आउने नेताहरु पनि रोकिने र उनीहरूलाई बढी प्राथमिकता दिएमा पुराना आफ्नापक्षका नेताहरू बाहिरिने खतरा उत्तिकै हुनेछ ।

यता महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल गगन सँग नजिक त छन् तर गगन देउवा समूहमा गए भने उनीहरूले गगनलाई छोड्ने सम्भावना बढी छ । शर्मा र पौडेललाई कोइराला समूहमा ल्याइहाल्न उपसभापति धनराज गुरुङ, नेता मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सकारात्मक देखिएका छैनन् ।

उता, पूर्व महामन्त्री शशाङ्कले समेत देउवाको सहयोग भए आफू सभापतिहुन सक्छु भन्ने सोचका साथ अघि बढी रहेका छन् । काँग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधि पुत्र त्रय शशाङ्क, प्रकाशमान र विमलेन्द्र निधिले भेटवार्ता गरेका थिए ।

प्रकाशमानसिंह निवास चाक्सीबारीमा खाना खाएर राजनीतिक कुराकानी गरेका तीन नेताहरू आपसमा मिलेको सन्देश दिने उद्देश्यका साथ तस्बिर सार्वजनिक गरिएको थियो । यसले पनि डा. शशाङ्क सभापतिको दौडमा छन् भन्ने पुष्टि हुन्छ ।

तर देउवा निकटका केही नेताहरूले भने वर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई टिमको सभापतिबनाएर जानुपर्ने जोडमा लागि रहेका छन् । यदित् यसो भयो भने गगन छुट्टै समूह बनाएर चुनावी मैदानमा आउने तयारीमा छन् ।

अर्काेतर्फ कांग्रेसको १५ औँ महाधिवेशनको मिति त्यति सजिलै शेरबहादुरले तोक्लान् भन्ने कसैले पनि विश्वास गरी हाल्दैन । देउवा २०७८ मङ्सिरमा १४ औँ महाधिवेशनबाट सभापति पदमा दोस्रो कार्यकालकालागि निर्वाचित भए ।

कांग्रेसको विधानलाई हेर्ने हो भने २०८२ साल मंसिरभित्र १५ औँ महाधिवेशन हुनुपर्नेछ । तर विधानमा एक वर्ष बढाउन मिल्ने प्रबन्ध राखिएको छ । यस हिसाबले २०८३ मङ्सिर सम्म आफ्नो आयु बढाउन देउवा पछि पर्दैन भन्नेहरूको जमात ठूलो छ ।

पार्टीको विधानअनुसार अबको १५ औँ महाधिवेशनमा उनी सभापति पदमा उठ्न पाउँदैनन् । त्यसो भयो भने कांग्रेसको १५ महाधिवेशन २०८३ मा धकेलिने छ । तर यति बेला आएर संस्थापनपक्षका नेताहरू २०८४ सालमा आमनिर्वाचन रहेकाले त्यो निर्वाचन पछि मात्र १५ औँ महाधिवेशन गर्नु पर्ने तर्क राख्छन् ।

महाधिवेशनको जित–हारका कारण पार्टी भित्रहुने घात–अन्तर घातले ठूलो क्षति पु¥याउने उनीहरूको दाबी छ । तर संस्थापन इतरको कोइराला समूह यो कुरा मान्न तयार छैन । संविधानले साढे पाँचवर्ष भित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

यो हिसाबले २०८४ को जेठभित्र १५ औँ महाधिवेशन गर्न नसके कांग्रेस दलमाथि नै संवैधानिक संकटको प्रश्न उठ्ने छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top