NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

दिल्लीमा आज विधानसभा चुनावः जोगिएला आप सत्ता ?

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
दिल्लीमा आज विधानसभा चुनावः जोगिएला आप सत्ता ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ माघ , एजेन्सी ।

भारतको केन्द्रिय राजधानीसमेत रहेको दिल्लीमा आज ७० विधानसभा सिटका लागि चुनाव भइरहेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म हुने जनाइएको छ । चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ ।

यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्लीको चुनावमा ६९९ उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो । २०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो ।

लोकसभा चुनावमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दलहरू यसपटक एकअर्का विरुद्ध चुनाव लडिरहेका छन् । यसमध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन् ।

भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ भने भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी लेनिनवादी (सीपीआई–एमएल) ले २–२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् ।

भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ । गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । यसमा जनता दल–युनाइटेड (जेडीयू) ले बुरारीबाट आफ्नो उम्मेदवार उठाएको छ भने लोक जनशक्ति पार्टी–रामविलास (एलजेपी–आर) ले देवली सिटबाट आफ्नो उम्मेदवार उठाएको छ ।

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ३० सिटमा चुनाव लडिरहेको छ । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेका छन् ।

यसबाहेक बहुजन समाज पार्टी (बसपा) ले ७० सिटमा र असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले १२ सिटमा चुनाव लडिरहेको छ । यसैबीच सबै उम्मेदवारहरूको शपथपत्र जाँच गरेर एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर) ले प्रतिवेदन तयार पारेको छ ।

यस अनुसार करिब १९ प्रतिशत अर्थात् १३२ उम्मेदवारहरूको आपराधिक छवि छ । यीमध्ये ८१ जना विरुद्ध हत्या, अपहरण र बलात्कार जस्ता गम्भीर मुद्दा दर्ता छन् । १३ जना उम्मेदवारमाथि महिला विरुद्धको अपराधको आरोप छ ।

लोकसभा चुनावमा दिल्लीका ७ सिटमा आप र कांग्रेसले मिलेर चुनाव लडेका थिए । यसमा आम आदमी पार्टीले ४ र कांग्रेसले ३ लोकसभा सिटमा चुनाव लडेको थियो, तर भाजपाले सबै ७ सिट जित्यो ।

भाजपाले ५४.७ प्रतिशत मत पायो भने इन्डिया ब्लकले कुल ४३.३ प्रतिशत मत पायो । सबै सिटहरूमा जित र हारको अन्तर औसत १.३५ लाख थियो । लोकसभा चुनावको लगभग ९ महिनापछि दिल्लीको चुनाव हुन्छ तर यति छोटो समयमा मतदानको प्रवृत्तिमा ठुलो परिवर्तन देखिने गरेको छ ।

पछिल्ला दुई लोकसभा (२०१४ र २०१९) र दुई विधानसभा चुनाव (२०१५ र २०२०) को तथ्याङ्क अनुसार, दिल्लीमा लगभग १८ प्रतिशत स्विङ भोटरहरूले सत्ताको निर्णय गरिरहेका छन् । स्विङ भोटर वा फ्लोटिङ भोटर भनेको त्यस्ता मतदाता हुन् जो कुनै पनि दलसँग सम्बन्धित छैनन् ।

उनीहरू हरेक चुनावमा आफ्नो फाइदा र बेफाइदाका आधारमा फरक–फरक दललाई भोट दिन्छन् । सन् २०१४ मा पनि भाजपाले ७ वटै लोकसभा सिट जितेको थियो। यस अवधिमा, भाजपा ७० मध्ये ६० विधानसभा सिटमा अगाडि थियो।

जबकि २०१५ को विधानसभा चुनावमा भाजपाले केवल ३ सिट जित्न सक्यो भने आपले ६७ सिट जित्यो । त्यस्तै, २०१९ मा पनि भाजपाले सबै सात लोकसभा सिट जित्यो भने ६५ विधानसभा सिटमा अगाडि रह्यो।

तर २०२० को विधानसभा चुनावमा, आपले ६२ सिट जित्दा भाजपाले ८ सिट मात्र जित्यो । आपका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट चुनाव लड्दैछन् । उनको विरुद्ध दुई पूर्वमुख्यमन्त्रीका छोरा चुनावी मैदानमा छन् ।

भाजपाले १९९६ देखि १९९८ सम्म दिल्लीका मुख्यमन्त्री रहेका साहिब सिंह वर्माका छोरा प्रवेश वर्मालाई दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालको विरुद्धमा उम्मेदवार बनाएको छ। यता, कांग्रेस उम्मेदवार सन्दीप दीक्षित तीन पटक मुख्यमन्त्री बनेकी शीला दीक्षितका छोरा हुन् ।

मुख्यमन्त्री आतिशी कालकाजी सिटबाट दोस्रो पटक चुनाव लड्दै छिन् । पूर्वी दिल्ली लोकसभा अन्तर्गत पर्ने जंगपुरा सिटबाट पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया चुनाव लड्दै छन् । यद्यपि, २०१३ देखि उनी पटपडगञ्ज सिटबाट चुनाव लड्दै आएका छन्।

सिसोदियाले २०२० को चुनाव झिनो मतान्तरले जितेका थिए। गत चुनावमा आपका प्रवीण कुमारले यो सिट लगभग १६ हजार मतको अन्तरले जितेका थिए ।

Tags: #दिल्लीमा आज विधानसभा चुनाव#आम आदमी पार्टी

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.