×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

नेयमारको १२ वर्षपछि सान्तोसमा पुनरागमन

२४ माघ २०८१

२४ माघ , एजेन्सी ।

ब्राजिली फरवार्ड नेयमारले १२ वर्षपछि आफ्नो बाल्यकालीन क्लब सान्तोसमा पुनरागमन गरेका छन् । बुधबार ब्राजिलियन पाउलिस्ता च्याम्पियनसिपमा भएको बोटाफोगो विरुद्धको खेलमा उनी मैदान उत्रिएका थिए ।

Advertisement
Advertisement

उक्त खेल १–१ को बराबरीमा टुंगियो । उर्बानो काल्देइरा स्टेडियममा हजारौं समर्थकहरूले मोबाइलको प्रकाश बाल्दै उनलाई स्वागत गरेका थिए । ३३ औं जन्मदिन मनाउँदै गरेका नेयमार पहिलो हाफमा बेञ्चमै बसे र टिकिन्हो सोआरेसको पेनाल्टी गोलबाट सान्तोसले अग्रता लिएको अवस्थामा दोस्रो हाफमा मैदान प्रवेश गरे ।

तर, १६ महिनापछि भएको पहिलो खेलमा नेयमार दबाबमा देखिए । उनले बार्सिलोनामा पाँच वर्षसम्म आफूलाई विश्वका उत्कृष्ट खेलाडी बनाएका थिए । तर, सोही स्तरको खेल पुनः देखाउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।

६७औं मिनेटमा एलेक्जान्ड्रे डे जीससले बोटाफोगोका लागि बराबरी गोल गरे । त्यसको चार मिनेटपछि वालिसनले नेयमारमाथि फउल गर्दा रातो कार्ड पाए । तर, संख्यात्मक अग्रता लिएको सान्तोसले त्यसलाई अवसरमा बदल्न सकेन ।

खेलपछि नेयमारले भावुक हुँदै भने, ‘जब तपाईले कुनै चीजलाई माया गर्नुहुन्छ, त्यो भावनालाई व्यक्त गर्न शब्द पाउनु हुँदैन । म सान्तोसलाई धेरै माया गर्छु र आज यो मैदानमा पाइला टेक्दा महसुस भएको भावनालाई वर्णन गर्न सक्दिनँ।’

नेयमारले खेल कठिन भएको बताउँदै थपे, ‘म मेरो बुबासँग कुरा गरिरहेको थिएँ । मैले भने, यो गाह्रो खेल हो । उनीहरू कडा मार्किङ गर्दैछन् । बोटाफोगो डिफेन्समा बलियो टोली हो । उनीहरूले एउटा अवसर पाए र गोल गरे । मलाई अहिले धैर्य राखेर अभ्यास गर्न आवश्यक छ।’

नेयमारले गत अक्टोबरमा उरुग्वेविरुद्धको विश्वकप छनोट खेलमा बाँया घुँडाको एसिएलमा चोट बोकेका थिए । त्यसयता साउदी अरबको क्लब अल–हिलालमा सीमित सात खेल मात्र खेले । उनको सान्तोस फर्कने सम्झौताले करियरलाई पूर्ण चक्रमा ल्याएको छ ।

नेयमारले भने, ‘म फेरि त्यो गर्नेछु, जसलाई म धेरै माया गर्छु। अर्थात फुटबल खेल्ने।’ यता नेयमारको पुनरागमनलाई फुटबल विश्लेषकहरूले विभिन्न कोणबाट हेरिरहेका छन् । उनी सान्तोसमा फर्किने कारणहरुमध्ये एक ब्राजिलियन फुटबलको पुनरुत्थान रहेको कतिपयको बुझाई छ ।

हालका वर्षहरूमा ब्राजिलियन फुटबल खेलाडीहरू युवा अवस्थामै युरोपियन क्लबतर्फ आकर्षित हुने गरेका छन् । उनीहरू पैसा, अवसर, र सुविधाको लोभमा आफ्नो देशको लिग छोडेर विदेश जान्छन् ।

यसले ब्राजिलको घरेलु फुटबल लिगमा नकारात्मक प्रभाव पार्दै आएको छ । नेयमारको सान्तोस फर्किनुले ब्राजिलियन लिगको प्रवर्दनमा टेवा पुग्ने विश्वास गरिएको छ । यस्तै ब्राजिलका खेलाडीहरू युरोपका प्रतिस्पर्धात्मक लिगमा सहभागी हुँदा उनीहरूको मौलिक खेल्ने शैली प्रभावित भइरहेको छ ।

युरोपियन लिगहरू छिटो खेल्ने शैलीमा आधारित छन्, जसका कारण ब्राजिलियन खेलाडीहरू आफ्नो परम्परागत टेक्निकल र कलात्मक शैली बिस्तारै बिर्सिंदै गएका छन् । यसको प्रभाव ब्राजिलको राष्ट्रिय टिममा देखिएको छ, जसले २००२ यता कुनै पनि विश्वकप जित्न सकेको छैन ।

नेयमारको फर्किनुले युवा खेलाडीहरूलाई प्रेरणा दिने सम्भावना छ । यस्तै ब्राजिलले अहिलेसम्म भएका सबै विश्वकपमा सहभागिता जनाइसकेको छ, तर हालको विश्वकप छनौट चरणमा उसले संघर्ष गर्नु परिरहेको छ ।

ब्राजिल अहिले दक्षिण अमेरिकी छनौट अंक तालिकामा ५औँ स्थानमा छ । यदि उसको खराब प्रदर्शन जारी रह्यो भने प्लेअफ खेल्दै मात्र विश्वकपमा स्थान बनाउनुपर्ने अवस्था आउन सक्छ । यस्तोमा नेयमारको अनुभव र नेतृत्वले राष्ट्रिय टिमलाई पुनः मजबुत बनाउन सहयोग गर्न सक्छ ।

साथै, ब्राजिललाई विश्वकप जिताउँने नेयमारको सपना पनि छ । अर्को युरोप र मध्यपूर्वमा लामो समय बिताएपछि नेयमारलाई आफ्नो देश फर्किनुपर्ने महसुस भएको हुनसक्छ । उनले आफ्नै देशको फुटबलमा योगदान गर्न चाहना व्यक्त गरेका छन् ।

केही पूर्व ब्राजिलियन खेलाडीहरूले पनि पछिल्लो समयमा आफ्नो करियरको अन्तिम चरणमा स्वदेश फर्कने निर्णय लिएका थिए । यस्तै नेयमारको ब्राजिल फर्किनु केवल व्यक्तिगत निर्णय मात्र होइन, यसले सम्पूर्ण ब्राजिलियन फुटबलमा प्रभाव पार्नेछ । यदि अन्य शीर्ष खेलाडीहरूले पनि यस्तै निर्णय गरे भने ब्राजिलियन लिग फेरि पुरानै गौरवशाली अवस्थामा फर्कन सक्ने विश्लेषण गरिएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top