रोहित शर्माले सचिन र गेललाई पछि पारे,तोडियो कीर्तिमान

२७ माघ ८१, सोमबार

२८ माघ, एजेन्सी ।

भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल कटकमा ४ विकेटले जित्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ। भारतको जितका नायक ओपनर रोहित शर्मा रहे, जसले विस्फोटक शतक बनाएर टिमलाई सहज जित दिलाए।

इंग्ल्याण्डले पहिलो ब्याटिङ गर्दै ३०४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। इंग्ल्याण्डका जो रूटले ७२ बलमा ६९ रनको महत्वपूर्ण पारी खेले। योसँगै उनले एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डका लागि सर्वाधिक ५०भन्दा बढी स्कोर बनाउने खेलाडी बने।

Advertisement

यो उनको ५६औं ५० भन्दा माथिको स्कोर थियो, जसले पूर्व कप्तान इयोन मोर्गन (५५) को कीर्तिमान तोडे। भारतको इनिङमा रोहित शर्मा पूर्ण रूपमा हावी रहे। उनले मात्र ७६ बलमा आफ्नो शतक पूरा गरे।

यो उनको करियरकै दोस्रो छिटो शतक थियो। यसअघि उनले २०२३ को वल्र्ड कपमा अफगानिस्तानविरुद्ध ६३ बलमा शतक बनाएका थिए। रोहितले खेल अवधिमा अर्को कीर्तिमान पनि तोडे। उनले एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने सूचीमा क्रिस गेललाई उछिन्दै दोस्रो स्थानमा पुगे।

Advertisement

रोहितले ३३८ छक्का प्रहार गरिसकेका छन्, जबकि गेलको नाममा ३३१ छक्का थियो। यो सूचीमा पाकिस्तानका शाहिद अफ्रिदी ३५१ छक्कासहित शीर्ष स्थानमा छन्। यस खेलसँगै रोहित शर्मा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि माथि उक्लिएका छन्।

उनले अबसम्म १० हजार ९ सय ८७ रन बनाइसकेका छन् र उनले यस मामलामा राहुल द्रविड़ १० हजार ७ सय ६८ रनलाई पछि पारेका छन्। रोहितले ३० बलमा अर्धशतक पुरा गरे, जुन उनको करियरको तेस्रो छिटो अर्धशतक हो।

यसअघि उनले २०२२ मा बंगलादेशविरुद्ध २७ बलमा र २०२४ मा श्रीलंकाविरुद्ध २९ बलमा अर्धशतक बनाएका थिए। रोहित शर्मा अब भारतका लागि सर्वाधिक शतक बनाउने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा पुगेका छन्।

उनको नाममा ४९ अन्तर्राष्ट्रिय शतक छन्, जसले उनले राहुल द्रविड़ (४८ शतक) लाई पछि पारे। यो सूचीमा विराट कोहली (८१) र सचिन तेन्दुलकर (१००)सहित अगाडि छन्। तर ३० वर्ष उमेर पार गरेपछि सर्वाधिक शतक प्रहार गर्ने भारतीय खेलाडी अब रोहित शर्मा बनेका छन्।

उनको नाममा ३६ शतक छन्, जसले सचिन तेन्दुलकर (३५ शतक) लाई उछिनेको छ । इंग्ल्याण्डका जो रूटले आफ्नो एकदिवसीय करियरमा १६ शतक र ४० अर्धशतक बनाइसकेका छन्। इंग्ल्याण्डका लागि सर्वाधिक ५० भन्दा बढी स्कोर बनाउने खेलाडीहरूको सूचीमा इयान बेल (३९), जोस बटलर (३८) र केभिन पीटरसन (३४) पछाडि छन्।

इंग्ल्याण्डको ३०४ रनको लक्ष्यलाई भारतले रोहित शर्माको ११९ रनको शानदार इनिङको मद्दतले ६ ओभर बाँकी रहँदै पूरा गर्यो। शुभमन गिलले ६०, श्रेयस अय्यरले ४४, र अक्षर पटेलले अविजित ४१ रन बनाए।

रोहित शर्माको उत्कृष्ट प्रदर्शनकै कारण भारतले इंग्ल्याण्डविरुद्धको सिरिज २–० ले अगाडि छ । साथै, उनले एकै खेलमा धेरै कीर्तिमान पनि तोडेका छन् । उनले यसअघि आफ्नो खेललाई लिएर सन्न्यास लिनुपर्ने भन्ने तर्क गर्नेहरुलाई पनि गतिलो जवाफ दिएका छन् । अब अन्तिम खेलमा इंग्ल्याण्डलाई क्लिन स्विप गर्ने भारतको लक्ष्य हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top