गगनको समूहमा गएका थिए शेखर, इत्तर समूहमा भाँडभैलो

२८ माघ ८१, मंगलबार

२९ माघ , काठमाण्डौ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्रीका लागि एउटै समूह बनाएर लडेका शेखर कोइराला र गगन थापाबीच समूहको नेतृत्वको विषयलाई लिएर भाँडभैलो मच्चिएको छ । महामन्त्री गगन थापाको समूह परिवर्तनलाई लिएर सर्वत्र चासो बढी रहेका बेला कुनै स्थानमा बसेर रेकर्ड गराएको एउटा भिडियोमा गगनले समूह परिवर्तनका बारेमा मुख खोलेका छन्।

शेखरसमूहबाटै महामन्त्रीमा विजयी भएका गगन शेखर समूह छाडेर देउवा समूहतर्फ ढल्किएको आशंका भइरहेका बेला गगनले आफूले समूह नछाडेको भन्दै शेखर नै आफ्नो समूहका आएको बताएका छन् ।

सार्वजनिक भिडियोमा उनले भनेका छन्, ‘१४ औँ महाधिवेशनमा डाक्टर शेखर कोइराला सभापतिमा र महामन्त्रीमा लडेको हो । म त्यो समूहको केन्द्र हो । म अर्को कुनै समूहबाट आएको हैन। त्यो मैले बनाएको समूह हो । १४ औँ महाधिवेशनमा म सबै सभापतिकाउम्मेदवारहरुको महामन्त्रीको उम्मेदवार हो । फेरी १४ महाधिवेशनमा कुनै सभापतिले मलाई छानेको हैन् मैले छानेको हो । त्यसैले १४ औँ महाधिवेशनको समूह भनेको मेरो समूह हो भन्दै गगनले थपेका छन्, समूह मैले बदल्ने हैन,अरू कसैले बदल्ने हो । म त जहा छु त्यही छु । कोही नयाँ साथी जोडिँदै जाने कुरा भयो । त्यसैले मैले बनाएको समूह हो । त्यो मेरो समूह हो । कोही त्यस भित्र रहने कि नरहने त्यो उहाँका निजी कुरा भए । म पार्टीको महामन्त्री भएकाले सिङ्गो जिम्मेवारी छ । त्यो जिम्मेवारी निर्वाह गर्ने कोसिसमा छु । मैले आफ्नो कोसिस गर्ने नै भए । १५ औँ महाधिवेशनका बारेमा मैले सोचेको छैन । मेरो जिम्मेवारीमा रहेको सदस्यताको कुरा टुङ्गो लगाएपछि मात्र गर्ने कुरा भयो । यस पटक अधिवेशनको ६ महिना अघि सदस्यको विवाद टुङ्गो लगाई सक्ने प्रयास छ । पहिलाको जस्तो सदस्यको विवाद महाधिवेशनमा नदेखाऊ भन्ने हो । त्यो सकिएपछि १५ औँ महाधिवेशनमा कोको मिलेर गर्ने त्यही बेला छलफल गरौँला ।

Advertisement

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उम्मेदवार बनेका गगन थापा १४ महाधिवेशनमा आइ पुग्दा शेखर कोइराला समूहबाट महामन्त्री पदको उम्मेदवार बने ।

१३ औँ महाधिवेशनको हारको बदला लिँदै अत्यधिक मत सहित महामन्त्री त बने तर उनको समूहका शेखरले भने सभापतिमा शेरबहादुरसँग हार व्यहोर्नु प¥यो । उनले दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्दैगर्दा पनि शेखरलाई सभापतिका रुपमा अघि सार्ने समझदारी गरेका थिए ।

Advertisement

तर रात रह्यो अग्राख पलायो भनेजस्तै गगनको लक्ष्य १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने छ । शेखर समूहबाट सभापति पदमा उम्मेदवार बन्न नपाउने पक्का भए सँगै गगन शेरबहादुर देउवाको शरणमा गएका हुन भन्नेहरु पनि उत्तिकै छन् भने उनी छुट्टै समूह बनाएर चुनावी मैदानमा आउँछन् भन्नेहरूको संख्या पनि धेरै छ ।

यस्ता अनुमानहरुका बीचमा गगनले आफूले समूह नछाडेको र छाड्नै परे आफ्नो समूहमा आएकाहरुले छाड्नु पर्ने भन्दै शेखर कोइराला र उनको भनिएको समूहका नेताहरुका लागि आफ्नो अर्जुनदृष्टि सभापति रहेको र शेखरको साथमा नरहेको सन्देश दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top