रोनाल्डोविरुद्ध बलात्कारको आरोप, युवती भन्छिन्–३ लाख ७५ हजार डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरे

एजेन्सी,असोज १३
पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डाका समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । एक ३४ वर्षे महिलाले रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।

जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी छिन् । म्योग्राले सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।

रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न सम्झौता गरेको म्योग्राले बताएकी छिन् ।’उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’

Advertisement

यसअघि ‘फुटबल लिक्स’ नामक वेबसाइटमा यो खबर आएपछि रोनाल्डोले जबर्जस्ती नभएर आपसी सहमतिमा सम्बन्ध रहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top