यू–१९ एसिया कप : भारतद्धारा नेपालसामु ३ सय ५ रनको विशाल लक्ष्य प्रस्तुत्

एजेन्सी,असोज १३
बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल लक्ष्य दिएको छ ।

टस जितेर पहिले फिल्डिङ गरेको नेपालले खराब प्रदर्शन गर्दा भारतले विशाल योगफल तयार गरेको हो । भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ ।

भरतका लागि ओपनर यशस्भी जैसवाल शतक र मिडिल अडरका प्रभा सिमरन सिंहले उत्कृष्ट आक्रमक अर्ध शतक प्रहार गरे । ओपनिङ ब्याटिङ गर्न मैदानमा उत्रेका देभदत्त पडिक्कल र जैसवालले पहिलो विकेटका लागि १७ औँ ओभर सम्म ८३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाए ।

Advertisement

१७ औँ ओभरको अन्तिम बलमा भिम सार्कीले यी दुई जोडीको पाट्नरशिप ब्रेक गर्दिए । भिमले आफ्नो स्पेलको पहिलो ओभरमै पडिक्कललाई ४३ बलमा ३ चौका प्रहार गरेर खेली रहेको अवस्थामा एलपी डब्लुको धरापमा पार्दै ३० रनमा पेभिलिएनको बाटो देखाए ।

दोस्रो विकेटका रुपमा कप्तान पवन शाहलाई २२ ओभर १ बलमा भिमको हातबाट क्याच आउट गराउदै सन्दीप जोराले १३ रनमा आउट गरे ।

तेस्रो विकटका रुपमा ३५ औँ ओभरमा आउट हुनु अघि जैसवालले ११३ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०४ रन बनाए । जैसवाललाई रसिद खानले ३४ ओभर ५ बलमा भिम सार्कीको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काइ दिए ।

त्यस्तै पाँचौ विकेटका रुपमा भिम सार्कीले ४३ औँ ओभरमा पवन सराफको हातबाट क्याच आउट गर्दै आक्रमक ब्याटिङ गरि रहेका सिंहलाई ८२ रनमा आउट गरे ।

तर नेपालका लागि सिंहको विकेट लिन धेरै ढिला भई सकेको थियो । सिंह आउट हुँदा भारत ४३ ओभरमा २ सय ६३ को बलियो स्थितीमा पुगेको थियो । सिंहले ६१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाएका थिए । सिंह आउट भएसँग भारतको विकेट पनि नियमीत गुमेको थियो ।

त्यस्तै भारतका लागि आयुष बडोनी ३३, मोहित जन्ग्रा १९ र अजय गंगापुरमले १० रन बनाए । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै रसिद खान २, सागर ढकाल,कमल सिंह ऐरी,सन्दीप जोराले समान एक विकेट लिए ।नेपालले केहीबेरमा जवाफि ब्याटिङ थाल्ने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top