NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

स्ट्यान्ड–अप कमेडी र पोडकास्टमा अश्लीलताको सीमा पार ,परिवारसँगै हेर्न र सुन्नै नसकिने

बुधबार माघ ३० , २०८१
Reading Time: 1 min read
A A
स्ट्यान्ड–अप कमेडी र पोडकास्टमा अश्लीलताको सीमा पार ,परिवारसँगै हेर्न र सुन्नै नसकिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० माघ , काठमाण्डौ ।

डिजिटल युगसँगै मनोरञ्जनको स्वरूपमा ठूलो परिवर्तन आएको छ। विशेषगरी युट्युब, पोडकास्ट र स्ट्यान्ड–अप कमेडीले स्वतन्त्र अभिव्यक्तिलाई प्राथमिकता दिँदै दर्शकलाई नयाँ किसिमको सामग्री उपलब्ध गराइरहेका छन्। तर, पछिल्लो समय यी माध्यमहरू अश्लीलता, भद्दा मजाक र परिवारसँग बसेर हेर्न नसकिने सामग्रीहरू उत्पादन गर्ने थलो बन्दै गएकोमा गम्भीर चिन्ता उठ्न थालेको छ।

भारतका चर्चित युट्युबर तथा पोडकास्टर रणवीर इलाहाबादिया ले इण्डियाज गट लेटेन्ट india’s Got Latent शोमा प्रतियोगीलाई सोधेको आपत्तिजनक प्रश्नले फेरि एकपटक डिजिटल मनोरञ्जनको नैतिक सीमाबारे बहस जन्माएको छ।

LS Auto

डिजिटल मिडियामा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ, तर यसको अर्थ सामाजिक मर्यादा भत्काएर केही पनि बोल्न पाइन्छ भन्ने होइन । मनोरञ्जनका नाममा नैतिकता, संस्कृति र पारिवारिक मूल्य बिर्सनु भनेको समाजको मूलभूत संरचनामाथि नै प्रश्न उठाउनु हो।

रणवीर इलाहाबादियाले शोमा प्रतियोगीलाई आमाबाबुको यौन सम्बन्धसँग जोडिएको आपत्तिजनक प्रश्न सोध्दा यो स्वतन्त्रताको नाममा गैर–जिम्मेवार अभिव्यक्तिको उदाहरण बनेको छ। पोडकास्ट, स्ट्यान्ड–अप कमेडी र युट्युब जस्ता माध्यमहरू प्रभावशाली छन्।

तिनले समाजलाई सूचना, प्रेरणा र हाँसोसँगै मनोरन्जन दिन्छन्। तर, जब यी माध्यमहरूमा भद्दा जोक्स, अनावश्यक सेक्सुअल ह्यूमर र अश्लील सामग्री प्रमुख बन्न थाल्छन्, त्यसले दर्शकलाई मात्र होइन, सम्पूर्ण डिजिटल संस्कृतिलाई नै असर गर्छ।

यो समस्या केवल भारत वा रणवीर इलाहाबादियासँग मात्र सीमित छैन् । नेपालमा पनि स्ट्यान्ड–अप कमेडीको नाममा व्यक्तिगत जीवन, लिंग, जाति वा शारीरिक बनावटमाथि आधारहीन मजाक गर्ने क्रम ह्वातै बढ्दो छ । द्वीअर्थी लाग्ने शब्द र डाइलग मात्रै समेटिएका स्ट्यान्ड–अप कमेडीहरु परिवारका सदस्यहरु एक साथ बसेर हेर्न सकिने अवस्था रहेको छैन् ।

एक समय थियो,जब टेलिभिजन कार्यक्रमहरू परिवारसँग बसेर सहजै हेरिन्थ्यो। एक साथ परिवार बसेर टेलिभिजन कार्यहरु दिनहुँ हेरिन्थ्यो तर, डिजिटल मनोरञ्जनमा यस्ता सामग्रीहरू हावी हुँदै गएका छन्, जुन आमाबुबा वा परिवारसँग बसेर हेर्न असहज मात्र होइन लाजले मुख छोप्नु पर्ने अवस्था सृजना हुने गरेको छ ।

अश्लील जोक्स, अभद्र भाषा,यौन सम्बन्धी अनावश्यक ह्यूमर यी सबै युट्युब, स्ट्यान्ड–अप कमेडी र पोडकास्टमा सामान्य बन्न थालेका छन् । युट्युब र ओटीटी प्लेटफर्ममा सेन्सरबिहीन स्वतन्त्रता भएकोले यस्ता सामग्री निर्माताहरूले “दर्शकलाई जे मन पर्छ, त्यही दिने“ नीतिलाई नै आफ्नो व्यापार मोडल बनाएका छन्।

डिजिटल मिडिया अहिलेको पुस्ताका लागि प्रमुख सूचना र मनोरञ्जनको स्रोत हो। त्यसैले सामग्री निर्माता, प्लेटफर्म व्यवस्थापक र दर्शक सबैको समान जिम्मेवारी हुन्छ कि साहित्यिक, हास्यप्रद र शिक्षाप्रद सामग्रीलाई प्राथमिकता दिइयोस् ।

रणवीर इलाहाबादियाको घटनाले हामीलाई डिजिटल प्लेटफर्ममा बढ्दै गएको अश्लीलता र भद्दा सामग्रीप्रति पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको डिजिटल युगमा ‘के बोल्ने’ र ‘के नबोल्ने’ भन्ने प्रश्न केवल कलाकार वा युट्युबरको मात्र नभएर सम्पूर्ण समाजको साझा जिम्मेवारी हो ।

रणवीर इलाहाबादियामाथि अहिले भारतीय सर्वसाधारणदेखि बलिउड कलाकारहरु खनिएका छन् । कतिपयले उनलाई बहिष्कार गर्नुपर्ने माग राखेका छन् भने केहीले कानुनी कारबाहीको माग गरेका छन् । भारतका ख्यातिप्राप्त लेखक जावेद अख्तर, अभिनेता आमिर खान र वरुणले स्ट्यान्ड–अप कमेडी तथा डिजिटल कन्टेन्टमा बढ्दो अपशब्द प्रयोग र अश्लीलताको आलोचना गरेका छन्।

जावेद अख्तरले भनेका छन्, “गाली भाषाको खुर्सानी हो“ उनले भनेका छन्, “ओडिशा, बिहार वा मेक्सिको जस्ता गरिबी बढी भएका ठाउँमा खानामा स्वाद बढाउन धेरै खुर्सानी हालिन्छ। गाली भनेको भाषाको खुर्सानी हो। यदि तपाईं राम्रो भाषा प्रयोग गर्न सक्नुहुन्छ र तपाईं साँच्चै चतुर हुनुहुन्छ भने, तपाईंलाई यो खुर्सानीको आवश्यक पर्दैन।“

अभिनेता वरुणले शोप्रति युवा पुस्ताको आकर्षणबारे चर्चा गरेका थिए। तर, उनले शोमा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका थिए।उनले भनेका छन्, “म शोमा जाँदा रमाउने थिएँ, तर शो नै विवादमा फस्न सक्थ्यो। यसरी बढी दर्शक तान्ने खालको हास्य शैली कहिलेकाहीँ क्रसफायर (विवाद) बन्छ।“

आमिर खानको पुरानो भनाइ अहिले पुनः चर्चामा सन् २०१५ मा अभिनेता आमिर खानले AIB Roast कार्यक्रमको आलोचना गरेका थिए। उनले भनेका थिएः “यदि तपाईं २५ वटा गाली बोलेर मलाई प्रभावित पार्न खोज्दै हुनुहुन्छ भने, म त्यो उमेरभन्दा धेरै अघि बढिसकेको छु। म १४ वर्षको किशोर होइन कि गाली सुनेर हाँसुँ। यदि तपाईं मलाई हसाउन चाहनुहुन्छ भने, कसैलाई अपमान नगरी हास्य सिर्जना गर्नुहोस्। म त्यसलाई रमाइलो मान्नेछु।“

यस्तै भारतीय अभिनेता अन्नू कपूरले ओटीटी प्लेटफर्ममा बढ्दो अश्लीलता र भद्दा मजाकप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्,“ओटीटीमा काम गर्नेहरू पहिले टेलिभिजनमा संयमित थिए, तर अहिले दर्शकले के चाहन्छन् भन्ने राम्रोसँग बुझेका छन्।

यदि अश्लीलता नै माग भयो भने उनीहरू आपूर्ति गर्न तयार छन्। यो सबै माग र आपूर्तिको खेल हो।“ गायक बी प्राकले रणवीर इलाहाबादियासँगको आफ्नो पोडकास्ट शो रद्द गर्ने निर्णय गरेका छन्। स्ट्यान्ड–अप कमेडियन सुनील पालले पनि रणवीर इलाहाबादिया र समय रैनाको आलोचना गर्दै भनेका छन्, “यस्ता व्यक्तिहरूलाई स्ट्यान्ड–अप कमेडियन भन्नु नै वास्तविक कमेडीको अपमान हो। तिनीहरू अशिक्षित छन् र आतंककारी सरह व्यवहार गरिनु पर्छ।“

यस्तै शक्तिमान अभिनेता मुकेश खन्नाले “यसले अभिव्यक्ति स्वतन्त्रताको शक्तिको दुरुपयोग गर्न आज हाम्रो देशका युवाहरूलाई दिइएको अनुचित स्वतन्त्रताको प्रतिबिम्बित गरेको भन्दै यसलाई हल्का रूपमा लिन नहुने बताएका छन् ।

उनले भविष्यमा मानिसहरूलाई यस्तो अश्लील र गैरजिम्मेवारपूर्ण बयान दिनबाट निरुत्साहित गर्न अपराधीहरूलाई कडा सजाय दिनुपर्ने बताएका छन् । उनले भनेका यस्ता मानिसलाई छन्, अनुहारमा कालोमोसो दलेर गधामाथि चढाएर शहर घुमाउनु पर्दछ ।

उनको अभिब्यक्ति राष्ट्रिय विवादको रूपमा फैलिन थालेपछि इलाहाबादियाले “कमेडी मेरो क्षेत्र होइन“ भन्दै निर्विवाद माफी मागेका छन् । रणवीर इलाहाबादिया र रैना विरुद्ध एफआईआर दर्ता गरिएको छ। भारतीय संसदको सूचना प्रविधि समितिले उनीहरूलाई नोटिस पठाउने तयारी गरिरहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यस्तै भारतको महिला आयोगले रणवीर इलाहाबादिया , समय रैना र अन्य केही व्यक्तिहरूलाई फेब्रुअरी १७ मा सोधपुछका लागि बोलाएको छ। यसअघि आयोगले यी युट्युबरहरूलाई शोमा गरेको अभद्र टिप्पणीबारे स्पष्टिकरण माग गरेको थियो ।

महिला आयोगले रणवीर इलाहाबादिया, समय रैना, अपूर्व माखिजा, जसप्रीत सिंह, आशिष चंचलानी लगायतका युट्युबरहरूलाई सोधपुछका लागि बोलाएको छ। साथै, शोका निर्माता तुषार पूजारी र सौरभ बोध्रा लाई पनि सोधपुछ गर्ने बताएको छ ।

कमेडी एक संवेदनशील विषय हो र कतिपय मजाक दर्शकहरूलाई मन पर्दैन, यसले उल्टै विवाद निम्त्याउन सक्छ। यस्ता घटना नेपालमा समेत घटिसकेका छन् । यसैले त सरकारले सामाजिक संजालको नियमन गर्नका ल्याएको विधेयकमा सामाजिक संजालमा लाइक सेयर र ट्याग गरेकै आधारमा जेलसहित लाखौं जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मनोरञ्जन केवल हाँसोका लागि होइन, यो समाजको ऐना पनि हो। अझ पछिलल्लो समय प्रभावकारी र विश्वशनीय बनिरहेको डिजिटल प्लेटफर्ममै दर्शकको मागका नाममा अश्लीलता र असभ्यता बढाउने प्रवृत्ति बढ्दै गर्दै यो दीर्घकालीन रूपमा हानिकारक त हुन्छ नै यसले प्रतिबन्धसम्मको अवस्थामा पुर्याउन सक्छ ।

त्यसैले, डिजिटल मिडियामा नैतिकता, मर्यादा र सामाजिक चेतनाको सन्तुलन अनिवार्य छ। हामीलाई स्वतन्त्रता चाहिन्छ, तर त्यो जवाफदेवी अर्थपूर्ण र जिम्मेवार पनि हुनुपर्दछ ।

Tags: #स्ट्यान्ड–अप कमेडी#पोडकास्ट#india’s Got Latent#पोडकास्टर रणवीर इलाहाबादिया

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.