३० माघ , विराटनगर ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका हुन् । तर अहिले अमेरिकी प्रशासन वा अमेरिकी नेतृत्व भन्नासाथ डोनाल्ड ट्रम्प र एलन मस्कको जोडी बुझ्न थालिएको छ । यहाँसम्म कि एलन मस्कमाथि स्टेट क्याप्चर गरेको भन्ने सम्मको आरोप लाग्न थालेको छ ।
जसको खण्डन दुवैले गर्नु परेको छ । टाइम म्यागाजिनले त ट्रम्पको अफिस टेबलमा मस्क बसेको कभर फोटो नै छापेको छ । मस्कमाथि यस्तो आरोप लाग्नुका पछाडी उनलाई ट्रम्पले राज्य संयन्त्रहरुमा अधिक अधिकारसहितको पहुँच दिएकाले नै हो ।
हालै ट्रम्पले मस्कलाई अमेरिकी सरकारको विभिन्न विभागहरुमा दखल दिने अनुमति दिएका छन् । जसले अमेरिकको विशाल सरकारी संयन्त्रलाई प्रभावित बनाएको छ । ट्रम्पले मस्कलाई विशेष सरकारी कर्मचारीका रुपमा नियुक्त गरेका छन् र उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले मस्कलाई थप अधिक अधिकारहरु दिएको छ ।
यो आदेशले सरकारी एजेन्सीहरुलाई मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी(डज)लाई सहयोग गर्न र आदेशहरु मान्न र विशेषगरी कर्मचारीहरुको संख्या कटौती गर्नका लागि बाध्य पार्छ। यसमा निकै आलोचना भइरहेको छ ।
तर मस्कले एक इन्टभ्युमा यो आलोचनाको जवाफ दिएका छन्, उनले भने कि मानिसहरुले सरकारलाई ठूलो सुधारका लागि भोट दिएका छन् । यस्तोमा केही एक्पर्ट्सले भने एलन मस्कका यी कदमहरुलाई एक क्रान्ति मान्न सकिने बताएका छन् ।
किनभने उनले सरकारको डिजिटल ढाँचालाई आफ्नो नियन्त्रणमा लिइरहेका छन् । यद्यपि यो परिभाषा सही होइन । क्रान्तिको सामान्य परिभाषा एक यस्तो प्रयास हो जसमा सैन्य वा राज्यका अन्य शक्ति समूहले संविधानका विपरित सत्ता कब्जा गर्छन ।
तर यहाँ त मस्क र ट्रम्प यो काममा साथै छन् । यस्तोमा एलन मस्कको कामलाई अधिक सटिक रुपमा स्टेट क्याप्चरका रुपमा लिन सकिन्छ । यसको मतलब हो कि राजनीतिक र कर्पोरेट एलिट्सले सरकारका स्रोतसाधनमा अधिकार जमाउँछन् र त्यसलाई आफ्नो नीजि हितका लागि प्रयोग गर्छन ।
यो प्रक्रिया पहिला विभिन्न देशहरुमा देखिसकेको छ, जस्तो कि इन्डोनेसिया, हंगेरी, नाइजेरिया, रुस, श्रीलंका र दक्षिण अफ्रिका । स्टेट क्याप्चरमा राजनीतिक र कर्पोरेट शक्तिहरुले सरकारी संस्थाहरु, सूचना प्रणालीहरु र नीति निर्धारण प्रक्रियाहरुमा कब्जा गर्छन् ।
त्यसपछि यी शक्तिहरुको प्रयोग गरेर उनीहरुले नीजि हितहरुका लागि नियमहरु बनाउँछन्, लागू गर्छन् निर्णय लिन्छन् र संसाधनहरुको वितरण गर्छन् । यसले आम नागरिकहरुको हित हुनुको साटो केबल उनीहरुको व्यक्तिगत र राजनीतिक लाभ पुरा गर्छ ।
नेपालमा पनि बेला बखत प्रतिपक्षमा रहेकाहरुले सत्तारुढमाथि सर्वसत्तावाद लादेको वा राज्य संयन्त्र कब्जा गरेको भन्दै आरोप लगाउँने गरेका छन् । यस्तोमा मस्कले लगातार अमेरिकी सरकारविरुद्ध गरिरहेको आक्रमणले अमेरिकी नागरिकहरुलाई यसको गम्भीर परिणाम भोग्नु पर्ने हुनसक्छ ।
सबैभन्दा पहिलो कुरा त जब अनुभवी सरकारी कर्मचारीलाई हटाइन्छ, सरकारी अनुबन्ध रद्य गरिन्छ र संवेदनशीत सूचना प्रणालीहरुसम्म पहूँच बढाइन्छ भने त यसको असर अमेरिकी नागरिकहरुको जीवनमा देखिने छ ।
स्टेट क्याप्चरको मतलब यो पनि हो कि ट्रम्प प्रशासनका नीतिहरुमा कम जवाफदेहिता हुनेछ । जब कँग्रेस र स्वतन्त्र निगरानीको कमी हुन्छ तब आर्थिक लाभका वितरणमा महत्वपूर्ण निर्णय बन्द ढोका पछाडी गरिन्छ ।
यसको अलाबा, स्टेट क्याप्चर भ्रष्टाचारबाट अछुतो हुनेछैन । यसैपनि मस्कको सल्लाहमा चलेका ट्रम्पले अन्य देशहरूमा अमेरिकी सामानमा लगाएको ट्यारिफ (कर)को बराबरी गर्ने घोषणा अमेरिकी उपभोक्ताका लागि महँगो पर्न सक्ने देखिएको छ ।
अमेरिकाले विदेशबाट धेरै सामान आयात गर्छ । किनभने कतिपय उत्पादन अमेरिकामा भन्दा सस्तो हुन्छ वा अमेरिकामा ति सामग्रीहरुको उत्पादन हुँदैन । कुनै अवस्थामा एउटा मात्र देशले केही विशेष सामान उत्पादन गर्छ ।
ट्रम्पका पूर्ववाणिज्य सचिव विल्बर रसलेका अनुसार ट्रम्पको पहिलो कार्यकालमा अस्ट्रेलिया मात्र ‘ग्रीन स्टील’ उत्पादन गर्ने देश थियो । यसले गर्दा ट्रम्प प्रशासनले अस्ट्रेलियालाई स्टील करमा छुट दिएको थियो ।
यदि छुट नदिइएको भए अमेरिकी उपभोक्ताले ग्रीन स्टीलका लागि २५% बढी तिर्नु पथ्र्यो । ट्रम्पको नयाँ ट्यारिफ नीतिले यस्तो छुट दिँदैन । जसले गर्दा अमेरिकी उपभोक्ताहरू बढी मूल्य तिर्न बाध्य हुनेछन् ।
केही सामानहरू अमेरिकामा उत्पादन हुँदैनन् । जस्तै मेडिकल पञ्जा अमेरिकामा उत्पादन हुँदैन । यी पञ्जाहरु दक्षिणपूर्वी एसियाली देशहरूमा धेरै सस्तोमा उत्पादन हुन्छ । त्यस्तै माइक्रोवेब र लुगाधुने मेशिन जस्ता उपकरणहरूमा प्रयोग हुने रेसिस्टर र क्यापासिटर जस्ता साना पूर्जाहरू पनि अमेरिकामा उत्पादन हुँदैन ।
त्यसैले यस्ता सामानको मूल्य अमेरिकामा अस्वभाविक रुपमा बढ्न सक्छ । युरोपेली कारहरूमा पनि करले ठूलो असर गर्नेछ । हाल अमेरिकाले युरोपेली कारहरूमा २.५ प्रतिशत कर लगाउँछ भने युरोपेली संघले अमेरिकी कारहरूमा १०% ट्यारिफ लगाउँछ ।
तर, ट्यारिफ बराबरको नीतिमा जाने हो भने युरोपेली कारमा अमेरिकाले पनि थप कर लगाउने छ । जसले गर्दा अमेरिकामा युरोपेली कारहरुको मूल्य वृद्धि हुन जान्छ । यदि अन्य देश ट्रम्पको उद्देश्य अनुसार सम्झौता गर्न सहमत हुन्छन् भने ट्रम्पले ट्यारिफ लागू गर्न ढिला गर्न सक्छन् ।
तर, ट्रम्प सम्झौताको ‘मुड’मा देखिएका छैनन् । लोकप्रिय मेक्सिकन बियर मोडेलो र कोरोना अमेरिकी ग्राहकहरूका लागि अझ महँगो हुन सक्ने छ । ती बियर आयात गर्ने अमेरिकी कम्पनीले बढेको आयात कर अनुसार मूल्यमा वृद्धि गर्दा यसको प्रभाव उपभोक्तामा पर्ने छ ।
अमेरिकी उपभोक्ताले मूल्य वृद्धिको सामना गर्न सक्ने एउटा फलफूल एभोकाडो हो । मेक्सिकोमा उत्पादन हुने एभोकाडोले हरेक वर्ष अमेरिकी बजारको झन्डै ९० प्रतिशत हिस्सा ओगट्छ । भन्सार कर लागू भएमा एभोकाडो साथै ग्वाकामोले जस्ता लोकप्रिय एभोकाडो आधारित परिकारहरूको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुन सक्छ ।
त्यस्तै अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यमा पनि मूल्य वृद्धिको जोखिम छ । किनकी क्यानडा अमेरिकाको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता हो । गत वर्ष जनवरीदेखि नोभेम्बरसम्म अमेरिका आयात भएको तेलमध्ये ६१% क्यानडाबाट आएको थियो ।
अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार कर लगाएको छ, तर ऊर्जामा भने कम दर अर्थात् १० प्रतिशत कर लागु गरिएको छ । यस्तोमा एलन मस्कले नै एक यस्तो चेतावनी दिएका छन्, जसले ट्रम्पको टेन्सन बढाएको छ ।
उनले यदी अमेरिकाले आफ्नो बजेट घटाएन भने देश टाट पल्टिने चेतावनी दिएका छन् । डजका मुखियाले मंगलबार व्हाइट हाउमा ट्रम्पकै साथमा भएको एक प्रेस कन्फ्रेन्समा यस्तो चेतावनी दिएका हुन् ।
मस्कले खासगरी देशको बढ्दो बजेट घाटाको विषयमा चिन्ता जाहेर गरेका छन् । जुन गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरसम्म पुगेको थियो । उनले भने, कि संघिय खर्चहरुमा कमी कुनै विकल्पमात्रै होइन बरु अनिवार्यता बनिसकेको छ ।
तर ट्रम्प प्रशासनको यो कडा अर्थ नीतिहरु कानूनी विवादहरुमा फस्दै गएको छ । ट्रम्पले हालैका साताहरुमा कयौं कार्यकारी आदेशहरु जारी गरेका छन् जसको उद्येश्य सरकारी खर्चहरु कम गर्नु हो । तर उनका ती नीतिहरुले कयौं संघीय एजेन्सीहरु या त बन्द भएका छन् या त्यसमा रहेका कर्मचारीहरुलाई घर फिर्ता पठाइएको छ ।
यसका कारण अमेरिकी कयौं अदालतहरुमा ट्रम्पका यी निर्णयहरुलाई चुनौती दिइएको छ । विपक्षी नेताहरु र सामाजिक संस्थाहरुले यसलाई अवैध, सत्ताको दुरुपयोग भनेका छन् र ट्रम्प प्रशासन विरुद्ध मुद्या हालेका छन् । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।