×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्याय नपाएपछि मोरङ प्रहरी कार्यालय अगाडि आफन्तको धर्ना

१३ आश्विन २०७५

विराटनगर,असोज १३

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा चिकित्सक शौरभ उप्रेतीको मृत्यु प्रकरणमा गहन अनुसन्धान गरी न्याय दिलाउन माग गर्दै परिवार र आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् ।

Advertisement

साउन १६ गते सुतेकै अवस्थामा बारा कोल्भी नगरपालिका ८ का उप्रेती कोठामै मृत अवस्थामा भेटिएका थिए । आफन्तले आत्महत्या नभएर उनको हत्या भएको दाबी गरेका छन् ।

घटना रहस्यमय बनेको भन्दै थप अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गरेका छन् । मृतककी बहिनी सोनु उप्रेतीले घटनाको छानबिनमा प्रहरीले गम्भीरता देखाउनु पर्ने बताए ।

आफन्त र प्रणामी युवा परिषदले आज जुलुस र त्यसपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका हुन् । मृतकका आफन्त उदय सापकोटाले दुई महिनापछि शुक्रबार मात्रै प्रहरीले उप्रेतीसँगै बस्ने कुबेरसिंह थापा विरुद्ध किटानी जाहेरी लिएको बताए ।

पोस्टमार्टमको रिर्पोटमा समेत ‘स्ट्राङ्गुलेसन मल्टीपल लिगेचर माक्र्स’ देखिएकोले अनुसन्धान हुनुपर्ने उनले बताए । आफन्तले प्रहरीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

Advertisement

यता आरोपित दुई चिकित्सक कुबेरसिंह थापा र अर्का सहपाठी सप्तरीका शत्रुधन साहले घटनामा आफूहरुको कुनै संलग्नता नरहेको बरु उप्रेती परिवारले कुनै ठोस प्रमाणको आधार बिना नै आफूहरुको भविष्य बर्बाद पारिदिने गरी हत्यारा बनाउन खोजेको दाबी गरेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top