२ फागुन , काठमाण्डौ ।
आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ। नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ ।
यो हरेक वर्ष अंग्रेजी महिनाको १४ फेब्रुअरीमा मनाइन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउदै आएका छन् । भ्यालेन्टाइन सप्ताह प्रेम सप्ताह फेब्रुअरी ७ देखि सुरु भएपनि मुख्य दिन भने १४ फेब्रुअरीमा पर्छ ।
साताभर युवा युवतीहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन् । पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दिन्छन् ।
रोज डे जोडीहरूको लागि मात्र होइन, यो मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि हो । यसले हामीलाई साना कुराहरूले पनि सम्बन्धलाई बलियो बनाउँछ भन्ने सिकाउँछ । गुलाफलाई प्रेम, मित्रता र भावनाको प्रतीक मानिन्छ।
त्यब्स कारण, गुलाफको प्रत्येक फरक रंगको फरक महत्त्व हुन्छ र फरक भावनाहरूको प्रतिनिधित्व गर्दछ । रातो गुलाफले साँचो प्रेमको प्रतिनिधित्व गर्दछ, सेतो गुलाफले शान्ति र नयाँ सुरुवातको प्रतिनिधित्व गर्दछ, पहेँलो गुलाफले मित्रता र खुसीको प्रतिनिधित्व गर्दछ, गुलाबी गुलाफले कृतज्ञता र प्रशंसाको प्रतिनिधित्व गर्दछ र सुन्तला रङको गुलाफले जोस, उत्साह र आकर्षणको प्रतिनिधित्व गर्दछ ।
१४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । पश्चिमा संस्कृति र परम्पराले गाँजेको हाम्रो मुलुकमा पश्चिमा संस्कृतिका थुप्रै पर्वहरु उत्साहका साथ मनाइन्छन् ।
त्यसमध्येको एक हो प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । आज १४ फेब्रुअरी मा हरेक वर्ष भ्यालेन्टाइन डे विश्वभरका युवायुवतीहरुले एक आपसमा प्रेम साटासाट गर्दै मनाउने गर्दछन् । संसारभर लोकप्रिय भ्यालेन्टाइन डे एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ ।
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले । पादरीले बिहे गराइ दिएको खबर सम्राटसम्म आइपुग्यो र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो ।
अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो ।
उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ ।
बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् ।
प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ । विश्वका केही मुलुकहरूमा भने भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।