×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज Valentine’s day ,कसरी सुरु भयो ?

२ फाल्गुन २०८१

२ फागुन , काठमाण्डौ ।

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ। नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ ।

Advertisement
Advertisement

यो हरेक वर्ष अंग्रेजी महिनाको १४ फेब्रुअरीमा मनाइन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउदै आएका छन् । भ्यालेन्टाइन सप्ताह प्रेम सप्ताह फेब्रुअरी ७ देखि सुरु भएपनि मुख्य दिन भने १४ फेब्रुअरीमा पर्छ ।

साताभर युवा युवतीहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन् । पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दिन्छन् ।

रोज डे जोडीहरूको लागि मात्र होइन, यो मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि हो । यसले हामीलाई साना कुराहरूले पनि सम्बन्धलाई बलियो बनाउँछ भन्ने सिकाउँछ । गुलाफलाई प्रेम, मित्रता र भावनाको प्रतीक मानिन्छ।

त्यब्स कारण, गुलाफको प्रत्येक फरक रंगको फरक महत्त्व हुन्छ र फरक भावनाहरूको प्रतिनिधित्व गर्दछ । रातो गुलाफले साँचो प्रेमको प्रतिनिधित्व गर्दछ, सेतो गुलाफले शान्ति र नयाँ सुरुवातको प्रतिनिधित्व गर्दछ, पहेँलो गुलाफले मित्रता र खुसीको प्रतिनिधित्व गर्दछ, गुलाबी गुलाफले कृतज्ञता र प्रशंसाको प्रतिनिधित्व गर्दछ र सुन्तला रङको गुलाफले जोस, उत्साह र आकर्षणको प्रतिनिधित्व गर्दछ ।

१४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । पश्चिमा संस्कृति र परम्पराले गाँजेको हाम्रो मुलुकमा पश्चिमा संस्कृतिका थुप्रै पर्वहरु उत्साहका साथ मनाइन्छन् ।

त्यसमध्येको एक हो प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । आज १४ फेब्रुअरी मा हरेक वर्ष भ्यालेन्टाइन डे विश्वभरका युवायुवतीहरुले एक आपसमा प्रेम साटासाट गर्दै मनाउने गर्दछन् । संसारभर लोकप्रिय भ्यालेन्टाइन डे एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।

तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले । पादरीले बिहे गराइ दिएको खबर सम्राटसम्म आइपुग्यो र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो ।

अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो ।

उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ ।

बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् ।

Advertisement

प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ । विश्वका केही मुलुकहरूमा भने भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top